• २३ वैशाख २०८१, आइतबार

युनिस्का बाँसुरीमोह

blog

बाँसुरी निकै राम्रो बजाउनुहुन्छ युनिस्का हेक्का । बाँसुरी वाधन प्रतियोगितामा उनले धेरै पटक विजेता बन्ने अवसर पनि पाउनुभएको छ ।  

दाफा, भजन, जात्रा पर्व र सङ्गीतमय वातावरणमा हुर्कनुभएकी युनिस्का आफूलाईै सधैँभरि बाँसुरीको धुनले मनमोहक बनाउने बताउनुहुन्छ । भक्तपुरस्थित निस्ट स्कुलमा कक्षा ७ मा अध्ययनरत युनिस्काले विद्यालयमा हुने आर्ट प्रतियोगितामा पनि पहिला हुने गर्छिन् । गणित र विज्ञान विषय मनपर्ने युनिस्का विभिन्न खालका क्राप्टको आर्ट  र डिजाइन पनि गर्छिन् । 

विभिन्न जात्रामा बाँसुरी बजाएर सबैलाई मन्त्रमुग्घ बनाउन सिपालु युनिस्कालाई बाँसुरी बजाउँदा सबै दुःख र पीडा भुल्ने पनि बताउनुहुन्छ । केही महिनाअघि भक्तपुरमा आयोजित मध्यपुर नगरव्यापी बाँसुरी प्रतियोगीतामा युनिस्का पहिला भएर पुरस्कृत पनि भएकी थिइन् ।  

लोकन्थलीको सिद्धि गणेश दाफा भजन खलः गुरु साहिल द्वारेबाट बाँसुरी प्रशिक्षण लिनुभएको युनिस्कालाई नेपाली, नेपालभाषाका विभिन्न गीत बजाउन आउँछ । उहाँ भन्नुहुन्छ, म कलाकार बन्न जन्मेको होला त्यसैले सङ्गीत र विभिन्न आर्ट कोर्न रुचाउँछु । 

नगरव्यापी बाँसुरी प्रतियोगितामा मलगायत मेरा समूह सिद्धि गणेश दाफा भजन खलः प्रथम  हुन सफल भएको हो । बाँसुरीमा मात्र होइन मैले अन्तरविद्यालय आर्ट प्रतियोगितामा पनि  उत्कृष्ट आर्टको उपाधि जितेकी थिएँ । उनलाई पोर्टेट स्केच बनाउन धेरै मन पर्छ ।

फेसन डिजाइनिङबाट प्रबल गुरुङले नेपाललाई चिनाए जस्तै युनिस्कालाई पनि बाँसुरी वाधकका रूपमा  विश्वसामु चिनिने धोको छ । अध्ययनसँगै विभिन्न अतिरिक्त क्रियाकलापमा भाग लिएर अघि बढ्दै  लक्ष्यमा पुग्न सकिने उनको सोच छ । 

प्रस्तुति : यलु जोशी