दोलखाको भीमेश्वर नगरपालिका–६, झुले भन्ने स्थानमा करोडौँ लगानीमा निर्मित हिमालयन अनुसन्धान विज्ञान तथा प्रविधि प्रतिष्ठानको भवन बेवारिसे मात्र बनेन, निल्नु न ओकल्नु बनेको छ । गत दुई वर्षअघि सङ्घीय सरकारको एक करोड ५१ लाख छ हजार २५० रुपियाँमा निर्मित सो भवन उद्देश्य अनुरूप प्रयोगमा आउन नसकेपछि प्रयोगविहीन भई निल्नु न ओकेल्नु अवस्थामा पुगेको हो ।
चितवन राष्ट्रिय निकुञ्जले बिलबुकमा उल्लेख भएविपरीत स्वरूप परिवर्तन गरी सिट सङ्ख्या थपेर सञ्चालनमा रहेका जिपलाई निकुञ्जबाट विस्थापन गर्दै जाने भएको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा पर्यटकलाई भ्रमण गराउने करिब १५० सवारीसाधन त्यसरी कानुनविपरीत स्वरूप परिवर्तन गरेर सञ्चालन भएको पाइएपछि निकुञ्जले यस्तो रणनीति बनाएको हो ।
कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले आसन्न राष्ट्रिय सभा निर्वाचनसमेतलाई ध्यानमा राखी शान्ति सुरक्षाको अवस्था दुरुस्त राख्न तथा भरपर्दो प्रबन्ध मिलाउन निर्देशन दिनु भएको छ ।
प्राज्ञिक विद्यार्थी परिषद् नेपालले नेपालको समग्र शिक्षा क्षेत्र सुधारका लागि माघ महिनाभर सञ्चालन गर्ने शैक्षिक सुधार अभियानका कार्यक्रमहरू घोषणा गरेको छ ।
अवैध रूपमा चोरी निकासी भएर बाराको बाटो हुँदै अन्यत्र जिल्ला लैजाँदै गरेको १३ ट्रक मल प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रकमा अवैध मल निकासी भइरहेको सूचनाको आधारमा खोज तलास गर्दा सो मल बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले संरक्षित वन्यजन्तु सालकको खपटासहित कैलालीमा आज दुई जनालाई पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय सुखडबाट खटेको प्रहरी टोलीले सालकको ११ किलो १०० ग्राम खपटासहित उनीहरूलाई पक्राउ गरेको हो ।
फिदिम फालौट सडकखण्ड अन्तर्गत पाँचथरको फिदिम नगरपालिका–११ मा टिप्पर दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।
भौतिक पूर्वाधार तथा यातायामन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवका आयोजना आवश्यक तयारी बिना छनोट गर्ने प्रवृत्तिका कारण आयोजनामा समस्या आउने गरेको बताउनुभएको छ ।
सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८० जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज मर्मतपछि नियमित उडानमा फर्किएको छ ।
जापानले क्षेत्रीय सुरक्षा खतराको सामना गर्न आफ्नो सैन्य क्षमता बढाउनका लागि बिहीबार आफ्नो सहयोगी अमेरिकासँग चार सय वटा लामो दूरीको टोमाहक क्षेप्यास्त्र खरिदसम्बन्धी एक सम्झौतामा हस्ताक्षर गरेको छ ।
११औँ किन्डर ओलम्पिक यही माघ ६ र १३ गते दशरथ रङ्गशालामा हुने भएको छ । अर्लि चाइल्डहुड एजुकेसन टिचर्स एसोसिएसन (एकता) को आयोजनामा हरेक वर्ष आयोजना हुँदै आएको यो प्रतियोगितामा यसपालि काठमाडौँ उपत्यका भित्रका ३६ विद्यालयले सहभागिता रहनेछ ।
नेपाल कृषि प्रधान देश हो । यद्यपि खाद्यान्न आयात गर्नुपर्ने अवस्था छ । स्वदेशमै उत्पादन वृद्धि गरी आयातलाई निर्यातमा परिणत गर्ने उद्देश्यले सङ्घ, प्रदेश र स्थानीय सरकारले कृषिलाई प्राथमिकतामा राखेका छन् ।
ताप्लेजुङमा ट्राफिक प्रहरीले पछिल्लो छ महिनाको अवधिमा करिब चार लाख रुपियाँ राजस्व रकम असुल गरेको छ । ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही तथा जरिवाना गरी उक्त राजस्व रकम असुल गरेको हो ।
प्रहरीले रसिया पठाउने भनी सात लाख ३० हजार लिई सम्पर्कविहीन बनेका २८ वर्षीय सरोज थापालाई पक्राउ गरेको छ ।