धनकुटा जिल्ला कारागारका कैदीबन्दीहरुलाई नयाँ भवनमा सारिएको छ । कोशी प्रदेश र सङ्घीय सरकारको एक करोड ८५ लाखमा वि.सं २०७२ बाट क्रमागत रूपमा चालु आर्थिक वर्ष २०८०-०८१ मा निर्माण पुरा भएसँगै ३५ वर्षपछि नयाँ कारागार सारिएको हो ।
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारले खेलकुदको भौतिक पूर्वाधारहरू तीव्र गतिमा अघि बढाउन नसकेको बताउनुभएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का एक प्रमुख अधिकारीले युरोपमा श्वासप्रश्वाससम्बन्धी रोगका बढ्दो घटनालाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।
पशु बाँझोपनको समस्या समाधान गर्न कपिलवस्तुका पशु प्राविधिकले गोठमा पुगेर उपचार सुरु गरेका छन् ।
भिरबाट खसेर घाइते नभएको भए लोकगायक खड्ग गर्बुजा यतिबेला सेवानिवृत लाहुरेको पहिचानमा सीमित हुनुहुन्थ्यो ।
बाथरोगसम्बन्धी जनचेतना जगाउने उद्देश्यले नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजको संयुक्त आयोजनामा एक महिनाभर ‘बाथरोग जागरण अभियान’ सञ्चालन हुने भएको छ ।
काठमाडौँ उपत्यकामा स्वदेशी र विदेशी ब्राण्डका नक्कली मदिरा बनाउने गरी कालो बजारी हुने गरेको फेला परेको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–१०, घान्द्रुकमा वि.सं २००६ मा स्थापित मेश्रम बराह माध्यमिक विद्यालय स्थापनाको ७५औँ वर्ष पुगेको अवसरमा हीरक जयन्ती मनाउने तयारी गरिएको छ ।
बाँकेका हरेक थारु बस्तीमा धूमधामका साथ माघी मनाइएको छ । गरिब, मध्यम, धनी जस्तोसुकै वर्ग भए पनि तराईका थारुहरू माघी पर्वलाई भव्य रूपमा मनाउँछन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि (माघ ४ गते) युगान्डा गणतन्त्र प्रस्थान गर्दै हुनुहुन्छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–७, इच्छापुरस्थित जलाद नदीमा पुल निर्माणको कामलाई तीव्रता दिन माग गर्दै स्थानीयवासीले दबाब र्याली निकालेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलमा सास्ती दिइने गरेको गुनासो आएको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न निर्देशन दिनुभएको छ ।
नवलपुरका बस्तीमा जङ्गली जनावरले आक्रमण गर्न थालेपछि उनीहरूलाई जङ्गलमै रोक्ने विकल्प अघि सारिएको छ ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले लामो समयसम्मको द्वन्द्व आपसी समझदारीबाट अन्त्य भएको भन्दै अहिले उठिरहेको पहिचानको मुद्दा पनि समाधान हुने बताउनुभएको छ ।
जनजातिमध्ये मगर समुदाय बाहुल्यता रहेको यहाँ सांस्कृतिक विविधतामा एकता कायम राख्नका लागि नौमती बाजा हस्तान्तरण गरिएको हो ।