कोशी प्रदेश सरकारको लगानीमा मोरङ, सुनसरी र झापामा सरकारी कार्यालय परिसरमा चार्जिङ स्टेसन स्थापना गरिएको छ । सार्वजनिक र पायक पर्ने स्थानमा स्थानीय तहले जग्गा उपलब्ध नगराउँदा मोरङ र सुनसरीमा खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय मातहतका कार्यालय परिसरमा विद्युतीय चार्जिङ स्टेसन निर्माण गरिएको हो । झापाको कनकाई नगरपालिकाले जग्गा उपलब्ध गराएपछि सुरुङ्गामा भने पायक पर्ने स्थानमा चार्जिङ स्टेसन स्थापना गरिएको हो ।
केन्याका किमानी मारुगेले ८४ वर्षको उमेरमा पढ्न थालेका हुन् । यी विद्यार्थी जसले अन्य धेरै जनालाई प्रेरणा दिएका छन् । उनले ८४ वर्षको उमेरमा पेन्सिल समाउन सिकेका थिए । सन् २००४ केन्याको कपकान्डुओ प्राथमिक विद्यालयमा भर्ना भएपछि मारुगे प्राथमिक विद्यालयमा भर्ना हुने सबैभन्दा पाका व्यक्ति बने । उनी पूर्वसैनिक हुन् । उनले माउ माउ स्वतन्त्रता आन्दोलनका क्रममा औपनिवेशिक शासनविरुद्ध लडेका थिए । बाल्यकालमा उनी विद्यालय जान पाएनन् । त्यसैले केन्याको सरकारले देशभर प्राथमिक विद्यालय शिक्षा निःशुल्क बनाउने निर्णय लिएसँगै उनले आफूले लेखपढ गर्ने अवसर पाउन लागेको निष्कर्ष निकाले । बाइबल पढ्ने उद्देश्यले उनले पढ्न थालेका हुन् । सन् २००३ को अक्टोबरमा नैरोबीभन्दा ३२० किलोमिटर टाढा रहेको एक विद्यालयकी प्रधा
क्यान्सरको उपचारमा प्रयोग गरिने रेडियोथेरापीलाई नेपाली बोलीचालीमा बिजुलीले सेक्ने उपचार भनेर बुझिन्छ । खासमा यसमा बिजुलीको प्रयोग गर्ने नभई विकिरणको प्रयोग गरिन्छ । यो विकिरण थेरापीले क्यान्सर कोषलाई नष्ट वा यसको वृद्धिमा नियन्त्रण गर्दछ । रेडियोथेरापीको क्रममा प्रयोग गरिने विकिरणले क्यान्सरको डिएनएलाई नष्ट गरी कोषको विनाश गराउँछ । रेडियोथेरापी विधिमा क्यान्सर कोष वृद्धिलाई नियन्त्रणमा राख्ने क्षमता पनि हुने भएकाले क्यान्सर
पानीका मुहान सुकेपछि बैतडीको शिवनाथ गाउँपालिका सुक्खा ग्रस्त क्षेत्र घोषणा गरिएको छ । असी लाख रुपियाँ खर्च गरेर निर्माण भइरहेको खानेपानीको मुहान सुकेपछि शिवनाथ गाउँपालिका काकाकुल बनेको छ ।
प्रदेश सरकार मातहतमा रहने गरी पाँच वर्षअघि सङ्घले हस्तान्तरण गरेको विराटनगर चक्रपथ आयोजना सङ्घीय सरकारले नै फिर्ता लगेको छ । गत मङ्सिर १८ गते अर्थ मन्त्रालयको निर्णयबाट उक्त आयोजना सङ्घमै फिर्ता गरिएको पत्र भर्खरै कोशी प्रदेशको पूर्वाधार विकास मन्त्रालयमा आएको छ । प्रदेश सरकारले महìवका साथ चक्रपथ निर्माणको कामलाई अगाडि बढाउने तयारी गरिरहेकै बेला सङ्घबाट आयोजना फिर्ता लगेको भन्दै प्रदेश सभाका सांसद असन्तुष्ट देखिएका छन् ।
सुर्खेत भन्ने बित्तिकै जोडिएर आउने नाम हो, बुलबुले । तर, बुलबुलभित्रको जीर्ण संरचना र घाँस भरिएको तालले बुलबुले उद्यान भित्रको सौन्दर्ययतालाई गिज्याइरहेको छ ।
काठमाडौँको युनाइटेड एकेडेमीमा कक्षा ८ मा पढिरहेका कुञ्जल शुभेच्छु लुइटेल साना बालसमीक्षक हुन् । उनको मैले पढेका किताब (२०८० वैशाख) प्रकाशित छ । यो किताब युनाइटेड स्कुलले पाठ्यक्रममा पनि राखिसकेको छ । यस कृतिभित्र ३८ वटा बालसाहित्यका किताबको समीक्षा समेटिएका छन् । उनले अहिले निरन्तर समीक्षा लेखिरहेका छन् भने उनी मञ्चमा गएर बालसाहित्यका विभिन्न कार्यक्रममा कृतिमाथि समीक्षा गर्ने गर्छन् । उनले कविता, कथा, निबन्ध, जीवनी र स
वैभवी कुँवर स्मल हेभन मोडेल स्कुलको कक्षा १० मा पढ्छिन् । पढाइतर्फ कक्षामा उत्कृष्ट पाँच विद्यार्थीभित्र पर्ने वैभवीलाई उद्घोषण, वक्तृत्वकला, नाटक, ड्रामा लेखन, अभिनय र निर्देशन गर्न मन पर्छ । गत मङ्सिरमा चितवनको सौहारामा क्वेस्ट (Quality Circles in Education for Students Personality Development) नेपालद्वारा आयोजित विद्यार्थीलाई सर्वगुण सम्पन्न बनाउने उद्देश्यले सञ्चालित देशभरका ६१ विद्यालयको उपस्थिति रहेको विद्यार्थी गुणीय चक्र (Stu
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ खुम्जुङका फुडोमा शेर्पालाई यस वर्षको हिउँद निकै सुनसान लागेको छ ।
महाकाली माध्यमिक विद्यालय, मुसीकोट नगरपालिका–२, समिबोट रुकुमपश्चिमको कक्षा ९ मा अध्ययनरत छात्रा कृतिका खड्का विद्यालयकै उत्कृष्ट विद्यार्थी हुन् । उनी सधैँ कक्षामा पहिला हुने गर्छिन् पढाइमा अब्बल भएकै कारण उनलाई विद्यालयले कक्षा ५ पास गरेपछि कक्षा ६ मा नपढाएर सोझै कक्षा ७ मा भर्ना गरिदिएका थिए
लहानस्थित लिटिल स्टार माध्यमिक विद्यालय कक्षा–१० मा अध्यनरत छात्र पङ्कजकुमार गुप्ताले अन्ततः फाइबरको हवाई विमान उडाउन सफल भए । कक्षा ७ मा पढिरहँदा कागजको विमान गृह गाउँ भगवानपुरमा उडाउन सफल भएपछि निरन्तरको प्रयासले यस वर्ष भने उनले फाइबरको विमान आधा घण्टासम्म खुला आकाशमा उडाए । उनको यो निरन्तरको मेहनत र सिपलाई हेर्दा भविष्यमा उनले राम्रो अवसर पाए धेरै कुरा गर्न सक्छन् भन्ने प्रस्ट हुन्छ । तीन वर्ष लगातार मेहनत गरेपछि हवाई विमान उडाउने सपना साकार भएको पङ्कजले भन्दै उडाएको यस विमानलाई अझै आधुनिक बनाउन प्रयत्नशील छन् । आफू सामान्य परिवारमा जन्मेको
लम्बिँदै गएको शीतलहरका कारण चिनी मिलको उत्पादन प्रभावित भएको छ । कठ्याङ्ग्रिने जाडोले गर्दा मिल गेटमा आवश्यक उखु आपूर्ति हुन नसक्दा क्षमता घटाएर क्रसिङ गर्नु परेको महोत्तरीको रामनगरस्थित एभरेस्ट चिनी मिलले जनाएको छ । क्रसिङ सुरु भएदेखि सधैँ भिडभाड देखिने चिनी मिलको बाटोमा शीतलहरको प्रकोप बढेदेखि फाट्टफुट्ट मात्र उखु बोकेका गाडी चलेका छन् ।
बेनी नगरपालिका–७ स्थित प्रकाश माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत छात्रा १५ वर्षीय सुष्मा परियार एथलेटिक्स खेलका विधामा प्रतिभाशाली खेलाडी हुन् । एथलेटिक्सका सबै खेलमा सुष्मा अब्बल हुनुहुन्छ । पारिवारिक विपन्नताका कारण विद्यालयले सुष्माको सबै किसिमका शुल्क निःशुल्क गरिदिएको छ । पारिवारिक विपन्नता र समस्यासँग जुधेर सुष्मा खेलकुदमा उदाउँदै हुनुहुन्छ । सुष्माले एथलेटिक्स खेलका सबै विधामा प्रतिस्पर्धामा गरेर अहिलेसम्म ३७ वटा पदक हात पार्नुभएको छ । सुष्मासँग दौड प्रतिस्पर्धा गर्न कसैले सक्दैन ।
सर्लाही सदरमुकाम मलङ्गवा नगरपालिका–१० निवासी कलाम धोबीका छोरा अनवर अलीको उमेर नौ वर्ष मात्रै भयो । जेसिज अङ्ग्रेजी आवासीय विद्यालय मलङ्गवाको कक्षा १ मा पढ्ने अनवर विद्यालय सकेपछि प्रत्येक दिन मलङ्गवाको कभर्ड हलमा क्रिकेट खेलिरहेका भेटिन्छन् । अनवरले सर्लाहीबाट १६ वर्षमुनिको प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा प्रतिस्पर्धा गरिसकेका छन् । बायाँहाते ब्याट्सम्यान र लेग स्पिन बलिङ गर्ने अनवरला
आसन्न राष्ट्रिय सभा निर्वाचन अन्तर्गत बागमती प्रदेशमा हुने निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । यही बिहीबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान अधिकृतको नियुक्ति, मतपत्रको व्यवस्थालगायतको तयारी पूरा भएको छ ।