चित्लाङ–थानकोट सडकको स्तरोन्नतिप्रति चासो देखाउँदै मकवानपुरमा जनप्रतिनिधि र दलका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ध्यानाकर्षण गराएका छन् ।
कास्की प्रहरीले बुधबार पार्किङमा राखिएको जिप चोरी गरी अन्यत्र लैजाँदैगरेका एक युवा पक्राउ परेका छन् ।
राणाकालीन गर्भा दरबार जीर्ण बनेको छ । कैलालीको चुरे गाउँपालिका –४ खैरालामा रहेको सो दरबार संरक्षण नहुँदा जीर्ण बनेको हो ।
निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदाताको परिचयपत्र सम्बन्धमा निर्देशन जारी गरेको छ ।
चन्द्रागिरि नगरपालिकामा छुट्टै नगर अस्पताल बनाउन सम्झौता भएको छ महिनापछि मात्रै भवन निर्माणको शिलान्यास भएको छ ।
दोस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगितामा भारत र भुटानका क्लब पनि खेल्ने भएका छन् ।
नेपाल सरकार र एसियाली विकास बैङ्क (एडिबी) बिच १६ करोड अमेरिकी डलर (करिब २१ अर्ब बराबर) को सहुलियतपूर्ण ऋण र ६० लाख अमेरिकी डलर (करिब ७० करोड बराबर) को अनुदान सम्झौता भएको छ ।
ताप्लेजुङको उच्च भेगमा हिमपात भएको छ । उच्च हिमाली भेगमा मङ्गलबार रातिदेखि नै हिमपात हुन थालेको हो । स्थानीयका अनुसार गएरातिदेखि सुरु भएको हिमपात अहिले पनि जारी छ ।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले विश्वले सामना गरिरहेका साझा चुनौती र समस्याको विश्वव्यापी र क्षेत्रीय समाधान खोज्न सहयोग आवश्यक रहेकामा जोड दिनुभएको छ ।
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रदेशलाई अधिकार सम्पन्न बनाउन आवश्यक रहेको बताउनुभएको छ ।
गौशाला-२६ को व्यक्तिगत गोपनीयता भङ्ग गरेको आरोपमा प्रहरीको केन्द्रीय साइबर ब्युरोले एक जनालाई पक्राउ गरेको छ ।
भारतको राजधानी नयाँ दिल्लीमा लगातार चिसो र कुहिरोको कारण दृश्यतामा कमी आएकाले बुधबार बिहान हवाई तथा रेल सेवाहरू प्रभावित भएका छन् ।
नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदमा पर्वतकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
सरकारले ‘राजनीतिक दलसम्बन्धी ऐन–२०७३ लाई संशोधन गर्न बनेको विधेयक’ सङ्घीय संसदमा पेस गर्न स्वीकृति प्रदान गरेको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ललाई नियुक्त गरेको छ ।