हरेक वर्ष जस्तै यस पटक पनि शीतलहरका कारण तराई/मधेशको जनजीवन निकै कष्टकर बनेको छ । शीतलहरकै कारण बर्सेनि सरदर ४० जनाको ज्यान जाने गरेको नेपाल प्रहरीको तथ्याङ्कमा देखिनुले यसको भयावह स्थितिको आकलन गर्न सकिन्छ । विशेष गरी पुस र माघ महिनामा आकाशलाई दिनभरि नै कुहिरोले ढाक्ने र घाम नलाग्ने हुँदा अत्यन्त चिसो शीत निरन्तर खसिरहन्छ । मौसमविद्हरूका अनुसार सापेक्षिक आद्रता कम भएका बेला जलवाष्प जलकणमा परिणत भएर कुहिरोका
सदाचार, भ्रष्टाचार र सुशासन अन्तरसम्बन्धित विषय हुन् । सदाचारको फेरो ठुलो हुँदा भ्रष्टाचारको वृत्त सानो हुन्छ, सुशासन प्रभावकारी हुँदा भ्रष्टाचार घट्छ, सुशासन फितलो हुँदा भ्रष्टाचार झाङ्गिन्छ । भ्रष्टाचारले समाजमा मानव बेचबिखन, सुन आदिको तस्करी, मदिरा र लागुऔषधको बजार र उपभोग बढाउँछ । यसले कालोबजारी र अवैध मुद्राको प्रसार बढाई अनौपचारिक अर्थतन्त्रको आकार बढाउँछ । यसको प्रभाव राज्यले बनाउने नीतिमा पर्नाले नीतिगत विसङ्गति बढेर जान्छन्, असल नीति
शैक्षिक गुणस्तर वृद्धिको अग्रसर फेदीखोलाँ गाउँपालिकाले हरेक विद्यार्थीको बचत खाता सञ्चालन अभियान अगाडि बढाएको छ ।
निजगढ विमानस्थल निर्माणका लागि भएको वातावरणीय प्रभाव मूल्याङ्कनका बारेमा भएका विवादले विमानस्थल निर्माण र सञ्चालन चरणमा सुरक्षण प्रदान गर्न सक्दैन भन्ने आधारमा सरकारले यसको पुनः मूल्याङ्कन गर्दै छ । नेपाल विद्युत् प्राधिकरणले कुश्मा न्यु बुटवलसम्मको प्रसारण लाइनको निर्माण तथा सञ्चालनको अवस्थामा प्रारम्भिक वातावरणीय परीक्षणले भनेबमोजिम कार्य गर्दा पनि निर्माण समयमा देखिएका समस्याले आयोजना सञ्चालन तथा निर्माण अवधि बढ्ने भएको छ । यो विषय पूर्वाधार निर्माणका प्राथमिक तत्वभन्दा पनि सहयोगी तìव हुन् तर यसको उचित र यथार्थपरक सम्बोधन नहुँदा समग्र आयोजना निर्माण तथा सञ्चालनमा व्यवधान आउँछन् ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित चेपाङ भाषा
पछिल्लो समयमा कतिपय राजनीतिक दलले बहालवाला प्राध्यापक, शिक्षक, कर्मचारी, डाक्टर तथा सार्वजनिक पद धारण गरेका व्यक्तिसमेतलाई महाधिवेशन प्रतिनिधि, दलको सदस्य तथा विभिन्न समिति र विभागीय तहको सदस्य बनाउने गरेको पाइएको छ । त्यसै गरी विभिन्न फौजदारी कसुरमा सजाय पाएका व्यक्ति एवं आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई समेत दलले सदस्य बनाउने गरेको देखिन्छ । कस्तो व्यक्तिलाई सदस्य बनाउन हुन्छ र कस्तो व्यक्तिलाई सदस्य बनाउन हुँदैन भन्ने सम्बन्धमा प्रचलित कानुनले व्यवस्था गरेको छ ।
झन्डै छ दशकअघि विसं २०२२ माघ १० गते नेपालको दोस्रो वाणिज्य बैङ्कका रूपमा स्थापित राष्ट्रिय वाणिज्य बैङ्क ५९ औँ वर्षमा प्रवेश गर्दै छ । दुई करोड रुपियाँमा स्थापित यसको चुक्ता पुँजी अहिले १५ अर्ब ६३ करोड रुपियाँभन्दा बढी छ । अर्थतन्त्रको मौद्रिकीकरण भर्खरै हुँदै गरेको र नेपाली मुद्रा न्यून प्रचलनमा रहेको बेलामा स्थापित बैङ्कले मौद्रिकीकरणमा ठुलो भूमिका खेल्दै नेपालको अर्थतन्त्रलाई गतिशीलता प्रदान गर्न महìवपूर्ण योगदान गरेको छ ।
कालीगण्डकी कोरिडोरमा निर्माणाधीन पुल अलपत्र अवस्थामा रहेको छ । निर्माण कम्पनीले बिचैमा काम छाडेर फरार भएपछि पुल निर्माण अलपत्र भएको हो ।
पाल्पामा कफी खेती गर्ने किसान विस्थापित भएका छन् । कफीमा लाग्ने गभारो रोगलाई नियन्त्रण गर्न नसक्दा चार दशकदेखि कफी खेती गर्दै आएका किसान विस्थापित भएका हुन् ।
परम्परागत पेसाका रूपमा चार/पाँच वटा भैँसी पालेर गुजारा नचलेपछि दाङको राजपुर गाउँपालिका–४ का टीकाराम यादव आठ वर्षपहिले राम्रो कमाइको आसमा साउदी पुग्नुभयो तर सोचेजस्तो आम्दानी हुन नसकेपछि त्यही परम्परागत पेसालाई व्यावसायिक रूप दिएर सन्तुष्ट हुने गरी कमाउनुभएको छ ।
आर्थिक सङ्कटमा गुज्रँदै आएको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको उत्पादन गत चार महिनादेखि बन्द रहेको छ । आर्थिक सङ्कटसँगै व्यवस्थापकीय कमजोरीका कारण उत्पादन बन्द भएको उद्योग सञ्चालनको माग गर्दै उद्योगमा कार्यरत मजदुर आन्दोलित भएका छन् । उद्योग व्यवस्थापनले समयमा कोइला व्यवस्थापन गर्न नसक्दा उद्योगको उत्पादन झन्डै गत चार महिनादेखि बन्द रहेको छ । उद्योगको बिक्री प्रवर्धनसम्बन्धी नीति समयसापेक्ष नहुँदा उत्पादन भएको सिमेन्ट अपेक्षा अनुसार बिक्री हुन सकेको छैन । उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको, सिमेन्ट उत्पादन लागत बढ्दै गएको र मूल्यमा निजी उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्दा उद्योग बर्सेनि घाटामा चल्दै आएको छ ।
गायिका मेनुका पौडेल इन्डियन आइडलको १४ औँ सिजनको उत्कृष्ट १० मा प्रवेश गर्नुभएको छ । आइतबार बेलुकी प्रसारित कार्यक्रमबाट उहाँ उत्कृष्ट १० मा पुग्नुभएको हो । बटम थ्रीमा पर्नुभएका पीयूष, अञ्जना र मुस्कानमध्येबाट मुस्कान बाहिरिनुभएको छ । योसँगै इन्डियन आइडलमा अब अन्तिम १० को समीकरण तयार भएको छ ।
युवापुस्तादेखि बालबालिकासम्म भायलिन वादनको लोकप्रियता बढ्दो छ । १६ औँ शताब्दीमा इटालीमा बनेको भायलिन नेपालमा पनि लोकप्रिय वाद्यवादनका रूपमा लिन थालिएको छ । पश्चिममा सङ्गीत पूर्वीय समाजमा भित्रिएपछि त्यसलाई आफ्नै ढङ्गले प्रस्तुत गरिन थालिएको भायलिन नेपाल–भारतमा ‘क्लासिकल’ धुन भरेर बजाउन थालिएको मानिन्छ ।
सिमेन्ट उत्पादन ३० देखि ३६ प्रतिशतले गिरावट आएको छ । बजारमा माग न्यून हुँदा उत्पादनमा उल्लेख्य गिरावट आएको हो । आर्थिक सङ्कटका कारण विकास निर्माणका काम तीव्र गतिमा अगाडि बढ्न नसक्दा सिमेन्ट उत्पादनमा कमी आएको छ । ठुला जलविद्युत् आयोजना, हाउजिङ, घर निर्माण न्यून हुँदा बजारमा सिमेन्टको माग कम रहेको उद्योगीको भनाइ छ ।