बुटवलमा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० सुरु भएको छ । नगर खेलकुद विकास समितिको आयोजनामा बिहीबार सुरु भएको प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्नुभयो ।
निरङ्कुशता हाबी भएको भन्दै राजविराजका वडा सदस्यहरूको सङ्घर्ष समितिले बिहीबार धर्ना दिएका छन् । बिहीबार ४ गतेदेखि ७ दिनसम्म नगरपालिका कार्यालयको परिसरमा एक घण्टे धर्ना कार्यक्रम गरेको हो ।
बङ्गलादेशमा फेब्रुअरी २ देखि ८ तारिखसम्म आयोजना हुने महिला साफ यु–१९ फुटबल च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले माध्यमिक तहका केही सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाका लागि स्मार्ट स्कुल कार्यक्रम अघि बढाउने बताउनुभएको छ ।
त्रिभुवन विश्वविद्यालयका कुनै पनि शैक्षिक प्रमाणपत्र लिन परीक्षा नियन्त्रण कार्यालय (पनिका) पुग्नु नपर्ने भएको छ ।
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) र टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) सम्बन्धी कागजात बुझाउन सरकारलाई निर्देशन दिएको छ ।
१५ वर्षअघि निर्माण सुरु गरिएको झापाको कमल गाउँपालिका वडा नं. १ पाडाजुंगीस्थित आदिवासी रङ्गशाला निर्माणको कामलाई फेरी गति दिनका लागि प्रयास सुरु भएको छ ।
भारतको नयाँ वायुसेवा कम्पनी आकाश एयरले बिहीबार १५० वटा बोइङ ७३७ म्याक्स विमान माग गरेको जनाएको छ ।
नेपालगन्जमा पहिलो पटक सञ्चालन हुन लागेको ‘प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’को पुरस्कार घोषणा गरिएको छ ।
बाँकेको कोहलपुर नगरपालिकाले चिसोबाट बच्न १५ वटै वडाका ९५ स्थानमा दाउरा वितरण गरेर सामूहिक आगो ताप्ने व्यवस्था मिलाएको छ ।
विपन्न वर्गका लागि घर निर्माण गर्न तनहुँको म्याग्दे गाउँपालिकाले लाभग्राहीको नाम स्वीकृत गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा आर्थिकरुपमा विपन्न वर्गलाई नमुना आवास निर्माणका लागि गाउँपालिकाले १६ जना लाभग्राहीको नाम स्वीकृत गरेको हो ।
विभागीय टोली नेपाल एपिएफ क्लबलाई प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशको नमिठो धक्का लागेको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि बागलुङमा हातपातको भएको छ । नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ कार्यक्रमको लागि बागलुङ आउनुभएका प्रसाईँ माथि बागलुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतमले हातपात गरेका हुन् ।
झरनाको चिसो पानी... सुकेर जाँदैन, रोकेर रोकिँदैन-२, भारी खेप्ने खेतालाको यही हो जिन्दगानी... झरनाको चिसो पानी...
इजरायली आक्रमणमा परी दर्जनौँ व्यक्तिको मृत्यु भएको हमासशासित गाजाको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ ।