अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहसहित छ जनालाई पक्राउ गर्न सुर्खेत प्रहरीले जिल्ला अदालतबाट पक्राउ अनुमति पाएको छ ।
अपहृत पाँच नाइजेरियाली दिदीबिहिनीको उद्धार गरिएको प्रहरीले आइतबार बताएको छ । यद्यपि एक बहिनीको मृत्युपछि सार्वजनिक आक्रोश बढेको छ ।
रुकुमपश्चिममा एक बालकको खुकुरी प्रहारबाट हत्या भएको छ ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १५ गतेबाट सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आइतबार बसेको बैठकले एसइईको परीक्षा चैत १५ देखि २७ गतेसम्म गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनुभयो ।
भारतको अयोध्यामा हुन लागेको ‘श्रीरामको प्राण प्रतिष्ठा अनुष्ठान’ र ‘गणतन्त्र दिवस’ को पूर्वसन्ध्यामा यहाँस्थित नेपाल–भारत नाकामा सुरक्षा चेकजाँच कडा पारिएको छ ।
कैलालीका सरोज चौधरी २९ औँ पटक आफ्नो गाउँको भलमन्सा (बरघर) मा चयन हुनु भएको छ । धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँको उहाँ २९ औँ पटक भलमन्सा हुनु भएको हो ।
सिद्धिचरण नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि रुम्जाटार माध्यमिक विद्यालय रुम्जाटारले जितेको छ । प्रतियोगितामा ४९ स्वर्ण, आठ रजत र ११ कांस्य गरी ६८ पदकसहित रुम्जाटारले उपाधि जितेको हो ।
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रदेशहरूमा प्रहरी समायोजन प्रक्रियाको घोषणा छिट्टै हुने बताउनुभएको छ ।
दार्चुलाको महाकाली नगरपालिका–१ दहका २५ वर्षीय उमेश कुँवर दुई जना प्रहरीमाथि चक्कु प्रहार गरी फरार भएका छन् ।
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले जनप्रतिनिधिहरू जनताप्रति उत्तरदायी र जबाफदेही हुनुपर्ने बताउनुभएको छ ।
त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबसँग पराजित भएको छ ।
त्रिभुवन विश्व विद्यालय अन्तर्गतको महाराजगन्ज मेडिकल क्याम्पसको कार्डियो विभागको प्रमुखमा एसोसिएट प्रोफेसर डा.चन्द्रमणि पौडेल नियुक्त हुनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई तत्काल कार्यकारिणी समितिको बैठक डाक्न निर्देशन दिनुभएको छ ।
चापाकोटमा गरिएको छैटौँ मेयर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ वडा नं ६ र महिला तर्फ वडा नं १० ले उपाधि जितेको छ ।
प्रदेश सरकार मातहतमा रहने गरी पाँच वर्षअघि सङ्घले हस्तान्तरण गरेको विराटनगर चक्रपथ आयोजना सङ्घीय सरकारले नै फिर्ता लगेको छ ।