इजरायली सेनाले गाजामा युद्धको नयाँ केन्द्रबिन्दु खान युनिसमाथि सोमबार बमबारी गरेको छ । हमासले बन्धक बनाएका व्यक्तिका परिवारले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई उनीहरूको रिहाईका लागि सम्झौतामा पुग्न आग्रह गरेका छन् ।
झापाको अर्जुनधारा नगरपालिकामा एक महिलाको चोटग्रस्त अवस्थामा सोमबार बिहान शव भेटिएको छ । सो नगरपालिकाको वडा –६ महानन्दचोक पश्चिम ब्याडमिन्टन कोर्टनजिक बिर्तामोड नगरपालिका –५ मा बस्दै आउनुभएकी माया कार्की मगरको शव भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
चीनको दक्षिणपश्चिमी युनान प्रान्तमा सोमबार बिहान गएको पहिरोमा परी ४७ जनाको मृत्यु भएको छ ।
अयोध्याको नवनिर्मित राममन्दिरमा बालस्वरूप श्रीरामको प्रतिमा स्थापित गरेर आज हुने प्राणप्रतिष्ठा कार्यक्रमकै अनुसरण गर्दै उक्त नगरपालिकाले २५ फिट अग्लो काठको मूर्ति ९प्रतिमा० तयार गरेको हो । निर्मित प्रतिमा महोत्तरी जिल्लाको मटिहानी–७ स्थित श्री लक्ष्मीनारायण मठ परिसरमा स्थापित गरिँदैछ । लक्ष्मीनारायण मठ मुलुकका सबै मठको नायक मानिन्छ ।
निर्वाचन आयोगले आजदेखि राष्ट्रियसभा सदस्य निर्वाचन प्रचारप्रसार गर्न निषेध गरेको छ । सोमबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नहुन्जेलसम्मका लागि प्रचासप्रसार निषेध गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
नाम्खा गाउँपालिका-६ को हिमालपारीको गाउँ लिमीको स्वास्थ्य चौकीमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई अतिरिक्त सुविधाको व्यवस्था गरिएको छ ।
महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आज आयोजित अपराध अनुसन्धान समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उहाँले पछिल्लो समय वित्तीय अपराधको अनुसन्धानका निम्ति आवश्यक कानुनी र संस्थागत व्यवस्थाको प्रबन्ध गर्ने, प्रविधि र दक्ष जनशक्तिको विकास गरेर कारबाहीको दायरामा ल्याइने बताउनुभयो ।
केही वर्षअघिसम्म लाहुरेको सहर भनेर चिनिने धरान अहिले फूलैफूलको सहरका रुपमा परिचित छ । लाहुरे समुदायको बाक्लो बस्ती रहेको धरानमा घरघरमा फूलको बगैँचा भेटिन्छ । विशेषगरी लाहुरे समुदायका घरका गेट, बगैँचा मात्र होइन छत र घरभित्र पनि फूलैफूलले सजाइएका छन् ।
उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषका नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई नियुक्ति गर्ने निर्णय कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश गरेकोे छ ।
राप्तीसोनारी गाउँपालिका, ईलाका प्रहरी कार्यालय बैजापुर धामपुर र स्थानीय रेडियो भूवर भवानीको संयुक्त प्रयासमा ट्राफिक सचेतना अभियान सुरु गरिएको हो ।
कैलालीको भजनी नगरपालिका-२ कटानपुरस्थित वनदेवी सामुदायिक वनमा हतियार फेला परेको छ ।
काठमाडौँमा यस वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले आज काठमाडौँमा यस वर्षकै कम तापक्रम (तीन दशमलव दुई) रेकर्ड गरिएको बताउनुभयो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र वन तथा वातावरण मन्त्रालयबिच समन्वय नहुँदा मदन भण्डारी राजमार्गको धरान-केरावारी-लेटाङ-मधुमल्ला बेलडाँगी सडकखण्ड, शान्तिनगर-पातापुर र वारफलाङ्फेदि-शान्तिनगर सडकखण्डका रुख हटाउने काम अझै अघि बढ्न सकेको छैन ।
उन्नाइस वर्षको उमेरमै स्थायी शिक्षक ? यो कसरी सम्भव छ त ? पाँचथरको फाल्गुनन्द १ नवमीडाँडाकी लेकिडोमा तामाङ हालै शिक्षक सेवा आयोगले प्रकाशन गरेको नतिजामा निमावि तह शिक्षकको लिखित र अन्तरवार्तामा उत्तीर्ण भएर नियुक्तिका लागि सिफारिसमा पर्न सफल हुनु भएको छ ।
सगरमाथा र लुम्बिनीको ब्यानरमा आयोजना गरिएको सो कार्यक्रममा ती कलाकारले आ–आफ्ना देशको गीत सङ्गीत एवं नृत्य प्रस्तुत गरेका हुन् । ‘इन्ट्रा कल्चरल इभेन्ट–२०२४’ नाम दिइएको सो कार्यक्रममा नेपालका सम्पदा सगरमाथा र लुम्बिनीलाई ब्यानरमा साक्षी राखेर भ्रातृत्व, शान्ति र सहकार्यको भावना व्यक्त गरिएको थियो ।