२०७२ वैशाख १२ गते बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पले भत्काएका धेरै भवन र सम्पदाको पुनर्निर्माण पूरा भएका छन् । आठ वर्ष बित्नै लाग्दा पनि केही भवन र महत्त्वपूर्ण सम्पदाको पुनर्निर्माण भने अझै हुन सकेको छैन ।
पश्चिमी वायुको प्रभावका कारण अहिले देशैभरको मौसममा सामान्यदेखि आंशिक बदली भएको छ । जसका कारण देशका पहाडी भूभागका एक–दुई स्थान सहित उपत्यकामा फाट्टफुट्ट पानी परेको छ ।
प्रहरीले वैदेशिक रोजगारीमा पठाउने भनी रकम ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
गोकर्णश्वर नगरपालिकाले प्रेस्किप्सनबिना साइक्याटिक औषधि बिक्रिवितरण गरेको पाइएमा फार्मेसी सिल गर्ने चेतावनी दिएको छ ।
महोत्तरीको बर्दीबासमा दोश्रो मेयर खुला पुरुष नकआउट भालिबल प्रतियोगिता सुरु भएको छ । चल्की विजलपुरामा मङ्गलबार भएको उद्घाटन खेलमा किसाननगरलाई २–१ को सेटमा पराजित गर्दै घरेलु टोली विजलपुराले जित निकालेको छ ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शिक्षक, चिकित्सकहरूले अन्तर्वार्ता सुचारुको माग गर्दै आकस्मिक सेवा बाहेक अन्य सेवाहरू बन्द गरेसँगै बिरामीहरू अलपत्र परेका छन् ।
बागमती प्रदेश र विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित निकालेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले जनसङ्ख्याको ठुलो हिस्सा निर्भर रहेको कृषि क्षेत्रमा उत्पादन भएका अन्नबाली तथा अर्ग्यानिक खाद्य वस्तुहरू सिधै तारे होटलहरूमा आपूर्ति गरेर ‘फार्म टु प्लेट’को अवधारणा अघि बढाउन आग्रह गर्नुभएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विगतमा भएका प्राकृतिक विपत्तिबाट शिक्षा लिन नसक्दा अहिले मानवीय र भौतिक क्षति व्यहोर्नु परेको बताउनुभयो ।
अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा वर्ष उत्कृष्ट पुरुष खेलाडी अवार्ड जित्नुभएको छ । सोमबार राति भएको कार्यक्रममा मेस्सीले केलियन एमबाप्पे र अर्लिङ हालान्डलाई पछि पार्दै अवार्ड जित्नुभएको हो ।
लुम्बिनी प्रादेशिक अस्पतालमा 'फार्मेसी वाटिका' बन्ने भएको छ । नेपाल फार्मेसी सङ्घ रुपन्देहीले वाटिका बनाउन लागेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले केन्द्रीय अस्पतलाहरुका लागि तत्काल १६ हजार दरबन्दी तत्काल आवश्यक रहेको बताउनुभएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले नेपाल र भारतबिचको सम्बन्ध अतुलनीय रहेको बताउनुभएको छ ।
ताप्लेजुङमा यस वर्षकै उच्च मूल्यमा अलैँचीको कारोबार भएको छ । सदरमुकाम फुङ्लिङ बजारमा अलैँची प्रतिमन (४० किलोग्राम) ७७ हजार रुपियाँमा कारोबार भएको छ । मङ्गलबार कारोबार भएको अलैँचीको मूल्य यस वर्षकै उच्च हो ।
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सातौँ संस्करण चैतको १ देखि ५ गतेसम्म हुने भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा निफको सातौँ संस्करण हुन लागेको हो ।