भारतको लखनउमा आफ्ना फुफाको उपचार गराउन गएका बेला हराएका दाङका एक युवक आठ दिनपछि फेला परेका छन् ।
आख्यानकार भक्त स्याङ्तानको आख्यानकृति डम्फूको आत्मलापमाथि सिन्धुलीमाढीमा शनिबार परिचर्चा गरिएको छ ।
रुख चढेर सुखेको हाँगा झार्ने क्रममा रुखबाट लडेर झापामा एक जनाको ज्यान गएको छ । शिवसताक्षी नगरपालिका–११ दुधेका ५९ वर्षीय गङ्गाराम राई शनिवार बिहान रुखबाट लडेर गम्भीर घाइते बनेपछि उपचारका लागि दमकस्थित आम्दा अस्पताल ल्याउनेक्रममा बाटोमा मृत्यु भएको थियो ।
वातावरणीय असरको मूल्याङ्कनमा पूर्वसावधानी नअपनाउँदा दक्षिणी रसुवाको जीवजीवे गाउँ धुलोले प्रभावित बनेको छ । ग्रामीण सडक निर्माण सुधारका लागि सडक सुधार पूर्वाधार विकास योजना नुवाकोटले गरेको कामबाट जीवजीवेका स्थानीयबासी प्रभावित भएका हुन् ।
कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले शनिबार नेपाली सेनाको नयाँ सबुज गणको निरीक्षण गर्नुभएको छ ।
सरकारले विभिन्न जलविद्युत आयोजनाबाट तीन अर्ब १५ करोड ५१ लाख ८८ हजार बराबरको रोयल्टी सङ्कलन गरेको छ । सरकारले निर्माण सम्पन्न भई सञ्चालनमा रहेका आयोजनाबाट निश्चित रकम रोयल्टीबापत सङ्कलन गर्ने गर्छ ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीलाई सम्मान गरेको छ ।
मधेश प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशमाथि सहज जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको खेलमा मधेशले कर्णालीलाई ६१ रनले हरायो ।
मोरङको लेटाङस्थित सहिद स्मृति प्रतिष्ठानले राखेको सहिद हरि भट्टराईको सालिक लेटाङ नगरपालिकाले नगर प्रहरी लगाएर तोडफोड गरेको भन्दै शुक्रबार नेकपा माओवादी केन्द्र निकट कार्यकर्ताले नगरपालिकामा ताला लगाएका छन् ।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मुलुक कांग्रेसकै नीतिअनुसार चलेको बताउनुभएको छ ।
चौथो टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब च्याम्पियन बनेको छ । पोखरामा शनिबार भएको फाइनलमा गण्डकीलाई ३–१ को सेटमा हराउँदै हेल्प नेपालले उपाधि जितेको हो ।
बाक्लो हुस्सु र शीतलहरीका कारण सप्तरीलगायत तराई मधेशको जनजीवन कष्टकर बनेको छ । शनिबार बिहानैदेखि बाक्लो हुस्सु लागेको छ र शीतलहरसँगै चलेको चिसो हावाका कारण जनजीवन कष्टकर बनेको हो ।
कैलाली जिल्लाका विभिन्न सामुदायिक स्कुलका विद्यार्थीले मुलुकमा ठुला परिवर्तन भए पनि जनचाहनाअनुरूप काम नभएको बताउँदै शासकहरूले कार्यशैली परिवर्तन गर्नुपर्ने सुझाव दिएका छन् ।
तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री अशोक खड्का पुम्से विधातर्फ दोस्रो श्रेणीको रेफ्रीमा पदोन्नति हुनुभएको छ । वर्ल्ड तेक्वान्दो (डब्लुटी) को रेफ्री कमिटीले अशोकलाई दोस्रो श्रेणीको प्रमाणपत्र प्रदान गरेको छ ।
बाँकेमा पछिल्ला केही दिनदेखि शीतलहरका कारण दिनानुदिन बढ्दै गएको चिसोबाट जोगिन दाउराको माग अत्यधिक बढेको छ ।