उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले युवालाई विदेश पठाएर देशलाई वृद्धाश्रम बनाउने खतराबाट मुक्त गरेरै छोड्ने प्रतिबद्धता जनाउनुभएको छ ।
उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालले आगामी १२ वर्षमा २८ हजार मेगावाटभन्दा बढी विद्युत उत्पादन गर्ने बताउनुभएको छ ।
चीनको ताक्लाकोटमा होटेल व्यवसाय गर्दै आएका एक जना नेपालीको मृत्यु भएको छ ।
इटहरी उपमहानगरपालिकाले इन्धनबाट चल्ने दुई पाङ्ग्रे सवारी साधनलाई विद्युतीय सवारीमा रूपान्तरण गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गत पुस १० गते एक वर्ष पूरा गरेको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान र संसद्को रक्षार्थ भएका भावनानुरुप प्रतिनिधिसभाको पूर्ण कार्यकालको सुनिश्चिततासहित यस अवधिमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका पक्षमा सरकारले महत्वपूर्ण र दूरगामी निर्णयहरु गर्नुका साथै जनजीविकामा सुधारका थुप्रै कार्यहरुको थालनी गरेको छ ।
ज्यान मार्ने धम्की दिँदै फिरौती माग्ने तीनजना पक्राउ परेका छन् । प्रहरीले भरतपुर महानगरपालिका–२१ का २७ वर्षीय सरोज सुनार, वडा नं १ का २६ वर्षीय दीपक विक र वडा नं २६ का २५ वर्षीय सागर विकलाई पक्राउ गरेको हो ।
काभ्रेको बनेपा नगरपालिका वडा नं ९ का वडाध्यक्ष नृपेश वादे रु. १५ लाख घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधवार राती नियन्त्रणमा लिएको छ ।
टीकापुर नगरपालिका नगरकार्यपालिकाको असोज १९ गते बसेको २३ औँ बैठकले ४१ आयोजनाका लागि सात करोड ५५ लाख, मङ्सिर २५ गते बसेको २४ औँ बैठकले १७ आयोजनाका लागि दुई करोड ७७ लाख र पुस २१ गतेको २५ औँ बैठकले २३ लाख रुपियाँ बजेट विनियोजन ग-यो ।
लोकतन्त्रलाई सुदृढ गर्न भन्दै नयाँ अभ्यास गर्न बागमती प्रदेशका जिल्लामा सार्वजनिक नागरिक प्रदर्शन स्थल निर्माण गरिने भएको छ । बागमती प्रदेश सरकारले प्रदेशका १३ वटै जिल्लामा एक एक वटा सार्वजनिक नागरिक प्रदर्शन स्थल निर्माण गर्ने गरी प्रव्रिmया अगाडि बढाएको हो ।
इजरायलले गाजा सहरमा गरेको हवाई आक्रमणमा बुधवार कम्तीमा २५ प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरायली बम विस्फोटमा परेको गाजा सहरको दराज नजिकैको भग्नावशेषबाट २५ जनाको शव निकालिएको प्रतिवेदनले जनाएको छ ।
जाजरकोटको जुनीचाँदेमा एक महिनादेखि औषधि अभाव भए पनि हालसम्म आपूर्ति हुन सकेको छैन । जुनीचाँदे गाउँपालिका ५ गर्खाकोटकी एक महिनाकी सुत्केरी मनीषा रावत भूकम्प पछि त्रिपालको बसाइँका कारण रुघाखोकी, टाउको दुख्ने र पखाला लाग्ने समस्या भएपछि स्थानीय गर्खाकोट स्थित प्राथमिक स्वास्थ्य केन्द्र गएर औषधि नपाउँदा निराश भएर घर फर्कनु बाध्य भएका छन् ।
थारू समुदायमा भलमनसा चयनको कार्य सुरु भएको छ । गाउँको नेतृत्व गर्नका लागि भलमनसा छान्ने चलन रहेको छ । माघ पर्वको अन्तिम दिन यो समुदायमा भलमनसा÷बडघर चयनको कार्य थाल्ने गरिन्छ । यस कार्यलाई खोज्नीबोज्नी÷भुराखेल पनि भन्ने गरिन्छ । भलमनसा चयनको कार्य माघ पर्वको अन्तिम दिन गर्नु पर्छ भन्ने बाध्यकारी नियम भने छैन । आआफ्नो गाउँको समयानुकूल भलमनसा चयन गरिन्छ ।
तेह्रथुमको लालीगुराँस नगरपालिका–९ काँडेमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
रामको पाउ स्पर्श भएको रामधुनी मन्दिरको विकासमा स्थानीय र केन्द्रीय सरकारले पहल गरिदिँदा मन्दिरको मुहार फेरिएको छ । मन्दिरको विकासका लागि सङ्घीय सरकार र रामधुनी नगरपालिकाले र
फागुन १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘अगस्त्य : च्याप्टर–१’ नायक नाजिर हुसेनको नयाँ अवतारसँगै नयाँ पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रमा नाजिरको पाँच फरक अवतार प्रस्तुत गरिएको छ । नाजिरले चलचित्रमा आफूलाई पाँच फरक अवतारमा प्रस्तुत गरेको लेखक तथा निर्देशक सौरभ चौधरीले जानकारी दिनुभयो ।