• २१ वैशाख २०८१, शुक्रबार

उत्कृष्ट छात्रा कृतिका

blog

महाकाली माध्यमिक विद्यालय, मुसीकोट नगरपालिका–२, समिबोट रुकुमपश्चिमको कक्षा ९ मा अध्ययनरत छात्रा कृतिका खड्का विद्यालयकै उत्कृष्ट विद्यार्थी हुन् । उनी सधैँ कक्षामा पहिला हुने गर्छिन् पढाइमा अब्बल भएकै कारण उनलाई विद्यालयले कक्षा ५ पास गरेपछि कक्षा ६ मा नपढाएर सोझै कक्षा ७ मा भर्ना गरिदिएका थिए । त्यसपछि पनि उनले कक्षा ७ मा समेत प्रथम स्थान लिएर पास भइन् । उनले साँझ बिहान घरको काममा आमाबुवालाई सघाउँदै पढाइलाई व्यवस्थापन गर्दै आएकी छिन् । पढाइसँगै विभिन्न अतिरिक्त क्रियाकलापमा पनि उनको रुचि रहेको छ । खासगरी चित्रकला, गायन तथा नृत्यकला र वक्तृत्वकलामा उनको रुचि हुने गरेको छ । उनले यी विभिन्न अतिरिक्त क्रियाकलापमा विद्यालय तथा नगरपालिकास्तरमा हुने प्रतियोगितामा भाग लिएर श्रेष्ठता हासिल गर्दै आएकी छिन् । सबै क्षेत्रमा उत्तिकै रुचि भए पनि निकिता वकालतमा निपुण भएको उनका बुवा रमेश खड्काले बनाउनुभयो । 

उनले पछिल्लो पटक लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा २०८० साल मङ्सिर २४ गते मुसीकोट नगरपालिकाले लैङ्गिक हिंसा निवारणमा सरोकारवालाको भूमिकाको विषयमा आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा समेत भाग लिए । प्रथम स्थान हासिल गरेकी छिन् । उनी विद्यालयमा हुने सबैजसो कार्यक्रममा भाग लिने र अन्य साथीलाई पनि प्रोत्साहन गर्ने गर्छिन । नृत्यमा पनि निकै सिपालु कृतिकाले नृत्यबाट पनि विद्यालयस्तरीय कार्यक्रमबाट पुरस्कृत भएकी छ्नि  सानैदेखि केही न केही गरिरहने बानी भयो भने भविष्यमा सजिलो हुने कुरा राम्रारी बुझेकी कृतिका विद्यार्थी जीवनमा धेरै कुरा सिक्न सकिने समय भएकाले जिज्ञासु भएर अघि बढ्न साथीलाई पनि सुझाव दिन्छिन् ।

प्रस्तुति : मनिषा केसी/रुकुमपश्चिम