चिसो बढेर जनजीवन अत्यधिक प्रभावित बनेपछि कोहलपुर नगरपालिकाले अति विपन्न ज्येष्ठ नागरिकलाई कम्बल वितरण सुरु गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले ४६ औँ बौद्ध दर्शन अध्ययन भ्रमण टोली–२०८० मा सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभएको छ ।
पूर्वी नवलपरासीमा विगत केही दिनदेखि चिसो ह्वात्तै बढेको छ । बिहान बाक्लो हुस्सुसँगै दिनभरि कुहिरो लाग्न थालेपछि जनजीवन प्रभावित बनेको हो ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–६ सिधनवामा आयोजना गरिएको निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा ३ सय ७ सय जना नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभाग र नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको संयुक्त आयोजनामा आइतबारदेखि क्षमता अभिवृद्धि तालिम सुरु भएको छ ।
गण्डकी प्रदेशले प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि १ सय ४२ रनको फराकिलो जित निकालेको छ ।
भारतको अयोध्यामा नवनिर्मित भगवान् राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा सोमबार जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दीप बालिने भएको छ ।
कैलालीमा पाटेबाघ मृत अवस्थामा फेला परेको छ । जानकी गाउँपालिका–९ स्थित अमरावती सामुदायिक वनमा पाटेबाघ मृत फेला परेको हो ।
नामसङ्गीति वाचन गुरु चित्रवीर बज्राचार्यको ज्याःजङ्कु अर्थात् भीमरथारोहणको अवसरमा “आर्यमञ्जुश्री नाँससङ्गीति गाथा (नेपालभाषा अनुवादसहित) तथा धर्मश्री भित्रको कथा” पुस्तक विमोचन गरिएको छ ।
दक्षिण अफ्रिकाका जारी आइसिसी यु–१९ विश्वकप क्रिकेटमा नेपालले आफ्नो पहिलो खेल आज न्युजिल्यान्डविरुद्ध खेलिरहेको छ । इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा नेपाल पहिला फिल्डिङ गरिरहेको छ ।
मधेश कृषि विश्वविद्यालयमा आइतबार जनमत पार्टीले ताला लगाएकाे छ ।
बाँकेको बैजनाथ गाउँपालिका-५ जिगाउँकी एक बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले सोही ठेगाना भएका ३५ वर्षीय प्रेमबहादुर रावतलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो ।
इरान समर्थित लडाकु समूहले पश्चिमी इराकमा रहेको अमेरिकी सेनाको नेतृत्वमा रहेको सैन्य शिविरमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गर्दा एक इराकी र केही अमेरिकी हताहत भएको अमेरिकी केन्द्रीय कमाण्डले जनाएको छ ।
चिसोका कारण सुनसरी जिल्लाका विभिन्न क्षेत्रमा लगाइएको आलुखेतीमा डढुवा कीराको सङ्क्रमण देखिन थालेपछि किसान चिन्तित भएका छन् ।
नवलपुरमा श्रीमानले कोदालो र खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । जिल्लाको हुप्सेकोट गाउँपालिका ६ बिरुखर्कका ३३ वर्षीय श्रीमान् शेरबहादुर लम्कामगरले आफ्नै श्रीमती ३४ वर्षीया चनिसरा मगरलाई सुतिरहेको अवस्थामा हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।