चीनको प्राकृतिक ग्यास उत्पादनले सन् २०२३ मा स्थिर वृद्धि दर्ता गरेको राष्ट्रिय तथ्याङ्क विभागको तथ्याङ्कले देखाएको छ । चीनले सन् २०२३ मा २२९.७ अर्ब क्युबिक मिटर प्राकृतिक ग्यास उत्पादन गरेको थियो ।
गुल्मीका विद्यार्थीले स्थानीय स्तरमा पाइने दलहन र खाद्यान्न बालीको दाना प्रयोग गरी आकर्षक नेपालको नक्सा बनाएका छन् । जिल्लामा पाइने रैथाने बाली अन्तर्गत धान, मकै, गहुँ, कोदो, कालो सिमी र भाँगोको दाना प्रयोग गरी नक्सा तयार पारेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन विमानस्थलले आन्तरिक उडानका वायुसेवा प्रदायकलाई जहाजको रात्रि बिसान काठमाडौँ बाहिरका विमानस्थलमा गराउने एक वर्षअघि निर्णय गरेको थियो ।
एक सय दिनभन्दा बढी समयदेखि गाजामा चलेको द्वन्द्वमा हरेक घण्टामा दुई आमाहरूको मृत्यु हुने गरेको संयुक्त राष्ट्र सङ्घीय निकायले शुक्रबार जनाएको छ ।
नेपाल र भारतीय सुरक्षा सङ्गठनको समन्वयमा दुवै देशको सिमाना दशगजा खाली गर्ने कार्य अघि बढिरहेको छ । सशस्त्र प्रहरी र भारतीय सशस्त्र सीमा बलको समन्वयमा हालसम्म ३८ स्थानमा पाँच सय ५६ घरटहरा हटाई करिब १७ किमी दशगजा खाली गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता राजेन्द्र खड्काले जानकारी दिनुभयो ।
सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोर सडक आयोजना निर्माणमा भएका समस्यालाई चाँडै समाधान गरेर निर्माणलाई गति दिने बताउनुभएको छ ।
धनगढी उपमहानगरपालिकाले ‘ग्रासरुट क्रिकेट’ विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । उपमहानगरले ‘गो ड्रिमर्स’ को साझेदारीमा ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
हाइटीको राजधानी पोर्ट–औ–प्रिन्समा शुक्रबार छ जना भिक्षुसहित आठ जनाको अपहरण भएको छ ।
सरकारले कोरोना भाइरसविरुद्ध ल्याएको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि विसर्जन ‘डिस्पोजल’ को तयारी गरेको छ ।
बाँकेको राप्ती नदी आसपासमा फोहोर बढेको भन्दै स्थानीय युवा सरसफाइमा जुटेका छन् । राप्ती नदीमा तीर्थालुद्वारा पूजापश्चात् फ्याँकिएका प्लाटिकका थैला, फूलमालालगायत अन्य फोहरजन्य कच्चापदार्थले नदीलाई कुरुप बनाएको भन्दै युवा नदी क्षेत्रको सरसफाइमा जुटेका हुन् ।
‘सपना भुलाइ सारा’ गीतका गायक योगेश वैद्य अब सम्झनामा सीमित हुनुभएको छ । शिव अधिकारीको शब्द र नातिकाजीको सङ्गीत रहेको उक्त गीत उहाँको कालजयी वि.सं.२०४२ मा रेकर्ड भएको थियो ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले अपाङ्गता भएका व्यक्तिहरूलाई उपयुक्त सीप सिकाएर उत्पादनमा जोड्नुपर्ने बताउनुभएको छ ।
जाडो बढ्दै गएपछि रुपन्देहीका पालिकाले विद्यालयमा बिदा दिन थालेका छन् । अत्यधिक जाडो बढेको भन्दै बुटवल उपमहानगरपालिकाले माघ ७ देखि ९ गतेसम्म ३ दिन विद्यालयमा जाडो बिदा दिएको छ ।
नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेबिच भेटवार्ता भएको छ ।
परालका लुइँठा बटारेर बनाइएका चटाइ नै सहारा बनेका छन् । ‘घूर’ का वरपर बसेर तातिएको अनुभूति लिन र सुत्दा चटाइको सहाराले उज्यालो पर्खने गरिब बस्तीको नियति नै बनेको छ ।