सन् २०२३ मा युरोपमा नयाँ मोडेलका कारको बिक्रीमा १३.९ प्रतिशतले वृद्धि भएको छ भने विद्युतीय सवारी साधनले पहिलो पटक डिजेललाई उछिनेको ‘युरोपियन अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन’ ले बिहीबार जनाएको छ ।
पश्चिम नेपालको प्रमुख सहर नेपालगन्जमा राष्ट्रिय स्तरको हाप्किडो च्याम्पियनसिप प्रतियोगिता आयोजना गरिन लागिएको छ ।
सोलुखुम्बुको पर्यटकीय स्थल लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा हवाई सेवा प्रयोग गर्ने पर्यटकको सङ्ख्या २३ प्रतिशतले वृद्धि भएको छ ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१० मा मगर सङ्ग्रहालय स्थापनाका लागि भवन निर्माण गरिएको छ । आधुनिकताले मगर पहिचान गुम्न थालेपछि मौलिक कला संस्कृति जोगाउन सङ्ग्रहालय निर्माण गरिएको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पेस्की तथा बेरुजु फर्छ्यौटका लागि कडा नीति अख्तियार गर्ने भएको छ । राखेपले गठन गरेको पेस्की तथा बेरुजु फर्छ्यौट कार्यदलले दिएको सुझाव कार्यान्वयन गर्ने राखेपका सदस्य सचिव टङ्कलाल घिसिङले बताउनुभयो ।
जलेश्वर नगरपालिकाले बालविवाह न्यूनीकरणको लागि शिक्षक तथा विद्यार्थीहरूको सहयोग लिने भएको छ । बालविवाहमा अभिभावकहरूको मुख्य भूमिका रहेको ठम्याउँदै नगरपालिकाले छात्रछात्रा तथा शिक्षकलाई बालविवाह न्यूनीकरणको प्रशिक्षण दिएर अभिभावकहरूलाई जनचेतना जगाउने कार्यमा खटाउने जनाइएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरकार अब उत्तर–दक्षिण राजमार्गको काममा केन्द्रित हुने बताउनुभएको छ ।
जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष मैना जोशीको ५० वर्षको उमेरमा आज बिहान निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट पीडित जोशीको उपचारपछि घरमै आराम गरिरहेको बेला बिहान ४ बजे निधन भएको हो ।
गायक निर्मल दाहालले खेल र खेलाडीको सम्मानमा खेलकुद गीत ‘हारजित’ सार्वजनिक गर्नुभएको छ ।
बाँकेमा केही दिन यता चिसो अत्यधिक बढेर जनजीवन अस्तव्यस्त बनेपछि विपन्न र गरिबहरू समस्यामा परेका छन् । उनीहरूसँग न्यानो लुगाको अभाव भएकाले समस्यामा परेका हुन् ।
मधेश प्रदेश सरकारले पूर्वाधार विकास निर्माणका क्षेत्रलाई उच्च प्राथमिकता दिएको छ । मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको प्रदेश सरकारले सडक विस्तार तथा स्तरोन्नति, प्रशासकीय संरचना, विद्यालय, स्वास्थ्य संरचना, कृषि तथा सिँचाइलगायत पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको हो ।
बागलुङमा सबैभन्दा पुरानो मानिने पुतली नाच संरक्षणमा नयाँ पुस्ताले चासो देखाएका छन् । बाइसे–चौबीसे राजाको पालादेखि सञ्चालन हुँदै आएको सो नाच निसीखोला गाउँपालिका–६ भल्कोटमा मात्रै नाच्ने गरिन्छ ।
शिक्षण अस्पतालले बिरामीको परीक्षण भइरहेको समयमा औषधिलगायतका सामानको प्रचार नगर्न आग्रह गरेको छ ।
तोरी धेरै उत्पादन हुने जिल्ला कुन हो ? यो प्रश्नको जवाफ हुन्थ्यो चितवन । यसरी तोरी उत्पादनमा पहिचान बनाएको चितवन जिल्लामा बिचमा केही समय तोरीको उत्पादन क्रमशः घट्दै गएको थियो ।
पाकिस्तान र इरानको सीमा क्षेत्रमा आतङ्कवादी लडाकुलाई लक्षित गरी हालै भएका आक्रमणपछि बिहीबार पाकिस्तान र इरानबिच मध्यस्थता गर्न इच्छुक रहेको बेइजिङले बताएको छ ।