• १३ असोज २०८१, आइतबार

खड्का दोस्रो श्रेणीको अन्तर्राष्ट्रिय रेफ्री

blog

काठमाडौँ, माघ ६ गते । तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री अशोक खड्का पुम्से विधातर्फ दोस्रो श्रेणीको रेफ्रीमा पदोन्नति हुनुभएको छ । वर्ल्ड तेक्वान्दो (डब्लुटी) को रेफ्री कमिटीले अशोकलाई दोस्रो श्रेणीको प्रमाणपत्र प्रदान गरेको छ ।

तेस्रो श्रेणीबाट दोस्रोमा पदोन्नति हुन करिब पाँच वर्ष लागेको अशोकले जानकारी गराउनुभयो । तेक्वान्दोको र्‍याङकिङ प्रतियोगिता र रिफ्रेसर कोर्षमा सहभागिता जनाइ प्राप्त गरेको अङ्कका आधारमा अशोक एक तह माथि उक्लनुभएको हो । 

तेस्रोबाट दोस्रो श्रेणीमा उक्लन कम्तीमा आठ अङ्क आवश्यक पर्दछ । करिब पाँच वर्षको अवधिमा अशोकले दस पुम्से प्रतियोगिता र एक रिफ्रेसर कोर्षमा सहभागिता जनाएर एघार बनाउनुभएको छ ।यसअघि अशोकले सन् २०२१ मा ग्यारोगी विधामा पनि दोस्रो श्रेणीको रेफ्रीको मान्यता पाउनुभएको थियो ।

दुई वर्षअघि युवा तथा खेलकुद मन्त्रालयले अशोकलाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मानअन्तर्गत उत्कृष्ट निर्णायकबाट सम्मान गरेको थियो । अशोक ग्योरोगी पुम्से र पुम्से र पारा तेक्वान्दो गरी तीनै विधाका अन्तर्राष्ट्रिय निर्णायक हुनुहुन्छ ।