• १३ साउन २०८१, आइतबार

करेन्ट लागेर एकको मृत्यु

blog

गुणबहादुर रोका 

सुलीकोट, माघ ५ गते । गोरखामा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा पालुङटार नगरपालिका –६ गाईखुरका ४८ वर्षीय अन्नत परियार रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डिएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार आफ्नै बारीमा कटहरको घाँस काट्ने क्रममा बिजुलीको मेन लाइनमा हाँगाले छुन गई ८ मिटर तल खसेर सख्त घाइते हुनुभएको थियो । घाइते परियारको तनुहँको लक्ष्मी अस्पतलमा उपचारको क्रममा मृत्यु भएको छ । 

मृतकको शवलाई पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।