कोशी राजमार्गबाट धनकुटाको महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर बजार जोड्ने चार वटा बाटा अहिले सञ्चालनमा छन् । त्यस्तै मध्यपहाडी राजमार्गको लेगुवा बजारबाट समेत जितपुर जोडिन्छ तर यीमध्ये
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक सङ्कटमा परेको छ । अछाम, बाजुरा, डोटी र कालीकोटलगायतका नागरिकलाई निःशुल्क रूपमा प्रभावकारी उपचार सेवा प्रदान गर्दै आएको सो अस्पतालको बजेट नै घटेर आएपछि आर्थिक सङ्कट उत्पन्न भएको हो ।
बागमती प्रदेश सरकारले गर्भवती तथा प्रसूति अवस्थामा ज्यान जोखिममा परेका महिलाको लागि निःशुल्क हवाई उद्धार गर्ने भएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्ष गर्भवती र सुत्केरी अवस्थाका ज्यान जोखिममा परेका महिलाको निःशुल्क हवाई उद्धार गर्ने गरी नीति तथा कार्यक्रम र बजेटमा गरेको व्यवस्था प्रदेशको स्वास्थ्य मन्त्रालयले कार्यान्वयन गर्ने भएको हो ।
कर्णाली प्रदेशमा उत्पादित रैथाने बालीको सङ्कलन, प्रशोधन र बजारीकरणका लागि प्रशोधन केन्द्र (मिल) स्थापना गर्ने सम्झौता भएको छ । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सुर्खेत प्रादेशिक कार्यालयबिच सम्झौता भएको हो । कम्पनीले चालु आर्थिक वर्षमा १९ हजार ४६४ मेट्रिक टन कर्णालीको रैथाने बाली खरिद गर्ने लक्ष्य अनुरूप प्रशोधन केन्द्र स्थापना गर्ने गरी सो सम्झौता भएको हो ।
नेपाल कृषि जैविक विविधतामा सम्पन्न भएको देश हो र त्यसलाई जगेर्ना गर्नुपर्ने सरोकारवालाले धारणा राखेका छन् । दोस्रो कृषि जैविक विविधता दिवसका अवसरमा खाद्यका लागि कृषि अभियान, कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र र लिवर्ड नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा सरोकारवालाले सो धारणा राखेका हुन् । पछिल्लो समय कृषि क्षेत्रको जैविक विविधताको ह्रासले कृषि प्रणालीमा सङ्कट निम्त्याउन लागेको बताउँदै उनीहरूले यसको जगेर्ना गर्न आवश्यक रहेको कुरामा जोड दिए ।
रोङ गाउँपालिका–२ का सात वर्षीय आयुस दाहाल कक्षा २ मा पढ्नुहुन्छ । उहाँलाई ठूलो भएपछि के बन्नुहुन्छ भनेर प्रश्न गर्दा म त डाक्टर बन्छु भन्ने जवाफ फर्काउनुभयो । कृषि पेसाले चार जना दाहाल परिवारको सामान्य गुजारा चलेको छ । तर अवोध बालकको डाक्टर बन्ने सपनाले आयुसका बाबु कृष्णको मनमा चिसो पस्यो । “आजकलका बच्चाको सपना नै डाक्टर, इन्जिनियर, पाइलट बन्ने हुँदोरहेछ । सन्तानको पवित्र सपना पैसाकै अभावमा पूरा गराउन नसक्नु हामी किसानको बाध्यता छ”, उहाँले भन्नुभयो ।
नेपाल संस्थापक सदस्य राष्ट्र भएका अन्तर्राष्ट्रिय मञ्चमा सीमित मात्र सङ्घसङ्गठनहरू छन् । यस्ता सङ्घसङ्गठनमध्ये पनि करिब ७० वर्षअघि बीजारोपण भएको र ६३ वर्षअघिदेखि क्रियाशील अभियान ‘असंलग्न राष्ट्रहरूको सम्मेलन (नाम)’ विश्वमा संयुक्त राष्ट्रसङ्घपछिको सबैभन्दा धेरै र प्रतिनिधिमूलक सदस्य राष्ट्र भएको विश्व संस्था बन्न सफल हुनु संस्थापकका हैसियतले नेपालका निम्ति गौरवको विषय हो । यतिबेला यसै गौरवपूर्ण अभियानको १९ औँ शिखर सम्मेलन पूर्वी अफ्रिकी
नेपालको संविधानले विचार अभिव्यक्ति दिन पाउने, देशमा आवतजावत गर्न पाउने, शान्तिपूर्वक भेला हुने स्वतन्त्रता प्रदान गरेको छ । यो स्वतन्त्रता हरेक नागरिकले पाउने हो । कुनै समूह वा व्यक्तिले मात्र होइन । यसलाई प्रयोग गर्दा सर्वसाधारण जनताको हितलाई प्रतिकूल असर पर्ने गरी यी स्वतन्त्रता प्रयोग नगर्न कानुन बनाएर प्रतिबन्ध लगाउन सक्ने व्यवस्था संविधानमा उल्लेख गरिएको छ । यो प्रावधान सबै जसो संविधानमा हुन्छ । एकको अधिकार प्रयोग गर्दा अर्काको अधिकार हनन हुने गरी प्रयोग गर्न पाउने छैन । यो मानव अधिकारको सर्वमान्य विश्वव्यापी सिद्धान्त पनि हो । व्यक्ति वा समूहले आफ्नो अधिकार प्रयोग गर्दा अरू
काठमाडौँमा आज (आइतबार)देखि विभिन्न स्थानमा सात दिन विद्युत् सेवा आपूर्ति नहुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।
देशका अनेक समस्यासँग सरकार र नागरिक दुवै पक्ष पूर्ण जानकार छन् । सरकार र यसका जिम्मेवार व्यक्तिहरू अवस्था सुधार्न भरपुर प्रयासको पहल गरिरहेको बताउँछन् । राजनीतिक परिवर्तनका अनेक शृङ्खलापछि पनि देशले विकासको अपेक्षित गति लिन नसकेकोमा सबैलाई चिन्ता छ । इतिहासको कुनै कालखण्डमा त छिमेकी देश भारत र चीनभन्दा हाम्रो अवस्था निकै सबल थियो । २००७ सालमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको उदय भयो । भारत केवल त्य
कोशी प्रदेश सरकारले प्रदेश नामकरणमा असन्तुष्टि जनाउँदै सङ्घर्ष गरिरहेको पहिचान पक्षधरसँग वार्ता गर्ने निर्णय गर्दै वार्ता समिति गठन गरेको छ । शनिबार बसेको मन्त्रीपरिषद्को बैठकले आन्दोलनरत पक्षसँग वार्ता गर्न सरकारका दुई मन्त्रीसहित तीन सदस्यीय वार्ता समिति गठन गरेको हो ।
मानव सभ्यताको विकास कला, संस्कृति, प्राविधिक धार र दक्ष मानवीय संसाधन विकासबाट मात्र सम्भव भएको विश्व शिक्षा इतिहासबाट थाहा पाइन्छ । कुनै पनि राष्ट्रको पहिचान त्यस राष्ट्रमा रहेको विकाससँग पर्यायवाची नामबाट पहिचान गर्ने गरिन्छ । जुनसुकै राष्ट्रका विश्वविद्यालयले अपनाएका पाठ्यक्रम, शिक्षा विकासमा राष्ट्रले गर्ने आर्थिक लगानी, विश्वविद्यालयप्रति लगावयुक्त राजनीतिक प्रणाली, कर्तव्यनिष्ठ प्राध्यापक, कर्मचारी तथा जेहेनदार विद्यार्थी, तिनीहरूको शैक्षिक
युगान्डा भ्रमण सम्पन्न गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कँदै हुनुहुन्छ । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भई उहाँ आज काठमाडौँ फर्कनु हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
शिक्षा समग्र विकासको आधार हो । त्यसैले शिक्षा समयानुकूल, सिपमूलक र व्यावसायिक हुनु पर्छ भनेर जोड दिइन्छ । शिक्षाले मानवलाई कुनै पनि समस्याको सामना गर्न सक्ने बनाउनु पर्छ । व्यक्तिमा अन्तरनिहित प्रतिभा प्रस्फुटन, सिप विकास र क्षमता अभिवृद्धिमा समेत यसले सघाउनु पर्छ । शिक्षाको आधार विद्यालय तह हो तर यसको गुणस्तर खस्कँदै गयो भनेर चिन्ता व्यक्त गरिएको पाइन्छ । शिक्षाको गुणस्तर के कारणले यसरी खस्कियो भनेर मूल कारण खोजिएको भने पाइँदैन ।
भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत विद्यालय भवन निर्माण सुरु गरिएका काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकामा निर्माणाधीन विद्यालय भवनको काम अलपत्र परेको छ ।