• १३ साउन २०८१, आइतबार

छैटौँ मेयर कपको उपाधि वडा नं. ६ लाई

blog

अर्जुन काफ्ले

स्याङ्जा, माघ ७ गते । चापाकोटमा गरिएको छैटौँ मेयर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ वडा नं ६ र महिला तर्फ वडा नं १० ले उपाधि जितेको छ । नगर खेलकुद विकास समितिले गरेको पुरुष तथा महिला भलिबल दुबैमा उप विजेता वडा नं ४ भएको हो । 

पुरुषतर्फ वडा नं ६ ले २–१ को सेटमा २५–१९, २३–२५, १५–१० अङ्कले वडा नं ४ लाई पराजित गरेको हो । यस्तै, महिला तर्फ २–१ को सेटमै २६–२४, १२–२५, २०–१८ अङ्कले वडा नं ४ पराजित भएको हो । 

प्रतियोगितामा विजेताले ५० हजार नगद सहित कप, मेडल र प्रमाणपत्र जित्दा उपविजेता भने ३० हजारमा चित्त बुझाउनु परेको हो । माघ २ गतेबाट सुरु भएको प्रतियोगितामा १० वटा वडाको सहभागिता रहेको गण्डकी प्रदेश खेलाडी राजन दर्लामी मगरले बताउनुभयो ।