• ३१ वैशाख २०८१, सोमबार

१५ लाख घुससहित वडाध्यक्ष पक्राउ

blog

काठमाडौँ, माघ ४ गते । काभ्रेको बनेपा नगरपालिका वडा नं ९ का वडाध्यक्ष नृपेश वादे रु. १५ लाख घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधवार राति नियन्त्रणमा लिएको छ । 

अध्यक्ष वादेले घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिने क्रममा आयोगको टोलीले नियन्त्रणमा लिइएको जनाएको छ । अध्यक्ष वादेबाट आयोगको टोलीले जापनिज रकम १० हजार र अमेरिकी डलर एक सय रुपियाँसहित कार नियन्त्रणमा लिएको छ । 

घुस लिने क्रममा भक्तपुर, मध्यपुर थिमि नपा ३ गठ्ठाघरबाट बुधवार राति नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।