योगदानमा आधारित सामाजिक सुरक्षा कोषको अनौपचारिक क्षेत्र अन्तर्गतको योजनामा आबद्ध हुन गण्डकी प्रदेशका ३२ स्थानीय तहले एकै पटक सम्झौता गरेका छन् । गण्डकी प्रदेश अन्तर्गतका तनहुँ, कास्की, स्याङ्जा, बागलुङ र पर्वतका ३२ वटा स्थानीय तहले शनिबार सामाजिक सुरक्षा कोषसँग एकै पटक सम्झौता गरेका हुन् । यससँगै सामाजिक सुरक्षा कोषमा आबद्ध हुने गण्डकी प्रदेशका स्थानीय तहको सङ्ख्या ३४ पुगेको छ ।
सुस्केरा आर्ट्सको निर्माण तथा प्रस्तुति रहेको चलचित्र ‘जिग्री’ को तीन फरक पोस्टर सार्वजनिक गर्नुका साथै प्रदर्शन मिति पनि घोषणा गरिएको छ । निर्माण टोलीले एउटा आलु जस्तो, अर्को तामा जस्तो प्रस्तुतीकरण राख्दै चलचित्र फागुन ४ गते प्रदर्शनमा आउने जानकारी गराएका हुन् ।
नामसङ्गीति वाचन गुरु चित्रवीर वज्राचार्यको ज्याःजंकु अर्थात् भीमरथारोहणको अवसरमा ‘आर्यमञ्जुश्री नासंसङ्गीति गाथा (नेपालभाषा अनुवादसहित) तथा धर्मश्रीमित्रको कथा’ पुस्तक विमोचन गरिएको छ । गुरु वज्राचार्यका पाँच सयभन्दा बढी शिष्यसाथ नामसङ्गीति पाठ गरिएको समारोहमा विमोचन गरिएको सो पुस्तकको आवरण पृष्ठमा वरिष्ठ चित्रकार लोक चित्रकारको कृति समेटिएको छ । पुस्तकमा पण्डित बद्रीरत्न वज्राचार्यको स्वयम्भू पुराणको षष्टम् अध्यायमा रहेको धर्मश्री मित्रको कथा, बौद्ध अध्येता मीनबहादुर शाक्यद्वारा सम्पादित नामसङ्गीति नेपालभाषा अनुवाद षटचक्र अनुशंसा र गुरु वज्राचार्यको सङ्क्षिप्त जीवनी समावेश गरिएको छ ।
मेधावी विद्यार्थी चिकित्सक बन्ने सपना बोकेर तयारीका लागि काठमाडौँलगायत सुविधा भएको सहरमा पुग्छन् । चिकित्सा विषयको स्नातक तह ९एमबिबिएस०को प्रवेश परीक्षामा सफल हुनुका साथै पूर्ण सरकारी छात्रवृत्तिमा पढ्न विद्यार्थीले निकै मेहनत गर्नुपर्छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० जिमुवाका दलित समुदायका एक विद्यार्थीले आर्थिक अभावकै कारण घरमै बसेर पूर्ण सरकारी छात्रवृत्तिमा एमबिबिएस अध्ययन गर्न नाम निकाल्न सफल हुनुभएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले धानमा आत्मनिर्भर हुनका लागि चैते धान उत्पादनमा जोड दिएको छ । चालु आर्थिक वर्षमा करिब २० हजार हेक्टर क्षेत्रफलमा चैते धानको क्षेत्र विस्तार गर्ने कृषि मन्त्रालयको लक्ष्य रहेको छ । गत आवमा एक लाख चार हजार ७१२ हेक्टर क्षेत्रमा चैते धान खेती गरिएको थियो । त्यसमा २० हजार हेक्टर थपेर एक लाख २५ हजार हेक्टर पुर्याउने लक्ष्य रहेको कृषि मन्त्रालयले जनाएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बाहिङ भाषा
पाँचथरको फाल्गुनन्द–७ का लीलावल्लभ नेपालले १४ रोपनीमा चार सय बोट सुन्तला रोप्नुभएको छ । त्यसमध्ये यस वर्ष २५० बोटमा फलेका सुन्तलाबाट साढे नौ लाख रुपियाँ आम्दानी भएको उहाँले बताउनुभयो । यस वर्ष उत्पादनसँगै मूल्य पनि बढेको उहाँ सुनाउनुहुन्छ । वर्षौंदेखि सुन्तला खेती गर्दै आउनुभएका मचिन्द्र आङ्देम्बे पनि पालिकाले वडालाई पकेट क्षेत्र घोषणा गरेर किसानलक्षित कार्यक्रम सुरु गरेपछि झनै हौसिनुभएको छ । एक पटक रोपेपछि २० देखि ३० वर्षसम्म फल्ने भएकाले रोग, किराको उपचार र सामान्य गोडमेल गर्दा राम्रो आम्दानी लिन सकिने उहाँ बताउनुहुन्छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित भोजपुरी भाषा
आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल आइतबार न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको छ । नेपाल आठ वर्षपछि यु–१९ विश्वकपमा सहभागी भएको हो । हारबाट सुरुवात गरेको नेपालले आफ्नो दोस्रो खेल बुधबार पाकिस्तानविरुद्ध खेल्ने छ । समूह डीमा अफगानिस्तान पनि रहेको छ । एक दिनअघि पाकिस्तानले अफगानिस्तानलाई १८१ रनले हराएको थियो ।
कुनै समय गुलजार रहेको पाम र भटमासको तेलको समग्र व्यापार सुस्ताउँदा मुलुकको अन्तर्राष्ट्रिय व्यापार नै सङ्कुचनमा परेको छ । अघिल्ला दुई आर्थिक वर्षमा सबैभन्दा धेरै आयातनिर्यात हुने शीर्ष पाँचमध्ये पर्ने यी दुई वस्तुको व्यापार चालु आवमा अत्यन्त न्यून मात्र कारोबार भएको देखिन्छ । खास गरी कच्चा पाम र भटमास आयात गर्ने र त्यसलाई प्रशोधनमार्फत भारत निर्यात गरेर प्रशस्त आम्दानी भइरहेकामा भारतको एउटा नीतिका कारण यी दुवैको नेपालबाट हुने व्यापार खस्किएको हो ।
विशेष अदालतले तत्कालीन संविधान सभाका सदस्य इच्छाराज तामाङलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङलाई दोषी ठहर गरेको हो । सो मुद्दामा अदालतले तामाङ पत्नी सिर्जना, केशवलाल श्रेष्ठ र मीनाकुमारी श्रेष्ठलाई पनि दोषी ठहर गरेको छ । प्रतिवादी बनाइएका इच्छाराजकै छोरीहरू प्रतिष्ठा तामाङ र प्रतीक्षा तामाङलाई भने अदालतले सफाइ दिएको छ ।
आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सङ्घीय सरकारले सात वटै प्रदेश र ७५३ स्थानीय तहलाई प्रदान गरिने समपूरक तथा विशेष अनुदान अन्तर्गत सञ्चालन हुने कार्यक्रमको प्रस्ताव पेस गर्न आग्रह गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माघ १५ गतेभित्र आगामी आवमा सञ्चालन गरिने शैक्षिक विकास, आधारभूत स्वास्थ्य, खानेपानी, वन, वातावरण, जलाधार सिँचाइ, फोहोरमैला व्यवस्थापन, ऊर्जासम्बन्धी पूर्वाधार, वडा कार्यालयका भवन निर्माणलगायतका योजना माग गर्न आग्रह गरिएको मन्त्रालयले जनाएको छ ।
शीतलहरले समग्र तराई मधेशका बासिन्दाको जनजीवन डेढ सातादेखि कष्टकर बनाएको छ । कतै कतै भने तीन सातादेखि शीतलहरले कहर सिर्जना गरेको छ । बाक्लो हुस्सु र स्याँठले विशेष गरी ज्येष्ठ नागरिक, सुत्केरी र बालबालिका बढी प्रभावित छन् । चिसोका कारण सार्वजनिक स्थलमा दाउरा बालेर सामूहिक रूपमा आगो ताप्ने दैनिकी बनेको छ । शिक्षण संस्था केही दिनका लागि बिदा दिइएको छ । कतिपय स्थानीय तहले टोल टोलमा दाउरा वितरण गरेका छन् भने आर्थिक रूपमा विपन्न बासिन्दाले स्थानीय तहसँग न्यानो लुगाको आशा गरेका छन् ।सिराहामा जनजीवन कष्टकर र सबै क्षेत्र अस्तव्यस्त बनेको छ । दिनभर काम गरेर साँझ बिहानको छाक टार्ने विपन्न परिवार ओढ्ने ओछ्याउने र लाउने लुगा नहुँदा बाँच्नका लागि निकै सङ्घर्षमा छन् । पचहर्वाका रामदयाल सदाका अनुसार चिसोले बिरामी भएपछि उपचार
काठमाडौँ महानगरपालिकाले बालाजु पार्कको जलाधार क्षेत्रबाट वार्षिक करिब तीन करोड लिटर (३० हजार किलोलिटर) पानी पुनर्भरण गर्ने गरी ‘वाटर रिचार्ज’ प्रणाली निर्माण गरेको छ । आकाशबाट परेको पानी जमिनमुनि पठाउन यो प्रणालीको निर्माण गरिएको हो । सो पानी पुनर्भरण प्रणालीमा २१ वटा फिल्टर च्याम्बर, २१ वटा रिचार्ज इनार, दुई वटा थिग्य्राउने च्याम्बर, ७५ फिट गहिरो पुनर्भरण खाडल र सात वटा बाँसका बाँध बनाइएको महानगरपालिकाले जनाएको छ । महानगरले ‘सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट र वाटर एड नेपाल’ सँगको सहकार्यमा सो प्रणाली निर्माण गरेको हो ।
बागमती प्रदेशको लोक सेवा आयोगले अहिलेसम्मकै सबैभन्दा बढी सङ्ख्यामा कर्मचारी माग गर्दैछ ।