• २२ असार २०८१, शनिबार

पहिचानको विषय पनि समाधान हुन्छ : कांग्रेस नेता सिटौला

blog

टक्सार (भोजपुर),  माघ ३ गते ।  नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले लामो समयसम्मको द्वन्द्व आपसी समझदारीबाट अन्त्य भएको भन्दै अहिले उठिरहेको पहिचानको मुद्दा पनि समाधान हुने बताउनुभएको छ । 

यही माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा आज भोजपुरका जनप्रतिनिधिसँग कुरा गर्दै उहाँले राष्ट्रियसभाको निर्वाचनपछि यस विषयमा छलफल हुने बताउनुभयो ।

“यति ठुलो सङ्घर्ष र द्वन्द्व त समाधान भयो । पहिचानको विषयमा समाधान खोज्नका लागि आपसी समझदारी र छलफल आवश्यक छ”, सिटौलाले भन्नुभयो, “माघ ११ गतेको निर्वाचनपश्चात् राष्ट्रियसभाले पूर्णता पाउनेछ । पूर्णता पाएसँगै पहिचानको मुद्दामाथि छलफल सुरु भई समाधान निकाल्नेछौँ ।” उहाँले संविधान र जनताका पक्षमा काम गर्ने दलका नेतालाई राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न आग्रह गर्नुभयो । 

“सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा उभिएको गठबन्धनका दललाई मत दिनुस्”, नेता सिटौलाले भन्नुभयो । राष्ट्रका चुनौती सामना गर्न सबै दलबीच समझदारी आवश्यक रहेकामा उहाँले जोड दिनुभयो । रासस