• १३ साउन २०८१, आइतबार

ताक्लाकोटमा एक नेपालीको मृत्यु

blog

मृतकको लाश सिमकोट विमानस्थलमा हिल्साबाट ल्याइएको हेलिकोप्टरबाट निकालिँदै । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, माघ ४ गते । चीनको ताक्लाकोटमा होटेल व्यवसाय गर्दै आएका एक जना नेपालीको मृत्यु भएको छ । अचानक प्रेसरले हानेपछि ताक्लाकोटकै होटेलमा उपचारका क्रममा उहाँको मृत्यु भएको हो । 

सीमा सुरक्षा प्रहरी हिल्साका (बिओपी) सशस्त्र प्रहरी निरीक्षक पप्पु यादवले सुदूरपश्चिम प्रदेशको डोटी जिल्ला जोरायाल गाउँपालिका-२ का ५२ वर्षीया बीरबहादुर थापाको चीनको ताक्लाकोटमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिनुभयो । उहाँले मृतक थापालाई अचानक सन्चो नभएपछि अस्पताल लगिएको र माघ ३ गते राति एक बजे अस्पतालले मृतक घोषणा गरेको बताउनुभयो । 

थापा पाँच महिनाअघि हिल्सा नाका हुँदै चीनमा होटेल व्यवसाय गर्न ताक्लाकोटतर्फ लागेका थिए । उहाँले मृतक थापाको लाशलाई बिहीबार बिहान नौ बजेर २५ मिनेटमा ताक्लाकोटबाट हिल्सा ल्याइपु र्‍य ाएको बताउनुभयो । 

हिल्साबाट सिम्रिक एयरको हेलिकोप्टरलाई दुई लाखमा रिजर्भ गरेर ९ः५५ मा सिमकोटका लागि उडेको उहाँले बताउनुभयो । लाशलाई बिहीबार सीता एयरमा तीन लाख पच्चीस हजारमा रिजर्भ गरेर नेपालगञ्ज लगिएको छ । नेपालगञ्जबाट लाशलाई जिल्लामा लगिने मृतकका साला जनककुमार भण्डारीले जानकारी दिनुभयो ।