• ७ जेठ २०८१, सोमबार

यु–१९ विश्वकप : नेपाल न्युजिल्यान्डविरुद्ध फिल्डिङमा

blog

काठमाडौँ, माघ ७ गते । दक्षिण अफ्रिकाका जारी आइसिसी यु–१९ विश्वकप क्रिकेटमा नेपालले आफ्नो पहिलो खेल आज न्युजिल्यान्डविरुद्ध खेलिरहेको छ । इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा नेपाल पहिला फिल्डिङ गरिरहेको छ । 

न्युजिल्यान्डका कप्तान ओस्कार ज्यासनले टस जितेर ब्याटिङ रोज्नुभएको छ । नेपाल न्युजिल्यान्डलाई हराएर विश्वकपमा सुखद सुरुवात गर्ने लक्ष्यमा छ । यु–१९ विश्वकपमा यसअघि न्युजिल्यान्डसँग भएको दुई खेलमा दुवै खेल नेपालले जितेको छ । 

नेपाल न्युजिल्यान्डविरुद्ध सन् २००६ मा एक विकेट र सन् २०१६ मा ३२ रनले विजयी भएको थियो ।विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपालको समूहमा न्यूजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेका छन् । नेपालले दोस्रो खेल जनवरी २४ मा पाकिस्तान र अन्तिम खेल २६ तारिखअफगानिस्तानसँग खेल्नेछ । 

विश्वकपमा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, बङ्गलादेश, आयरल्यान्ड र अमेरिका, समूह  ‘बी’ मा इङ्गल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड तथा समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे र नामिबिया रहेका छन् । हरेक समूहमा शीर्ष तीनमा रहने टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । 

नेपाली  टोली

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलसन झा, दिपेश कँडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दीपक बोहोरा, उत्तम थापामगर, विपिन रावल, तिलकराज भण्डारी, दीपक बोहोरा र आकाश चन्द ।