खानेपानीमन्त्री महिन्द्र राय यादवले बर्सातमा मेलम्चीको अभावमा पनि बागमतीसहितका खोलानाला र ढुङ्गेधारामा खेर गइरहेको पानीको अधिकतम सदुपयोग गरी राजधानीवासीलाई बाह्रै महिना खानेपानी उपलब्ध गराइने प्रतिबद्धता जनाउनुभएको छ ।
हिन्दु धर्मावलम्बीहरूका भगवान् मर्यादा पुरुषोत्तम श्रीरामको आज सोमवार छिमेकी राष्ट्र भारतको अयोध्यामा नयाँ मूर्तिको प्राण प्रतिष्ठा विधिवत् रूपमा हुँदैछ । रामको मूर्तिको प्राण प्रतिष्ठाको अवसरमा सुनसरी जिल्लाका अधिकांश स्थानीय पालिकाले आज एक दिन सर्वजनिक बिदा दिएका छन् ।
मनाङ ङिस्याङ गाउँपालिकाले गङ्गापूर्ण ताल पछिल्लो समय सुक्दै गएको छ । मानवीय र वातावरणीय कारणले सुक्दै गएको यो ताललाई पुरानै स्वरूपमा ल्याउने योजना अघि बढाइएको छ । तर योजनाले गति लिन भने नसकेको स्थानीयको आरोप छ ।
उच्च शिक्षाका लागि बिदेसिएकी छोरीको दीक्षान्त समारोहमा भाग लिन हामी अस्ट्रेलिया जाने भयौँ । कोभिड प्रकोपको सुरुवाती दिनहरूमा उसले नेपाल छोडेको पनि तीन वर्ष भएछ । पासपोर्ट हात लागेको खुसियाली डेङ्गुले खोस्यो ।
सर्लाहीमा कारागार अभावमा कैदी बन्दीलाई अन्य जिल्लाका कारागारमा पठाउनुपर्ने बाध्यता अब अन्त्य भएको छ ।
करुणा थुलुङ राई काठमाडौँको धापासीमा रहेको इडेन ब्रिज स्कुलमा कक्षा ८ मा पढ्छिन् विद्यालयको प्रतिभाशाली छात्रा करुणा विद्यालयमा हुने अतिरिक्त क्रियाकलापबाहेक विभिन्न जिल्ला तथा राष्ट्रियस्तरका प्रतियोगितामा पनि सधैँ पहिला हुने गर्छिन् । विद्यालयमा आयोजित स्काउट डान्स प्रतियोगिता, इन्टर स्कुल डान्स प्रतियोगिता र जिल्लास्तरीय चारुमती स्काउट ट्रप प्रतियोगिताको करुणा उत्कृष्ट विजेता हुन् । योबाहेक मिस लिटल आइडल–२०२२ मा उनले उत्कृष्ट डान्सिङ अवार्ड पाएकी थिइन् ।
बाँसुरी निकै राम्रो बजाउनुहुन्छ युनिस्का हेक्का । बाँसुरी वाधन प्रतियोगितामा उनले धेरै पटक विजेता बन्ने अवसर पनि पाउनुभएको छ । दाफा, भजन, जात्रा पर्व र सङ्गीतमय वातावरणमा हुर्कनुभएकी युनिस्का आफूलाईै सधैँभरि बाँसुरीको धुनले मनमोहक बनाउने बताउनुहुन्छ । भक्तपुरस्थित निस्ट स्कुलमा कक्षा ७ मा अध्ययनरत युनिस्काले विद्यालयमा हुने आर्ट प्रतियोगितामा पनि पहिला हुने गर्छिन् । गणित र विज्ञान विषय मनपर्ने युनिस्का विभिन्न खालका क्राप्टको आर्ट र डिजाइन पनि गर्छिन् ।
हेटौँडालाई काठमाडौँसँग जोड्ने छोटो दुरीको मार्ग अन्तर्गत भैँसे–भीमफेदी सडकखण्डको स्तरोन्नतिले पछिल्लो समय तीव्रता पाएको छ । भैँसे–भीमफेदी सडकखण्डको विभिन्न स्थानमा सडक सीमा विस्तारका
लम्पी स्किन रोगका कारण सयौँको सङ्ख्यामा पशु गुमाएको पिडा सेलाउन नपाउँदै गुल्मीका किसानहरू खोरेत र पीपीआर रोगको जोखिममा परेका छन् । लम्पी स्किन रोगका कारण सयौँ पशुको मृत्यु हुँदा करोडौँको क्षति व्यहोरेका यहाँका किसानहरू अहिले खोरेत र पीपीआर रोगको जोखिममा परेपछि थप पीडा भोग्न बाध्य छन् ।
जिल्लाको उत्तरी भेगको तिब्बततिर पर्ने नाक्चेनाङ्ला नाका अझै खुलेको छैन । नाका नखुल्दा माथिल्लो मुगुको कार्मारोङ गाउँपालिकाका बासिन्दादेखि छिमेकी जिल्लाका सेवाग्राहीसमेतलाई असर परेको छ । मुगुमकार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले कोरोनाका कारण तिब्बत र मुगुको हाटबजारसम्बन्धी व्यापारिक साइनो टुटेको बताउनुभयो । नाक्चेनाङ्ला नाका बन्द हुँदा मुगुमकार्मारोङ गाउँपालिका स्थानीयले दैनिक उपभोग्य सामान, खाद्यवस्तु, लत्ताकपडादेखि भेडाच्याङ्ग्रा आयात गर्नबाट वञ्चित छन् । यहाँका नागरिकलाई दैनिक उपभोग्य सामग्रीदेखि लत्ताकपडा लिनलाई जिल्ला सदरमुकाम आउजाउ गर्न कम्तीमा पाँच दिन लाग्छ ।
जाजरकोटमा दस हजारभन्दा बढी अस्थायी आवास निर्माण भएका छन् । गत कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पले घरमा क्षति भएपछि घरवारविहीन दस हजार १५९ प्रभावितका अस्थायी आवास निर्माण गरिएको हो । जिल्ला विपत् व्यवस्थापन कोषबाट एक अर्ब तीन करोड ४१ लाख ७५ हजार शुक्रबारसम्म निकासा भएको छ । ४२ हजार ५२४ लाभग्राहीको सङ्ख्या कायम भएकामध्ये अस्थायी आवास निर्माणका लागि २८ हजार ३८ जना लाभग्राहीले पहिलो किस्ता रकमका लागि सम्झौता गरे पनि २७ हजार ९१ लाभग्राहीले अस्थायी आवास बनाउन पहिलो किस्ता रकम पाएका छन् ।
ओखलढुङ्गामा एक नगरपालिका र सात गाउँपालिकामध्ये मानेभन्ज्याङ गाउँपालिका १४६.६१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । गाउँपालिकाको केन्द्र वडा नं. ५ मानेभन्ज्याङ बजारमा रहेको छ । साबिकका आठ वटा
स्याङ्जाको वालिङ नगरपालिकाले वडाध्यक्षलाई नै स्वतः विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुने गरी संशोधन गरेको ऐनमा अदालतले रोक लगाएको छ । नयाँ प्रावधानलाई तत्काल यथास्थितिमा राख्न उच्च अदालत पोखराले आदेश दिएको हो । नगरपालिकाका कार्यपालिका सदस्य भक्त गोतामेले संशोधन गरिएको ऐनलाई तत्काल कार्यान्वयन गर्न रोक लगाउन माग गर्दै अदालतमा मुद्दा पेस गर्नुभएको थियो ।
नेपाल अङ्ग्रेज युद्धका नायक उजिरसिंह थापालाई राष्ट्रिय विभूति घोषणा गर्न बुटवल उपमहानगरले माग गरेको छ । नेपाल अङ्ग्रेज युद्धका नायक उजिरसिंह थापालाई राष्ट्रिय विभूति घोषणा गर्न बुटवल उपमहानगरपालिकाले सङ्घीय सरकारसँग औपचारिक रूपमै अनुरोध गरेको हो ।
सिन्धुली जिल्लामा पछिल्लो समयमा कोदो खेतीबाट राम्रो आम्दानी हुन थालेपछि किसान दङ्ग छन् । जिल्लामा केही वर्ष पहिलेसम्म हेपाइको बालीमा पर्ने कोदो खेतीबाट पछिल्लो समयमा अन्य बाली धान, मकै र गहुँको तुलामा झन्डै दोब्बरले आम्दानी हुन थालेपछि किसान कोदो खेतीप्रति आकर्षित बनेका हुन् ।