उत्तर कोरियाले वासिङ्टन, सियोल र टोकियोको संयुक्त नौसैनिक अभ्यासको प्रत्युत्तरमा ‘पानीमुनि प्रहार गर्ने आणविक हतियार प्रणाली’ परीक्षण गरेको शुक्रबार जनाएको छ ।
शितलहर र चिसोबाट जोगाउन बाँके जिल्ला कारागार नेपालगन्जमा रहेका कैदी बन्दीहरुका लागि बिहीवार त्रिपाल र दाउरा वितरण गरिएको छ ।
निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ गरी निर्वाचन अधिकृतको कार्यालयसम्म पुर्याएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएका बागमतीले ४८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ७३ रनको योगफल बनायो । बागमतीका लागि आशुतोष घिरैयाले एक सय ११ बलमा एक सय १८ रन जोडे । उनले कूल १६ चौका र २ छक्का प्रहार गरे ।
राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौँको क्षेत्रपाटीबाट स्रोत नखुलेको रु. दुई करोड ३० लाख रकमसहित चार जनालाई पक्राउ गरेको छ ।
जिल्ला विपद ब्यवस्थापन समिति बाँकेले अत्यधिक चिसोबाट सबैभन्दा बढी प्रभावित विपन्न समुदायको पहिचान गरी उनीहरुलाई न्यानो कम्बल वितरण सुरु गरेको छ ।
बिरामीको चाप बढेपछि गुल्मी अस्पतालमा बिहान ९ बजेबाट ओपिडी सेवा सुरु गरिएको छ । बिरामीको चाप बढी हुने र दिउँसो गाउँ–गाउँमा पुग्ने सवारीहरु छुट्ने चिन्ताले सेवाग्राही आत्तिने हुँदा बिहान ९ बजेबाट सेवा सुरु गरिएको गुल्मी अस्पतालले जनाएको छ ।
कालीकोट जिल्लाको तिलागुफा नगरपालिकाको केन्द्र विवाद ६ वर्ष बित्दा पनि टुङ्गिएको छैन ।
स्वास्थ्य बिमा बोर्डले सेवा प्रदायक संस्थाका स्वास्थ्य बिमाअन्तर्गतको ओपिडी र इमर्जेन्सी शुल्क परिवर्तन गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २०६५ असोज २९ गते काभ्रे शिखर आम्बोटे गाउँ विकास समिति वडा नम्बर १ साबिक रोशि गाउँपालिका वडा नम्बर ३ स्थित चमार सिंह मगर भन्ने जनक बहादुर मगरलाई बोक्सीको आरोपमा कुटपिट गरी फरार रहेका दुई जनालाई पक्राउ गरेको हो ।
हाल अस्थायी आवासमा बस्दै आएका पहिरो पीडित परिवारलाई स्थायी बसोबासको मिलाउन गाउँपालिकाले पहल सुरु गरेको हो ।
झापा कनकाई नगरपालिका–७ का ९० वर्षीय हरिध्वज खत्री तिमिल्सिनाले नेपालमा बसोबास गर्ने विभिन्न जातजाति र उनीहरुको गोत्रको विषयलाई समेटेरे ‘नेपाल मण्डल’ पुस्तक लेख्नुभएको छ । करिब १० वर्ष लगाएर उहाँले उक्त पुस्तक लेख्नुभएको हो ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार कतार र फ्रान्सको नेतृत्वमा गाजामा रहेका सर्वसाधारणलाई थप र अति आवश्यक औषधि तथा स्वास्थ्य सामग्री पुर्याउन र गाजामा बन्धक बनाइएका व्यक्तिहरूलाई अत्यावश्यक औषधि पुर्याउन गरिएको अभियानको स्वागत गर्नुभएको छ ।
बाँकेको ग्रामीण क्षेत्रमा पर्ने राप्तीसोनारी गाउँपालिकाको ४ नम्बर वडास्थित बैजापुर गाउँमा सिसी क्यामेरा जडान गरी सुरक्षा निगरानी गर्न सुरु गरिएको छ ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले योजना निर्माणसँगै काममा लाग्नसके समृद्ध गण्डकी प्रदेश निर्माण गर्न सकिने बताउनुभएको छ । गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजना निर्माणका लागि नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा भएको अन्तक्र्रियामा मुख्यमन्त्री पाण्डेले आगामी योजना प्रभावकारी बनाइनुपर्ने बताउनुभयो ।