समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित उर्दु भाषा
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जुजुधौ, सुन्तला, सक्खरको भौगोलिक सङ्केत प्राप्त गर्नका लागि प्रक्रिया सुरु गरेको छ । कृषि मन्त्रालय अन्तर्गतको राष्ट्रिय जिन बैङ्कले त्यो प्रक्रिया सुरु गरिसकेको छ ।
प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका तीन सयभन्दा बढी योजना कार्यान्वयन अन्योलमा परेको छ । प्रदेश सरकारले १५ लाख रुपियाँभन्दा मुनिका योजना कार्यान्वयन नगर्ने नीति लिएपछि जलाधार, पर्यटन, वन तथा उद्योगतर्फका ३२९ वटा योजना कार्यान्वयन अन्योलमा परेको छ ।
सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन शुक्रबारबाट सुरु भएको छ । अघिल्लो अधिवेशन अन्त्य भएको तीन महिनापछि प्रदेश प्रमुखको आह्वानमा प्रदेश सभाको हिउँदे अधिवेशन सुरु गरिएको हो ।
भीमेश्वर इनक्युबेटर सेन्टरले आयोजना गरेको एकदिने डेमोडे÷इन्क्युबेटरहरूको सिकाइ आदानप्रदान सम्मेलन सम्पन्न भएको छ । शुव्रmबार सदरमुकाम चरीकोटमा भएको सम्मेलनमा यहाँका विभिन्न पेसाका व्यवसायीलाई व्यावसायिक बनाउने उद्देश्यले भीमेश्वर इनक्युबेटर सेन्टर स्थापना भई कार्यसमिति निर्माण भएको र व्यवसायी तथा उद्यमीहरूलाई सम्मेलनमा सहभागी गराइएको थियो ।
मुग्लिङ–पोखरा पश्चिम सडकखण्ड निर्माणको ८० प्रतिशत समयावधि सकिँदा १४.२ प्रतिशत मात्र कार्य प्रगति भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली, पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको छ । प्रहरीले शुक्रबार छुट्टाछुट्टै घटनामा एक थान पेस्तोल, एक थान गोली र लागुऔषधसहित चारजनालाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो ।
त्यस्तै, मध्येपहाडी राजमार्गको लेगुवा बजारबाट समेत जितपुर जोडिन्छ । तर यीमध्ये कुनैपनि सडक अहिलेसम्म कालोपत्रे हुन सकेको छैन ।
क्यान्सरपीडित पाँचथरका अग्रज पत्रकार कवीन्द्र शेर्मालाई दक्षिण कोरियाबाट प्राप्त आर्थिक सहयोग आज हस्तान्तरण गरिएको छ । घाँटीमा क्यान्सर भई भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत शेर्माको उपचारका लागि किरात याक्थुङ पापोहाङ शेर्मा सङजुम्भो दक्षिण कोरियाको नेतृत्वमा संकलन गरिएको सो रकम प्रदान गरिएको हो ।
गोरखापत्र संस्थानका नवनियुक्त सल्लाहकारद्वय रामकृष्ण अधिकारी र सुशीला चौधरीलाई गोरखापत्रमा कार्यरत कर्मचारी एवं पत्रकार संगठनले स्वागत गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान विश्वमा ‘गेम चेन्जर’ का रूपमा देखा परेका ‘विज्ञान, प्रविधि र नवप्रवर्तनमा असम्लग्न आन्दोलन (नाम) ले उच्च प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्न असंलग्न आन्दोलन (नाम) का सदस्य राष्ट्रहरूलाई आह्वान गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्यपूर्वमा शान्ति र स्थायित्वको चाहना गर्दै नेपाल संयुक्त राष्ट्रसङ्घको सान्दर्भिक प्रस्तावका आधारमा प्यालेस्टाइन र इजरायलबीचको मान्यता प्राप्त अन्तर्राष्ट्रिय सीमाभित्र शान्ति–सुरक्षाका लागि उभिन चाहेको बताउनुभएको छ ।
शीतलहरले मधेसमा चिसो बढेपछि जाडोबाट बचाउन जिल्ला प्रशासन कार्यालय अन्तर्गतको जिल्ला दैवी प्रकोप उद्धार व्यवस्थापन समितिले विपन्न परिवारलाई सिरक वितरण गरेको हो ।
पोखरा महानगरपालिका –२४ कास्किकोटको काउलेमा स्कुल बसको ठक्करले बालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने ३ बजेतिर बाल प्रतिभा बोर्डिङ स्कुलको ग १ क ४०८२ नम्बरको बसले नर्सरीमा पढ्ने समीर कार्कीलाई ठक्कर दिएको थियो ।