तनहुँको देवघाट गाउँपालिका–२ कोटबैदी भोक्टेनीस्थित भित्री सडकखण्डमा गए राति मिनी ट्रक दुर्घटना हुँदा दुई जना मृत्यु भएको छ ।
सुन्दा अनौठो लाग्न सक्छ, दुुई दशकअघि मह चाख्ने हुटहुटीकै कारण पोखरा महानगरपालिका–३१ बेगनासका सूर्यप्रसाद लामिछानेले थाल्नुभएको व्यावसायिक मौरीपालन यतिखेर अन्यका लागि प्रेरक बनेको छ ।
दाङका स्थानीय तहले नदीजन्य पदार्थको उत्खनन आफैँ गर्ने निर्णय गरेका छन् । नदीजन्य पदार्थको उत्खननका लागि ठेक्का लगाउँदा ठेकेदारले मनपरी तरिकाबाट गर्ने र चोरी निकासी बढ्न थालेपछि स्थानीय तहले आफैँ उत्खनन गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले जानकारी दिनुभयो ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा सुन्तला बगैँचा व्यवस्थापन अभियान सञ्चालन गरिएको छ । यस यामको सुन्तला टिपेर सकिएलगत्तै जिल्लाका सुन्तला किसान बगैँचा व्यवस्थापनमा जुटेका हुन् ।
गत पुसदेखि कैलालीसहित तराईका जिल्लामा चिसो अत्यधिक बढेसँगै जनजीवन प्रभावित भएको छ । चिसोले मानिस मात्र नभई घर पालुवा जनावरलाई समेत समस्या भएको छ ।
चितवनको पहाडी भेगमा पनि पछिल्लो समय खरको छानो भएका परम्परागत घर कमै भेटिन्छन् । विसं २०७२ पछिको भूकम्पले क्षति पुगेपछि प्रायःजसोको घरमा जस्तापाताको छानो प्रयोग भएका छन् ।
कमलबजार नगरपालिकाको हरेक घरका ढोकामा निलो स्टिकर नम्बरहरू टाँसिएका छन् । हत्या, हिंसा, अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न नागरिकलाई प्रहरीसँग सहज सम्पर्कका लागि नम्बरहरू टाँसिएका हुन् । इलाका प्रहरी कार्यालय कमलबजारले आपराधिक कार्य, विपत्, दुर्घटनाका सूचनामा सहजता र आवश्यक कानुनी कारवाहीका लागि सूचना प्रहरीसम्म पु्¥याउनका लागि घर घरमा सम्पर्क नम्बर टाँसिएको बताइएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयमा कृषिमा स्नातक पढेका पहिलो ब्याचका ४९ जना विद्यार्थी ‘लर्न एन्ड अर्न’ कार्यक्रमका लागि इजरायल पठाउँदा पहिलो गाँसमै ढुङ्गा लागेपछि दोस्रो ब्याचका विद्यार्थीलाई स्वदेशमै सिक्ने र कमाउने योजना सुरु भएको छ । विश्वविद्यालयले उत्पादन गरेका विद्यार्थी इजरायल पठाउँदा गत असोज २० गते बिद्रोही हमास समूहको आक्रमणमा परी १० जनाको ज्यान गएको थियो भने एक जना बेपत्ता र केही घाइते छन् ।
बर्दियाबाट काठमाडौँ जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको बस दाङ लमही नगरपालिका–९ रिहार नजिकै गएराति दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बर्दिया गेरुवा गाउँपालिका–१ निवासी ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिनुभयो । बसमा ४७ जना सवार रहेको दुई जना घाइते भएको र अन्य यात्रु सकुशल रहेको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा गठन भएको लोकतान्त्रिक वाम गठबन्धनको वर्तमान सरकारले आफ्नो कार्यकालको एकवर्षे समयावधि पूरा गरिसकेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा संसदीय दलका नेता ‘प्रचण्ड’ २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । विभिन्न चरणमा पूर्णता पाएको मन्त्रीपरिषद्मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) की नेतृ रेखा शर्मा २०७९ माघ ३ गते मन्त्री नियुक्त हुनुभएको हो । यसै सन्दर्भमा आफ्नो कार्यकालको एकवर्षे समीक्षा एवं उपलब्धिका सम्बन्धमा उहाँले गत माघ ४ गते वर्तमान सरकारले गरेका उपलब्धिमूलक कार्य र खास गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत भए गरेका कार्यको विस्तृत समीक्षा प्रस्तुत गर्नुभएको छ ।
नेपालबाट महिनामा झन्डै ५० हजार युवा रोजगार वा अध्ययनको क्रममा विदेश जाने गरेका छन् । देशका करिब ५० लाख जनशक्ति अहिले पनि विदेशी भूमिमा पसिना बगाइरहेको आकलन गरिएको छ । अध्ययन तथा रोजगारीको क्रममा बिदेसिने कतिपय युवा त्यहीँ घरजम गरेर बस्ने गरेका पनि छन् । नेपाली युवा बिदेसिनुको प्रमुख कारण राजनीतिक वितृष्णा, शिक्षित बेरोजगारी, अरूको सिको अनि थेग्नै नसक्ने महँगी नै हो । यसरी दक्ष तथा अर्धदक्ष जनशक्ति विदेश पलायनले भोलि देशको अवस्था
चिसो बढेसँगै जनजीवन कष्टकर भएको भन्दै नवलपुरका स्थानीय तहले विद्यालयहरूमा १० दिन बिदा दिएको छ । एक साता बिदा दिने निर्णय गरे पनि थप जाडो बढेपछि तीन दिन थप गरेर १० दिन बिदा दिने निर्णय गरेको हो ।
मातृदेवो भवः पितृ देवो भवः आचार्य देवो भवः, आमा बुवा र गुरु देवता समान हुन् भन्ने पूर्वीय दर्शनको मान्यता रही आएको छ । ज्येष्ठ नागरिकप्रति गरिने श्रद्धा, आदर तथा उहाँहरूप्रति देखाउने सद्भावले हामीलाई साक्षात् देवी÷देवताकै शरणमा पुगेको महसुस हुन्छ । यी वस्तुगत यथार्थलाई हाम्रा धर्मग्रन्थ मात्र होइन, नेपालको संविधानलगायत अन्य कानुनमा लिपिबद्ध गरिएको छ । ज्येष्ठ नागरिकले राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक पाउनु पर्छ तथा ज्येष्ठ नागरिकको संरक्षण,
पछिल्लो समय राज्यका विभिन्न निकाय तथा नीति निर्माण गर्ने तहमा महिलाको सहभागिता उल्लेख्य बढ्न थालेको छ । उद्यमशीलताको क्षेत्रमा पनि महिलाको आकर्षण बढ्दो छ । राज्यले उद्यमी महिलालाई छुट र सहुलियत प्रदान गरेसँगै महिला उद्यमीको सङ्ख्या बढ्न थालेको हो । एक तथ्याङ्क अनुसार पछिल्लो आठ वर्षमा एक लाख ७९ हजार महिला उद्यमी थपिएका छन् । देशभर दुई लाख ४७ हजार आठ सय ८० व्यावसायिक संस्था महिलाले चलाएका छन् । जुन कुल
पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको रम्भा गाउँपालिका–१, असर्दी बस्ने २८ वर्षीय हेमन्त जिटी रहनुभएको छ ।