ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ कलेजका विद्याथीले शुक्रबारबाट १५ औँ राष्ट्रिय आसा आर्ट आर्किट्रेक्चर प्रदर्शन सुरु गरेका छन् ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले चुरे संरक्षण नभए मधेश मरुभूमि हुने निश्चित रहेको बताउनुभयो ।
गोरखामा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा पालुङटार नगरपालिका –६ गाईखुरका ४८ बर्षीय अन्नत परियार रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डिएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालय प्राज्ञिक ज्ञानको भण्डारभएको बताउनुभएको छ ।
जिल्लामा वन क्षेत्र अतिक्रमण संस्थागतरुपमा बढी हुने गरेको पाइएको छ । डिभिजन वन कार्यालय चितवनअन्तर्गत रहेको ५७ हजार छ सय ५० हेक्टर क्षेत्रफलमध्ये एक हजार ६८७ दशमलव ८३ हेक्टर क्षेत्रफल वन अतिक्रमणमा परेको हो ।
कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकका लागि आवश्यक दक्ष जनशक्ति तथा सामाजिक उत्तरदायित्वको भावनाबाट अभिप्रेरित चिकित्सक नर्स, प्रयोगशाला विद्लगायतका स्वास्थ्यकर्मीहरू उत्पादनमा जोड दिनुभएको छ ।
भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धौलागिरि गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गर्न थालेको छ । वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिले झन्झट बेहोर्नु नपर्नाका साथै समय र खर्च बचत भएको छ ।
उच्च अदालत पोखरा बागलुङ इजलास प्रविधिमैत्री बन्दै गएको छ । आधुनिक प्रविधिका कारण फैसलामा हुने ढिलाइ अन्त्य हुनाका साथै नागरिकले तोकिएकै समयमा न्याय पाउन थालेका छन् ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठ र विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलङ्का हेर्ने देशीय निर्देशक (कन्ट्री डाइरेक्टर) फारिस हदाद जार्वोसबीच भेटवार्ता भएको छ । आज सिंहदरबारस्थित आयोगको कार्यालयमा उहाँहरुबीच भेटवार्ता भएको आयोगका उपाध्यक्ष श्रेष्ठको सचिवालयले जनाएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल मिडिया काउन्सिल, आमसञ्चार र सामाजिक सञ्जाल (व्यवस्थापन तथा नियमन) सम्बन्धी तीन विधेयकको मस्यौदा तयार गरेको छ ।
बाजुरा र कालिकोट जिल्लाका तीन स्थानमा यसअघि लगाइएको सिन्डिकेट स्थानीय प्रशासन र ट्राफिक प्रहरीको पहलमा हटेपछि यात्रा गर्न सहज भएको हो ।
पाकिस्तानका प्रधानमन्त्री अनवर उल हक काकरले हालै इरानी क्षेत्रमा ‘आतङ्कवादविरूद्ध’ को लक्ष्यमा हवाई आक्रमणपछि शुक्रबार सेना र गुप्तचर प्रमुखसँग आपतकालीन सुरक्षा बैठक बोलाउनुभएको छ ।
सङ्घीय संसद्मा विनियोजन विधेयक (वार्षिक बजेट) प्रस्तुत हुनुभन्दा तीन महिनाअगावै बजेटका सिद्धान्त तथा प्राथमिकता पेश गरिसक्नुपर्ने व्यवस्थासहित अध्यादेशमार्फत ऐन संशोधन भएको छ ।
बङ्गलादेश सरकारले बिहीबार कोरोनाभाइरसको नयाँ भेरियन्ट जेएन १ को पहिचान भएको पुष्टि गरेको छ । जेएन १ प्रजाती कोभिड–१९ का बिरामीहरूमा फेला परेका थिए ।
ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय गौरवको आयोजनाहरुको छनोटका लागि निश्चित मापदण्ड बनाउनुपर्ने बताउनुभएको छ ।