पाँचथरको फिदिम नगरपालिका ६ सिवाका विद्यार्थीलाई वडा कार्यालयले बाँसका सामग्री निर्माण गर्न सीपमूलक तालिम दिएको छ ।
रामपुर नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि रामतुलसी नमुना माध्यमिक विद्यालयले जितेको छ ।
किसानको साथीका रूपमा परिचित लाटोकोसेरो र हुचिलको अवैधरुपमा चोरी सिकारी रोक्न यहाँ लाकोटोसेरो र हुचिल उत्सव हुने भएको छ । प्रसिद्ध पर्यटकीय क्षेत्र जलजला गाउँपालिका-५ लोप्रेमा यही माघ १९ र २० गते लाटोकोसेरो तथा हुचिल उत्सव गरिने भएको हो ।
माघ ८ अर्थात् जनवरी २२ सोमबारका दिन भारत अयोध्यामा नवनिर्मित भगवान् राम मन्दिरको प्राणप्रतिष्ठा गरिएको छ । नेपालका मठ मन्दिरमा दीपावलीे गरी उत्सवको रूपमा मनाइएको छ । तर भगवान् रामसँग जोडिएको ऐतिहासिक तथा पौराणिक क्षेत्र वाल्मीकि आश्रम यतिबेला ओझेलमा छ ।
काठमाडौँका विभिन्न स्थानमा बेच्ने कटन क्याण्डीमा मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने अखाद्य रङ्ग ‘रोडामाइन बी’ को प्रयोग भएको पाइएको छ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चालु शैक्षिक सत्र २०८० का लागि ‘शैक्षिक क्यालेन्डर’ सार्वजनिक गरेको छ । त्रिवि परीक्षा सुधार तथा समन्वय परिषद्ले स्नातक तहको चार वर्षे वार्षिक प्रणाली र आठ सेमेष्टर प्रणाली तथा स्नातकोत्तर तहको चार सेमेष्टर प्रणालीको शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका आयोजना लगायतका मुख्य आयोजनालाई समयमै सम्पन्न गर्नेगरी नीति तथा कार्यक्रममा व्यवस्था र बजेटमा यथोचित प्राथमिकता दिइने बताउनुभएको छ ।
अर्घाखाँचीमा लम्पीस्किन (काप्रीपक्स भाइरस) बाट सङ्क्रमित हुने गाईगोरुको मृत्यु हुँदा करिब पाँच करोडको क्षति भएको छ । गत वैशाखदेखि गाईगोरुमा लम्पीस्कीन देखिन थालेको थियो र हालसम्म ३४२ गाईगोरुको मृत्यु भएको छ ।
खैरहनी नगरपालिकाले विपन्न बस्तीका बालबालिकालाई लक्षित गरी गृहकार्य कक्षा सुरुआत गरेको छ । विपन्न बस्तीका बालबालिकालाई बिहान र बेलुकाको समयमा नगरपालिकाभित्रका विभिन्न २८ स्थानमा गृहकार्य कक्षा सञ्चालन हुन थालेको हो ।
भारतको अयोध्यामा नवनिर्मित श्रीराम मन्दिरको प्राणप्रतिष्ठा गर्न लागेका अवसरमा नेपालगञ्ज-जनकपुर हवाई सेवा सुरु गर्न माग गरिएको छ ।
सवारी साधन कारबाहीबाट पछिल्लो छ महिनामा २७ लाख तीन हजार राजस्व सङ्कलन भएको छ ।
सोनी टेलिभिजनले जी इन्टरटेन्मेन्टसँग १० अर्ब अमेरिकी डलरमा समायोजनका लागि सन् २०२१ मा गरेको सम्झौताबाट बाहिरिएको सोमबार जानकारी गराएको छ ।
भारतको अयोध्यामा रामको प्राणप्रतिष्ठा गरिएको खुसीयालीमा आज (सोमबार) धनुषा भगवान् राममय भएको छ । आज रामको प्राण प्रतिष्ठा गरिएको छ ।
कर्णाली प्रदेश अस्पतालको सेवा थप गुणस्तरीय बन्दै गएको छ । पछिल्लो समय अस्पतालले मिर्गौला प्रत्यारोपनसहित विशेषज्ञ सेवा सुर्खेतमा दिन थालेको हो । प्रदेश अस्पताल सुर्खेतले जटिल प्रकृति मानिएको स्पाइनल इन्जुरी (मेरुदण्ड) को सफल शल्यक्रिया गरेको छ ।
पाकिस्तान हाल विद्यालयबाहिरका बालबालिकाको सङ्कटसँग जुझिरहेको छ । विद्यालयबाहिरका बालबालिकाहरूको सङ्ख्यामा दुई करोड २० लाखबाट दुई करोड २६ लाख पुगेको द न्यूज इन्टरनेसनलले पाकिस्तान इन्स्टिच्युट अफ एजुकेशनको नयाँ प्रतिवेदनलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।