भारतको अयोध्यामा निर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको साइत पारेर म्याग्दीको गलेश्वरधामस्थित कालिगण्डकी नदी किनारमा सोमबार लाख बत्ती प्रज्वलन र पूजापाठ गरिएको छ ।
बाँकेमा सुरु भएको शीतलहरका कारण चिसो झन् झन् बढ्दै गएको छ । शीतलहरले गर्दा चिसो बढ्दै गएपछि यहाँको जनजीवन कष्टकर बनेको छ ।
नेपाल र चीनबिच सांस्कृतिक आदान-प्रदान एवम् पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँमा नेपाल सान्दोङ (बिन्जु) सांस्कृतिक सप्ताह तथा सान्दोङ फोटोग्राफी प्रदर्शनी सुरु भएको छ ।
युरोपेली केन्द्रीय बैङ्कका नीति निर्माताहरूले बिहीबार मुद्रास्फीतिविरुद्ध प्रगति भए तापनि ऋण लागत घटाउन सुरु गर्न उनीहरूलाई कुनै हतारो छैन भन्ने सङ्केत गरेका छन् । बैङ्कले ब्याज दर स्थिर राख्ने पहललाई जारी राख्ने अपेक्षा गरिएको छ ।
चीनको मौसम विज्ञान प्राधिकरणले सोमबार देशका केही क्षेत्रमा भारी हिमपातको हुन सक्ने भन्दै पहेँलो रङको चेतावनी सङ्केत जारी गरेको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्तसम्ममा पुँजीगत खर्च ४९ अर्ब २३ करोड ५८ लाख बराबर छ । यही अवधिमा सरकारी ऋणको साँवाब्याज तिर्न भने एक खर्ब १६ अर्ब ५८ करोड पाँच लाख बराबर खर्च भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्कमा देखिन्छ ।
सुन्तलाको पकेट क्षेत्र मानिएको जाजरकोटमा चालु आर्थिक वर्षमा सुन्तला उत्पादन वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० को भन्दा चालु आवमा २२ प्रतिशतले सुन्तला उत्पादन वृद्धि भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण, परियोजना कार्यान्वयन इकाई कार्यालय जाजरकोटले जनाएको छ ।
मूर्तिकार सुनिता राणालाई मूर्ति बनाउन भ्याइ न भ्याइ छ । छिनी, हतौडा, कटर र ग्लेण्डरको सहायताले ढुङ्गा काट्दै र चिल्लो पार्दै मलिकादेवीको मूर्तिलाई अन्तिम स्वरूप दिन लाग्नु भएको छ ।
जापानी चन्द्रयानमा रहेको सौर्य प्रणालीमा आएको समस्या समाधानको सम्भावना बढेको ‘जापान एरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा)’ ले सोमबार जनाएको छ ।
श्रीलङ्काको दक्षिणी प्रान्त बेलियाटामा सोमबार बिहान भएको गोलीकाण्डमा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यही माघ १० गतेदेखि सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका छन् । काठमाडौँ महानगरपालिकाका अनुसार सहिद सप्ताह मूल समारोह समितिले कार्यक्रम सञ्चालन गर्ने छ ।
रेडियो र टेलिभिजनको व्यवसाय प्रवर्द्धनमा संलग्न जनशक्तिका लागि विज्ञापन बोर्डले आज यहाँ आयोजना गरेको क्षमता विकास कार्यक्रममा उहाँले आजको युग बजारीकरणको भएको बताउँदै जुनसुकै व्यवसाय बजारीकरणबिना फस्टाउन नसक्ने उल्लेख गर्नुभयो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले जनतालाई धेरै भन्दा धेरै सुविधा दिने र राजस्व बढाउने नै सरकारको लक्ष्य भएको बताउनु भएको छ ।
केही साता यता बस्तीमै चितुवा र भालु प्रवेश गर्न थालेपछि तनहुँका बासिन्दा त्रसित भएका छन् । व्यास नगरपालिका –६ को साँजा, शिसाघाट तथा बन्दीपुर गाउँपालिका –४ को टुँडीखेल लगायतका क्षेत्रमा चितवा र भानु नगरपालिका –१३ मा भालुले आतङ्क मच्चाएका छन् ।
गाउँलेको बजार मोह र युवाको विदेश पलायनले विद्यालय रित्तिँदै गएका छन् । गाउँका विद्यालय रित्तिन थालेपछि बागलुङको गलकोट नगरपालिकाले नजिकको विद्यालयसँग समायोजन गरिरहेको छ । नगरपालिकाले तह मिलान तथा विद्यालय समायोजन कार्यविधि २०७९ नगरसभाबाट पारित गरेर कार्यान्वयन गरिरहेको हो ।