गोरखाका ११ वटा पालिकाहरूमध्ये सहिदलखन गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा सर्वोकृष्ट पालिका बनेको छ ।
पश्चिम दाङलाई जिल्लाको विकट क्षेत्रका रूपमा लिइन्छ । त्यसलाई दाङको ‘कर्णाली’ भनेर चिनाइन्छ । विकासको दृष्टिकोणले पछि परेको त्यो ठाउँमा अहिले भने धमाधम विकास निर्माणको काम भइरहेको छ ।
बेलायतका राजा चार्ल्स तृतीयले आफ्नो प्रोस्टेटको उपचारका लागि अर्को हप्ता अस्पताल जाने बकिङ्घम प्यालेसले बिहीबार जनाएको छ ।
हिल्सा सिमकोट सडकको असजिलो चट्टानी भीरको च्याछरा खण्डको सडकको स्तरोन्नति कार्य तीव्र गतिमा अगाडि बढेको छ । सम्झौता भएको १० महिनापछि सो सडकको स्तरोन्नति कार्यले तीव्रता पाएको हो ।
बाँकेको राप्तीसोनारी गाउँपालिकाले स्थानीय संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) सार्वजनिक गरेको छ । राप्तीसोनारी लिजा सार्वजनिक गर्ने बाँकेकै पहिलो पालिका बनेको छ ।
सुर्खेतको पञ्चपुरी नगरपालिकामा छोरीलाई बलात्कार र छोराको हत्या गरेको आरोपमा प्रहरीले बुबालाई पक्राउ गरेको छ ।
चिसोले कठ्याङ्ग्रिएर मोरङको उर्लाबारीमा एक जनाको मृत्यु भएको छ । उर्लाबारी–६ मावा खोलाको पुलमुनि बस्दै आएका करिब ४० वर्षीय ग्याटिसे भनिने सन्तोष राईको बिहीबार बिहान मृत्यु भएको हो ।
बाँकेको बैजनाथमा महोत्सव हुने भएको छ । ‘कृषि, पर्यटन, उद्योग र उत्पादन संस्कृतिको पहिचान, विकास र समृद्धि बैजनाथको अभियान’ भन्ने मूल नाराका साथ ‘प्रथम बैजनाथ तथा छैटौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवम् पर्यटन महोत्सव–२०८०’ को तयारी तीव्र पारिएको आयोजकले जनाएको छ ।
त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ । आर्मीले कोशी प्रदेशलाई ९ विकेटले हराउँदै विजयी भएको हो ।
कोइला व्यवस्थापन हुन नसक्दा करिब तीन महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले माघ तेस्रो सातादेखि उत्पादन सुरु गर्ने योजना बनाएको छ । आर्थिक अभावले कोइला आपूर्ति हुन नसकेपछि उद्योग बन्द गरिएकामा सरकारले अनुदान उपलब्ध गराएमा माघ तेस्रो सातादेखि उत्पादन सुरु गर्ने योजना रहेको उद्योग कार्यालयले जनाएको छ ।
स्थानीय सरकारहरूलाई प्रविधिमैत्री हुन सघाउनेदेखि पालिकाभित्र सार्वजनिक सेवा प्रवाहलाई थप सुलभ र सहज बनाउने उद्देश्यले सुरु भएका डिजिटल ई–पालिका र गल्ली म्याप्सबिच साझेदारी हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीले राष्ट्रिय परिचयपत्रको अनलाइन फारम भर्ने व्यवस्थालाई सहज बनाएको छ ।
तेहरानले पाकिस्तानी भूमिमा आक्रमण गरेको एक दिनपछि पाकिस्तानले इरानमा रहेका आतङ्कवादी आश्रयस्थलमा लक्षित हवाई आक्रमण गरेको बिहीबार जनाएको छ ।
निर्माण सम्पन्न नहुँदै यसअघि २०७८ चैत १४ गते एमालेबाट निर्वाचित तत्कालिन नगरप्रमुख हरिसिंह साउदले उद्घाटन गर्नुभएकाे उक्त प्रशासनिक भवनको कांग्रेसबाट निर्वाचित अहिलेका प्रमुख बिरेन्द्र भट्टले फेरी उद्घाटन कार्यक्रम राखेपछि तनाव सिर्जना भएको हो ।
२३औँ सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ ।