मनहरी पुल नजिकैको खोला किनारमा पाँचौं मनहरी महोत्सवको आयोजना गर्न लागिएको आयोजक मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिले जनाएको हो ।
काठमाडौं महानगरपालिका–१६ वडामा रहेको उक्त विद्यालयले सामाजिक परीक्षण सुुनुवाइ कार्यक्रममा विद्यालयको आर्थिक वर्ष आर्थिक वर्ष २०७९/०८० को आर्थिक आयव्यय विवरण, शैक्षिक विवरण प्रस्तुत गरिएकाे थियो ।
बानेश्वर मीनभवनस्थित सुस्वास्थ्य हस्पिटलमा आउने नसा च्यापिएका बिरामीको उपचारमा ९० प्रतिशत सफलता प्राप्त भएको छ ।
भत्किएर दुर्घटनाको जोखिम बढेपछि युवाले श्रमदानमार्फत भोजपुरको पुरानो बसपार्क क्षेत्रको सडक मर्मत गरेका छन् । दैनिकजसो सयौँका सङ्ख्यामा सवारीसाधन आवतजावत हुने सडकमा जोखिम बढेपछि स्थानीयको सहभागितामा सडक मर्मत गरिएको हो ।
लामो समयपछि हल्का वर्षा भएसँगै तेह्रथुम, सङ्खुवासभा, ताप्लेजुङको सङ्गमस्थल तीनजुरे, मिल्के, जलजले (टिएमजे) क्षेत्रमा हिउँ परेको छ । गुराँसको राजधानी भनेर परिचित सो पर्यटकीय क्षेत्रमा गत भदौदेखि वर्षा नभएको बताइएको छ । सो क्षेत्रमा मङ्गलबार साँझ वर्षा भएसँगै हिउँ परेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी समायोजनको प्रक्रिया छिटोभन्दा छिटो टुङ्ग्याउन निर्देशन दिनुभएको छ। बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले उक्त निर्देशन दिनुभएको हो।
थिएटर मल कीर्तिपुर रङ्गमञ्चमा पपेट नाटक ‘चिरुचिरु मिचिरु’ मञ्चन भएको छ । नाटकलाई पपेट थिएटरमा अभ्यस्त जापानकी रङ्गकर्मी इरिना सजीले लेखन, परिकल्पना तथा निर्देशन गर्नुभएको छ ।
धनुषास्थित भारतीय सीमाक्षेत्रका पुलको विवाद समाधानका लागि छलफल भएको छ । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतको बिहार मुज्जफ्रपुरका लोकसभा सदस्य एवं भारतीय जनता पार्टीका नेता अजय निषादबीच भारतको मुज्जफ्रपुरमा मङ्गलबार छलफल भएको हो ।
गीतकार प्रकाश पण्डितको ‘मुटुभित्र नेपाल’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । देशभक्ति भावनाले ओतप्रोत मुटुभित्र नेपाल गीतले देशको बयान गरेको छ । गीतमा प्रकाश पण्डितको शब्द, सङ्गीत गायक थानेश्वर गौतमको रहेको छ ।
जर्मनीको स्टुटगार्टमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जर्मनी च्याप्टरद्वारा आयोजित अनेसास साहित्यिक समारोह सम्पन्न भएको छ । करिब एक सय जनाको सहभागिता रहेको सो समारोहमा दुई दर्जनभन्दा बढी स्रष्टा, सर्जकले आआफ्नो कविता, गीत तथा गजल प्रस्तुत गरेका थिए भने साहित्यिक विमर्शहरू पनि समावेश गरिएका थिए ।
सरकारले सोमबारदेखि पुनः काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानीको वितरण गरेको छ । उद्घाटनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समान रूपमा निरन्तर उपभोक्ताको धारामा पानी वितरण गर्न समेत निर्देशन दिएको छ ।
मुलतः हामीकहाँ संसदीय अभ्यासको सस्थागत विकास भइसकेको छैन । नयाँ विषय सदनमा प्रवेश ग¥यो भने प्रमुख प्रतिपक्षी दलले सदन चल्न नदिने परिपाटी पछिल्लो समय विकसित हुन थालेको छ ।
चलचित्र ‘महाजात्रा’ को पहिलो भिडियो सामग्रीका रूपमा गीत सार्वजनिक गरिएको छ । ‘आहा ! क्या राम्रो’ बोल रहेको गीत चलचित्र प्रचारका लागि तयार गरिएको हो । केही समयअगाडि खुलामञ्चमा सेट लगाएर छायाङ्कन गरिएको गीतमा एकनारायण भण्डारीको शब्द, आशिष अविरलको सङ्गीत र आशिषसँगै अस्मिता अधिकारीको स्वर रहेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ स्थानीय तह र ७७ जिल्ला समन्वय समितिलाई आफ्नो लेटरहेडसहितका कागजातमा नेपाल संवत् उल्लेख गर्न आग्रह गरेको छ ।
यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएको जानकारी दिनुभयो ।