दसौँ नेपाल–अफ्रिका फिल्म फेस्टिभल २०२२ मा अन्तर्राष्ट्रिय विधातर्फ सेकोउ त्राओरी निर्देशित बुर्किना फोसोको फिल्म ‘आई अफ द स्ट्रोम’ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । यसैगरी करिम ताजोआउट निर्देशित मोरक्कोको फिल्म ‘घोस्ट अफ स्पेसटाइम’ले उत्कृष्ट लघु चलचित्रको अवार्ड पायो ।
नयाँ शैक्षिक सत्र सुरु भएको डेढ महिना बितिसक्दासमेत कर्णालीका अधिकांश विद्यालयमा पुग्नुपर्ने पाठ्यपुस्तक पुगेका छैनन् । ढुवानीको समस्या देखाउँदै कर्णालीका सामुदायिक विद्यालयमा समयमै पाठ्यपुस्तक पु-याइएको छैन ।
बाजुराको साँफे मार्तडी लोगकमार्ग बर्खा नलाग्दै हिलाम्मे बनेको छ । वैशाख, जेठ महिनामा परेको थोरै पानीका कारण सो सडकमा तलमाथिबाट पहिरो बग्नथालेपछि हिलाम्मे बनेको हो ।
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्रोत सुनिश्चिताबिनाको बजेट कार्यान्वयनमा समस्या हुने बताउनुभएको छ । प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयले बिहीबार विराटनगरमा आयोजना गरेको बजेट तर्जुमा छलफल कार्यक्रममा उहाँले विगतका सरकारले स्रोतको व्यावहारिक अनुमान नगरेका कारण वर्तमान सरकार दायित्वले थिचिएको बताउनुभयो ।
रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत कोरिया जान लिइने कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा बिहीबारदेखि सुुरु भएको छ । वैदेशिक रोजगार विभाग ईपीएस शाखाले पहिलो चरणमा कृषितर्फ १० हजार ८५८ आवेदकको परीक्षा सुुरु गरेको हो ।
विश्व सम्पदा क्षेत्रमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा फुटपाथ र मन्दिरका डिलमा चियालगायतका खानेकुरा बेचबिखन गर्न रोक लगाइएको छ । बिहान र साँझपख यस स्थानमा यस्तो व्यवसायले निकै भीड जम्मा गरेको ठहर काठमाडौँ महानगरपालिकाको छ ।
भागेश्वर गाउँपालिका–४ गुवाडीका १५ घरधुरीमा खानेपानी सुविधा पुगेपछि करेसाबारीमा तरकारीसमेत लगाउन थालिएको छ । महाभारत पर्वत शृङ्खलाको मध्यभागमा रहेको गुवाडी गाउँमा यसअघि खानेपानीको चरम अभाव थियो । डेढ घण्टा टाढाको नाउलाबाट खानेपानीको जोहो गर्दै आएका गुवाडी गाउँमा ‘एक घर एक धारा’ पु-याइएको छ ।
भित्रिमधेश क्षेत्रको आलिताल गाउँपालिकाको कार्यालयमा आगलागी भएको छ । आलिता गाउँपालिका–५ भिमदत्त नगरमा रहेको पालिकाको प्रशासनिक भवनको प्रशासन कक्षमा आगलागी भएको छ ।
कलाकार रमेश खनालको ३५औँ अरूपण एकल चित्रकला प्रदर्शनी भइरहेको छ । नेपाल प्रज्ञाप्रतिष्ठान, वास्तुकला तथा अन्य सृजनात्मक कला विभाग प्रमुख कलाकार खनालको ‘ड्रामा लाइन एन्ड कलर’ शीर्षकको कला प्रदर्शनी राजधानीका अरूपण आर्ट ग्यालरीमा चलिरहेको छ ।
कैलालीका कठरिया समुदाय आफ्नो पहिचान झल्काउने होमस्टे (घरबास) सञ्चालनका लागि हौसिएका छन् । घोडाघोडी नगरपालिका–११, तप्पा गाउँका कठरिया समुदायका युवा होमस्टे सञ्चालनका लागि उत्साहित भएका हुन् । शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, तारा गाउँ विकास समितिको आयोजनामा होमस्टेसम्बन्धी जनचेतनामूलक कार्यक्रममा उनीहरू सहभागी भएका हुन् । उनीहरूले होमस्टेको महŒव बुझेपछि आफ्नो ठाउँको विकास र कठरिया समुदाय
जिल्ला समन्वय समिति बैतडीको निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन गरेर कांग्रेसका खगेन्द्रसिंह धामीलाई प्रुमख बनाउने सहमति भएको छ ।
गण्डकी प्रदेश सरकारले दक्ष युवालाई लक्षित गरी रोजगार मेलाको तयारी गरेको छ । शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयले सो मेलाको आयोजना गर्न लागेको हो । सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले दक्ष, योग्य र शिक्षित युवालाई स्वदेशमै रोजगारी दिने योजनाअनुरूप मेला आयोजना गर्न लागेको बताउनुभयो । “यो त सुरुवात मात्रै हो, प्रदेश सरकारले श्रम नीति ल्याएको छ । सोही नीतिलाई टेकेर असङ्गठित मजदुरलाई सङ्गठित गर्ने, राज्यको दायरामा ल्याउने र उनीहरूको सीप तथा समस्याको पहिचान गरी काम मिलाउने योजना छ,” उहाँले भन्नुभयो ।
देशको अधिकांश भू–भागमा आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । स्थानीय वायु र भारतको उत्तर प्रदेशबाट बङ्गलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यूनचापीय रेखाको प्रभावले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहले काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई इमानदारीपूर्वक जिम्मेवारी बोध गरेर जनताको सेवामा लाग्न आग्रह गर्नुभएको छ ।
नेपाल राष्ट्र बैङ्कले पाँच वर्ष समयावधि हुने ५० करोड रुपियाँको ‘वैदेशिक रोजगार बचतपत्र २०८४’ बिक्री खुला भएको छ । बचतपत्र आगामी असार ६ गतेसम्म बिक्री खुला हुने राष्ट्र बैङ्कले जनाएको छ । यो बचतपत्र निष्कासन यही असार १३ गते हुनेछ भने साँवा भुक्तानी २०८४ असार १३ गते हुनेछ ।