पाँच वर्षअघि म्याग्दीको मङ्गला गाउँपालिका-१ कुहूँ हिदीको जङ्गलमा प्रशस्तै देखिएका दुर्लभ पन्क्षी चिरकालीज यस वर्ष एउटा पनि भेटिएन ।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार्न विद्यालयलाई अनुदानको दिने भएको छ । गाउँपालिकाले पालिकाभित्रका सबै सामुदायिक विद्यालयहरूलाई अनुदान उपलब्ध गराउन थालेको हो ।
सशस्त्र प्रहरी बल, नेपालले आफ्नो २३ औँ स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गरी एक हप्ताअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाका लागि सो बेस स्थापना गरिएको जानकारी गराएको हो ।
नदी किनारै किनार सुन्दरता थप्दै हाँसिरहेको हिमाल र अग्ला पहाडका चुचुरा हेर्दै उकालो चढ्ने क्रमसँगै स्वर्गीय आनन्द लिन पाइन्छ मनाङमा जसबाट प्राकृतिक सौन्दर्यताको पूर्ण रूपमा अनुभूति गर्न सकिन्छ ।
घरदेखि विद्यालयको दूरी टाढा भएका बस्तीका छात्रालाई साइकल उपहार दिइएको छ । कपिलवस्तुको शिवराज नगरपालिका वडा ३ ले तीन टोलका छात्रालाई साइकल उपहार दिएको हो ।
दार्चुलामा रोचक विवाह सम्पन्न भएको छ । अपि हिमाल गाउँपालिका–६ मज्जे बस्ने राइसिंह धामी र बिन्दु धामीले ८० वर्षको उमेरमा सांस्कृतिक तथा सामाजिक वैधानिक विवाह सम्पन्न गर्नुभएको हो ।
पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फको उपाधिमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले ह्याट्रिक गरेको छ ।
अपराध नियन्त्रण तथा अनुसन्धान तथा ट्राफिक व्यवस्थापन कार्यमा नेपाल प्रहरीद्वारा गरिने प्रविधिको प्रयोग बढ्दै गएको छ ।
पश्चिम भारतको गुजरात राज्यको एउटा तालमा जोयराइडका लागि गएको डुङ्गा पल्टिँदा एक निजी विद्यालयका बालबालिका र शिक्षकसहित कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
गाजामा युद्धविरामको माग गर्दै जोर्डनमा प्रदर्शन भएको छ । जोर्डनमा सयौँ प्रदर्शनकारीहरूले गाजा पट्टीमा युद्धविरामको आह्वान गर्दै प्रदर्शन गरेका हुन् ।
मुग्लिन-पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँमा १९.५ किलोमिटर सडकखण्ड कालोपत्र भएको छ । तनहुँको आँबुखैरेनी र बन्दीपुर खण्डमा हालसम्म १९.५ किलोमिटर सडकखण्ड कालोपत्र सकिएको हो ।
गाजापट्टीमा जारी इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २४ हजार ७६२ पुगेको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले गण्डकी प्रदेशको आर्थिक विकासका लागि दुम्कीवास त्रिवेणी सडकखण्ड खोल्न आफू लागि परेको बताउनुभएको छ ।
केन्या र बहामास टापु राष्ट्र नैरोबी र नासाउमा दूतावास स्थापना गर्न सहमत भएका छन् । कूटनीतिक सम्बन्धलाई गहिरो बनाउनको लागि महत्त्वपूर्ण कदमको रुममा यसलाई लिइएको छ ।
सुनसरीको धरान उपमहानगरपालिकामा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले गरेको तालाबन्दी उच्च अदालत विराटनगरको आदेशपछि खुलेको छ ।