पोखरा महानगरपालिका–७ र १५ को बिचमा पर्ने सेती खोचमा विमान दुर्घटना हुँदा ७२ जनाको एकै दिन निधन भएको सोमबार एक वर्ष भएको छ । दुर्घटनास्थलमा पोखरा महानगरले स्मृति स्तम्भ
त्रिशूली नदीमा भारतीय नम्बरप्लेटको जीप त्रिशूली नदीमा खसेको छ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जीप त्रिशूलीमा खसेको हो ।
शरीरमा खोपेर बनाउने ट्याटु कलाका बारेमा बहस भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभागको आयोजनामा ‘ट्याटु आर्टसम्बन्धी ललितकला संवाद’ भएको हो ।
भारतसँग सीमा जोडिएको भागेश्वर गाउँपालिकाले सदरमुकाम तोक्न सकेको छैन । गाउँपालिकाको मुकाम कहाँ राख्ने भन्ने विषयमा टुङ्गो लगाउन नसक्दा जनप्रतिनिधिको आलोचना बढ्दै गएको छ ।
कोशी प्रदेश र नेपाल पुलिस क्लबबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज बिहान ९:१५ बजे सुरु हुने छ । अर्को खेल काठमाडौँको मुलपानी क्रिकेट मैदानमा बागमती प्रदेश र मधेस प्रदेशबीच बिहान ९:१५ बजे सुरु हुने छ । तेस्रो खेल रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच आजै बिहान ९:०० बजे सुरु हुने छ ।
केही वर्षअघिसम्म घरमै सुत्केरी हुने गरेका बागलुङका गर्भवती अहिले समयअगावै स्वास्थ्य संस्था पुग्ने गरेका छन् । जिल्लाका स्वास्थ्य चौकीमा ‘प्रसूति प्रतिक्षा घर’को व्यवस्था गरिएपछि यहाँका सुत्केरी र गर्भवतीलाई यसबाट राहत मिलेको छ ।
म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा निःशुल्क भोजनसहितको तीर्थयात्री निवास सञ्चालन भएको छ । मुक्तिनाथ, गलेश्वर, बागलुङ कालिका, पञ्चकोट, गुप्तेश्वर गुफालगायत धार्मिकस्थल दर्शनका लागि आउने भक्तजनलाई लक्ष्य गरी रत्नेचौरको श्री लक्ष्मीहरि मन्दिरमा धर्मशाला सञ्चालन गरिएको हो ।
नारायणगढ मुग्लिङ सडकको ३ नम्बर पुलमा मङ्गलवार बिहानै बलेरो त्रिशूली नदीमा खसेको छ ।
आँधीखोला गाउँपालिकामा दुई सडकको दुई किमी सात सय मिटर कालोपत्रे गरिएको छ । पालिकाले आफ्नै बजेटमा सडक कालोपत्रे गरेको हो । यहाँको वडा नं. २ को जरेखोला–भण्डार थुम्का–मडुवा सडक दुई किमी एक सय मिटर र वडा नं. ५ को गावटे नाम्चेडाँडा छहरे सडक छ सय मिटर कालोपत्रे गरेको हो ।
दयाहाङ राई, अर्पण थापा र मिरुना मगरलाई हालसम्म देखिएको भन्दा फरक अवतारमा प्रस्तुत गर्दै चलचित्र ‘रङ्गेली’ को परिचयात्मक टिजर सार्वजनिक गरिएको छ । चलचित्रको सार तथा पात्र परिचय बुझाउने टिजरमा अभिनेताद्वय दयाहाङ र अर्पणलाई दुस्मनका रूपमा चित्रण गरिएको छ ।
करोडौँ वर्षअघि वर्तमान भूमध्य सागरदेखि पूर्वतर्फ टेथिस सागर फैलिएको तथ्यमा भूगोलविद् तथा भूगर्भशास्त्री सहमत छन् । उनीहरूका अनुसार यसको उत्तरमा साइबेरियन सिल्ड र दक्षिणमा इन्डो–अस्ट्रेलियन प्लेट थियो । करिब १४० करोड वर्षपहिलेदेखि यी महाद्वीपमा बाक्लो वर्षा भयो । परिणामतः नदीनालाबाट कटान भई टेथिस महासागर पुरिन थाल्यो । त्यसको तत्कालीन र दीर्घकालीन प्रभावबाट करिब ३० करोड वर्षपहिला पृथ्वीभित्र भौगर्भिक उथलपुथल भयो । त्यस कारण पृथ्वीको भूगर्भभित्र टिबेटियन (युरेसियन) प्लेट र इन्डियन प्लेट निर्माण भए । भौगर्भिक हलचलका कारण यी प्लेट परस्परमा नजिकिएर ठोकिन थाले । एवंरितले करिब साढे छ करोड वर्षपहिले ती प्लेटको घर्षणबाट तत्कालीन समुद्रमुनिको जमिन माथि उठ्दै गएको प्रायः अधिकांश वैज्ञानिकको निष्कर्ष छ । त्यसैको परिणाम तत्कालीन टेथिस सागरको स्थानमा हाल देखिएका विशाल हिमाल तथा पहाड निर्माण हुन पुगे ।पङ्क्तिकारद्वारा लिखित ‘एकीकरणका बडाकाजी भाग–२ (२०७८)’ मा भूगर्भविद्लाई उद्धृत गर्दै यसरी प्रकाश पारिएको छ ः कुनै समय इन्डियन प्लेट र तिब्बती प्लेटको बिचमा रहेको विशाल समुद्र व्रmेटासियस समयसम्म रह्यो । इन्डियन प्लेट र तिब्बती प्लेट आपसमा जोडिएपछि त्योबिचको समुद्र हरायो । कडा रूपमा बसेको तिब्बती प्लेटमुनि कमजोर इन्डियन प्लेट बर्सेनि घुस्दै छ । परिणामतः सोबिचकोे भू–भाग माथि उठ्न थाल्यो र हालको हिमालय पर्वत शृङ्खलाको उत्पत्ति भयो । हिमालय शृङ्खलाको सिमानामा पर्ने यस क्षेत्रमा भइरहने भौगर्भिक प्रव्रिmयाको यी प्रभावित भू–भागलाई वैज्ञानिक भाषामा सबडक्सन जोन पनि भनिन्छ । यो जोनमा हाल पनि इन्डियन प्लेट बर्सेनि करिब तीन, चार सेमीका दरले र टिबेटियन प्लेट बर्सेनि करिब एक सेमीका दरले परस्परमा घस्रँदै ठोक्किँदै गइरहेको वैज्ञानिकको दाबी छ । त्यसै गरी वैज्ञानिकहरूकै एक अर्को दाबी अनुसार पृथ्वीको सतहमुनि रहेको भारतीय प्लेट प्रतिवर्ष दुई सेन्टिमिटरको दरले उत्तरमा युरेसियन (टिबेटियन) प्लेटमुनि घुसिरहेकाले हिमालय क्षेत्रमा भूकम्पीय दरार पैदा भइरहेको छ । त्यसरी घुस्नेव्रmममा शक्ति सञ्चय हुन्छ, त्योबाहिर आउने प्रव्रिmया भूकम्प हो भनी वैज्ञानिकले परिभाषा गरेको पाइन्छ । तुलसीलाल अमात्यद्वारा लिखित ‘बुद्ध, बुद्धत्व र बुद्ध–दर्शन (२०७८)’ मा के स्पष्ट उल्लेख छ भने “चीन, भारत र नेपाल अडिरहेको पत्रहरूमध्ये भारत नेपालको पत्र उत्तरतिर सर्किरहँदा चीन अडिरहेको पत्रसँग थिचिएर हिमालय पहाड माथि उठेको हो र आज पनि यो झन् झन् उठ्दै छ ।” यो तथ्यलाई चिनियाँ वैज्ञानिकले अझै विस्तृत रूपमा यसरी केलाएका छन् ः सिसापाङ्मा (गोसाइँस्थान हिमशृङ्खला) र सगरमाथाको टाकुरा व्रmमशः वार्षिक ०.६० र ०.८४ मिलिमिटरका दरले बढिरहेको अनुमान छ । यसरी हिमालयको उत्पत्ति र अग्लो हुने व्रmम तीनदेखि चार करोड वर्षपहिले सुरु भएको मानिन्छ । यसरी समष्टिगत रूपमा हिमालयको उचाइ प्रतिवर्ष बढ्दै गएको तथ्यमा वैज्ञानिक एकमत छन् । अतः यो प्रव्रिmयालाई भूगर्भविद्ले भौगर्भिक शब्दमा ‘हिमालयन अप–हिभल सिद्धान्त’ भनेका छन् । यही सिद्धान्त अनुसार विश्वको सर्वोच्च हिमाल सगरमाथा, उच्च हिमाल र पहाड निर्माण भएको तथ्य वैज्ञानिकले खुलासा गर्दै आएका छन् । यसरी हराएको टेथिस सागरमाथि चुलिएको पृथ्वीको सर्वोेच्च शिखर सगरमाथाकोे गाथा पनि विशिष्ट छ ।के पश्चिम नेपालमा केन्द्रबिन्दु बनाएर ठुलो भूकम्प जान सक्छ ?नेचर जियोसाइन्स तथा साइन्स जर्नलमा प्रकाशित एक अनुसन्धान प्रतिवेदन अनुसार भविष्यमा पश्चिम नेपालमा विनाशकारी भूकम्प जान सक्ने अनुमान गरेको छ । विसं २०७२ वैशाखमा गएको भूकम्पका कारण जमिनमुनि उत्सर्जन भएको ऊर्जा पश्चिम नेपालतर्फ धकेलिएको छ । त्यस कारण पश्चिम नेपालमा भूकम्प जाने खतरा बढेको वैज्ञानिकले औँल्याएका छन् । भूकम्प यही मिति र समयमा आउँछ भन्ने यकिन गर्ने कुनै वैज्ञानिक आधार छैन । भूकम्प आउने दिनको भविष्यवाणी गर्ने कुनै ठोस वैज्ञानिक आविष्कार हालसम्म भएको पाइँदैन । विगतमा भूकम्प गएका इतिहासको आधार, भौगर्भिक बनोट, वस्तुस्थिति, भौगर्भिक शक्ति सञ्चयको अवस्था आदिको आधारमा नै वैज्ञानिकले भूकम्प जान सक्ने अनुमान लगाएको पाइन्छ । यद्यपि भूगर्भभित्र रहेका भारतीय टिक्टेनिक प्लेट र टिबेटियन टिक्टेनिक प्लेटमाथिको भूसतह अर्थात् हिमालय र पहाडी क्षेत्रलाई केन्द्रबिन्दु बनाई समय समयमा भूकम्प जान सक्ने अनुमान भने सहजै लगाउन सकिन्छ । फेरि पनि यो अनुमानले यस क्षेत्रमा कुन मिति र समयमा भूकम्प जान्छ भन्ने यकिन गर्न सकिँदैन । भूकम्प कहिले जान्छ भन्ने यकिन गर्न नसकिए पनि कुनै पनि समयमा भूकम्प जान सक्छ भन्ने निष्कर्ष विगतमा यस क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएका भूकम्पको इतिहासको आधारमा अनुमान लगाउन सकिन्छ । पश्चिम नेपालमा भूकम्प जान सक्ने सम्भावित यस्तै एउटा आधारलाई मान्ने हो भने विगतमा पाकिस्तानमा गएको भूकम्प पनि एउटा उदाहरण हो । पाकिस्तानको आजाद कश्मीर राज्यमा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । यो भूकम्प पनि हिमालय क्षेत्रमा नै गएको थियो । पश्चिम नेपालमा सन् १५०५ यता ठुलो भूकम्प गएको छैन । त्यस कारण सोे क्षेत्रमा अब ८.५ म्याग्नेच्युडभन्दा ठुलो भूकम्प जान सक्ने चेतावनी वैज्ञानिकले दिएका छन् । गोरखा भूकम्पबाट पश्चिम सरेको ऊर्जा त्यस क्षेत्रमा पाँच सय वर्षसम्म सञ्चित ऊर्जामा मिसिएको छ । त्यस कारण पश्चिम नेपालमा निकै बढी ऊर्जा जम्मा हुन पुगेको छ । फलस्वरूप उक्त ऊर्जा बाहिर निस्किनका लागि ठुलो भूकम्प जान सक्ने अनुसन्धानकर्ताको दाबी छ । भूकम्पविद् एवं त्रिभुवन विश्वविद्यालयका प्राडा दीपक चम्लागाईंका अनुसार पश्चिम नेपालमा विनाशकारी भूकम्प नगएको करिब आठ सय वर्ष भयो । मुख्य दरारमा प्रत्येक वर्ष भारतीय प्लेट दुई सेन्टिमिटरका दरले भित्र छिर्छ । जसले गर्दा भारतीय प्लेट एक सय वर्षमा करिब दुई मिटर भित्र पस्छ । यसै गरी आठ सय वर्षमा अड्केर बसेको १४ मिटर जुनसुकै बेला सर्न सक्ने भएकाले पश्चिम नेपालमा जुनसुकै समयमा भूकम्प जान सक्ने सम्भावना रहेको उहाँको भनाइ छ । यसरी भूकम्प जुनसुकै स्थान र समयमा आउन सक्ने भएकाले मानिसको वशमा छैन । अब के गर्ने ?प्रकृतिले आफ्नो व्यवस्थापन आफैँ गर्छिन् । मानव नै प्र्रकृतिको अतुलनीय बुद्धिमानी, विवेकशील प्राणी हो । यस अर्थमा प्राणीको अभिभावकीय नेतृत्वकर्ताको श्रेय पनि मानवलाई नै जान्छ । यसमा वैज्ञानिक मानवको अझै बढी भूमिका छ । किनकि भूकम्पको कारणले जैविक तथा भौतिक संरचना नष्ट हुनुमा मानवीय पक्ष नै बढी जिम्मेवार देखिन्छ । मानिसको दिमागले यस्ता खाले भूकम्पीय समस्याकोे पूर्ण समाधान गर्न सक्दैन भने थप समस्या पनि निम्तिन दिनु हुँदैन भन्नेमा सजग रहनु श्रेयष्कर हुन्छ । भूकम्पबाट हुने सम्भावित प्राविधिक क्षति न्यूनीकरणका लागि विश्वभरका सम्बन्धित वैज्ञानिक, विद्वान् गहिरोे अध्ययन, अनुसन्धान, अन्वेषण कार्यमा जुटिरहेका छन् । विगतमा हिमालय क्षेत्रमा गएका भूकम्पकोे इतिहासबाट यस क्षेत्रका सरकार र समाजले गहिरो पाठ सिक्न जरुरी छ । अघिल्ला भूकम्पकोे अन्तरालको तथ्याङ्कप्रति संवेदनशील हुन आवश्यक छ । भूकम्पसँग सम्बन्धित राज्य संयन्त्र, सरकारी तथा कूटनीतिक संयन्त्र, प्राविधिक जनशक्ति, प्राविधिक स्रोत साधन, ज्योतिषीय संयन्त्रबिचको सञ्चार, समन्वय, सम्पर्क घनीभूत हुन जरुरी छ । विभिन्न शैक्षिक तहका पाठ्यव्रmम तथा पाठ्यपुस्तकमा भूकम्पसम्बन्धी विषय समावेश गराउनु राज्यको दायित्व हो । राज्यको सुरक्षा संयन्त्र, स्वास्थ्य तथा खाद्य क्षेत्र, स्वयंसेवक, निजी तथा गैरसरकारी क्षेत्रहरूबिच अन्योन्यश्रित सम्बन्ध र तालमेलको आवश्यकता छ । भूकम्प प्रतिरोधसम्बन्धी विषयमा राज्यले लिने नीतिगत निर्णय पनि उत्तिकै जिम्मेवार छ । भू–इन्जिनियरबाट घरको बनोटको जाँच गराउने कार्य पनि उत्तिकै उपलब्धिमूलक मानिन्छ ।
मानवले विभिन्न प्राकृतिक जोखिमको सामना गर्नुपर्ने हुन्छ । शासकीय व्यवस्था प्रभावकारी भएमा जोखिम छिटो सामान्यकृत हुन सक्छन् । विपत्को जोखिममा मानवीय संवेदना बढ्दो हुन्छ भने त्यसको व्यवस्थापन व्यक्तिले गर्न कठिन हुने हुँदा राज्यले विपत्को व्यवस्थापनमा सव्रिmयताका लागि सधैँ तम्तयार रहनु पर्छ । विपत्का विभिन्न प्रकार र चरण हुन्छन् । कुनै विपत्को आउने समयको पूर्वअनुमान गर्न सकिने हुँदा समयमै मानिसलाई सचेत र सुरक्षित गर्न सकिन्छ । केही विपत् जोखिमको अप्रत्यासित सामना गर्नुपर्ने हुन्छ । विपत्मध्ये भूकम्पको विपत् अप्रत्यासित आउने हुँदा नागरिकले सदा सतर्क हुने व्रिmयाकलापमा ध्यान दिन आवश्यक छ । विसं १९९० साल माघ २ गतेको विनाशकारी भूकम्पको दिनको संस्मरणमा २६ सौँ भूकम्प सुरक्षा दिवस मनाउन लागिएको छ । दिवसको प्रभावकारिताका लागि भूकम्प दिवस मार्गदर्शन–२०८० ले मूल समारोह समिति र अन्य उपसमितिको व्यवस्था भएबमोजिम नागरिक जागरणका लागि विभिन्न कार्यव्रmम तय गरिएका छन् । भूकम्पको नागरिक सचेतनाका लागि सव्रिmय संस्था भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाललाई पनि जिम्मेवारी दिइएको छ । सङ्घीय, प्रदेश एवं स्थानीय सरकारदेखि विद्यालयसम्म नागरिक सचेतनाका कार्यव्रmम तय भएका छन् । हालै जाजरकोट, बझाङ र डोटी केन्द्रबिन्दु भई गएका भूकम्पको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण र व्यवस्थापन प्राधिकरणले अनुगमन प्रतिवेदन पेस गर्ने छ ।भूकम्पीय जोखिम न्यूनीकरण तथा सुरक्षित संरचना निर्माणसम्बन्धी सचेतना कार्यव्रmमका साथै पूर्वाभ्यास कार्यव्रmम सञ्चालन गर्ने र सुरक्षा निकायले समेत नागरिक उद्धारका तयारी पूर्वाभ्यासका कार्यव्रmम गर्ने छन् । भूकम्प प्रतिकार्यका लागि सुरक्षा प्रदर्शनी गर्ने र सङ्घ तथा प्रदेश सरकारले भूकम्पको जोखिम र व्यवस्थापनका लागि सरोकार पक्षसमेतको सहभागितामा गोष्ठी गर्ने कार्यव्रmम रहेका छन् । ‘स्थानीय स्रोत र प्रविधिको समेत प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऊँ’ भन्ने नारा तय गरी भूकम्पको प्रकोपबाट जोगिने उपायको सन्देश दिन खोजिएको छ । नेपाल भूकम्पीय जोखिममा एघारौँ स्थानमा रहेको छ । भूगोल र भौतिक पूर्वाधारका संरचना एवं नागरिक सचेतनाका विषयमा हामी कमजोर र कठिन अवस्थामा भएकाले विपत्को सचेतनाका लागि दिवस महìवपूर्ण छ । चौधौँ शताब्दीमा उपत्यकाका राजा अभय मल्लको भूकम्पमा परी मृत्यु भएको इतिहासपछि नेपालमा विसं १९९०, २०४५ र २०७२ सालमा विनाशकारी भूकम्प गई धेरै जनधनको क्षति भएको थियो । भूकम्प र पराकम्पका अन्य घटना बेलाबखत भइरहे पनि कम क्षति भएको थियो । हालै बझाङ र जाजरकोटमा केन्द्रबिन्दु भई गएका भूकम्पको असरको सामना गर्न परिरहेको छ । हालै जापानमा गएको ७.५ रेक्टरको भूकम्पको क्षति कम नै भएको तर नेपालमा ६.४ रेक्टरको भूकम्पले क्षति भई अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था देखियो । हाम्रो शासकीय व्यवस्था, विकासनिर्माणको गुणस्तर, विपत्का नीति तथा संरचनागत व्रिmयाशीलता र नागरिक सचेतनाको अवस्थाले विपत्को पूर्वतयारीदेखि व्यवस्थापनसम्म जोखिम न्यूनीकरणको अवस्था देखाउँछ । भूकम्प दिवसले नागरिकमा भूकम्पे जाखिमका घटनाको कठिन अवस्थाको सामना गर्न नागरिकलाई होसियारी अपनाउन जागरण ल्याउने छ । वर्षमा एक दिन भूकम्पबाट हुन सक्ने पीडाको स्मरण गरी सधैँ सचेत रहन सम्झाउन दिवस महìवपूर्ण हुने छ । भूकम्पको प्राकृतिक जोखिमबाट हुने होसियारीका लागि निम्न कार्यमा जोड दिन आवश्यक छ:पहिलो काम नागरिक जागरण नै हो । नागरिकले भूकम्प जस्तो अप्रत्यासित आउन सक्ने प्रकोपका बारेमा सधैँ सतर्क र सचेत हुनु पर्छ । आफ्नो जीवन रक्षाका लागि जोखिम व्यवस्थापन कसरी गर्ने र त्यस्तो समयमा धनजनको क्षति हुन नदिन निजी र सार्वजनिक संरचना बनाउँदा पहिलेभन्दा बलियो र राम्रो बनाउने जस्ता विषयमा नागरिक आफैँ र जिम्मेवार निकायले समेत सहजीकरण गर्नुपर्ने हुन्छ । दोस्रो, विपत् जोखिमका लागि नीतिगत सोच र संरचनाका व्रिmयाकलापको प्रभावकारिता हेर्नु पर्छ ।सङ्घीय तहको शासकीय व्यवस्थामा तीनै तहका सरकारको विपत्विरुद्ध आआफ्ना जिम्मेवारी छन् । नागरिकसँग नजिक भएकाले स्थानीय सरकारको भूमिका महìवपूर्ण मानिन्छ । भूकम्पको जोखिम आकलन, उद्धारको रणनीति, पीडितलाई राहत, पुनस्र्थापनका योजनासहित बलियो र राम्रो संरचनाका लागि नीतिले सम्बोधन र संरचनागत सव्रिmयताको भूमिका महìवपूर्ण हुन्छ । तेस्रो, समन्वयकारी भूमिकाका लागि राज्यका निकाय, गैरसरकारी संस्था, सुरक्षा निकाय र अन्तर्राष्ट्रिय सम्बन्धको राम्रो संयोजन र समन्वयको आवश्यकता देखिन्छ । पूर्वआकलन गर्न नसकिने भूकम्पको जोखिम अप्रत्यासित हुने हुँदा सरोकार निकायको तम्तयारी र प्रतिकार्यका लागि समन्वयको भूमिका महìवपूर्ण मानिन्छ । चौथो, राहत र उद्धारका लागि सिप र स्रोतसाधनको व्यवस्था गरी विपत् न्यूनीकरण गर्न तयारी गर्ने विषयमा ध्यान दिन आवश्यक छ । प्रकोप भएपछि आत्तिने र उद्धार र राहतका लागि स्रोत तथा साधन जुटाउन आह्वान गर्नुपर्ने अवस्था देखिँदै आएको छ । यस्तो अवस्थाले विपत् जोखिमको व्यवस्थापन गर्न धेरै समय लाग्ने गरेको छ । भूकम्प जस्तो प्रकोपमा राज्यले पूर्वतयारी गरी तम्तयारमा रहनुपर्ने र उद्धार राहतका लागि सरल र सहज व्यवस्था बनाउनुपर्ने देखिन्छ । राहत र उद्धारका लागि स्थानीय घरधुरीको वास्तविक तथ्याङ्क स्थानीय तहले राख्नुपर्ने हुन्छ । पाँचौँ, भूकम्पको प्रकोपको क्षति कम गर्न निजी र सार्वजनिक संरचना बलियो र भरपर्दो बनाउन प्रविधिको उच्चतम उपयोग गर्न जोड दिन आवश्यक छ । यीलगायतका विषयमा नागरिकलाई सचेत र सजग बनाउन भूकम्प दिवसले थप जागरणका लागि मद्दत गर्ने छ । नेपाल भूकम्पको जोखिममा रहेकाले हामीले प्रतिकार्यका लागि जागरणसहित जोखिम न्यून गर्न जोड दिनु पर्छ । जोखिम न्यूनीकरणका लागि नागरिक सचेत र सतर्क हुनु पर्छ । हामीले उपयोग गर्ने संरचना बलियो र जोखिमरहित हुन आवश्यक छ । संरचना निर्माण गर्दा स्थानीय स्रोत, साधन र प्रविधिको भरपर्दो उपयोग गर्ने र प्राविधिक सहयोगमा निर्माणकार्य बनाउनु पर्छ । भूकम्प जस्तो जोखिम न्यूनीकरण गर्न व्यापक प्रचारप्रसार गरी नागरिक आफैँ सक्षम हुनु पर्छ । भूकम्पको जोखिम न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय सफल कार्यको अनुकरण गरी विश्व मञ्चमा भएका सामूहिक प्रयत्नलाई आत्मसात् गर्न आवश्यक छ । भूकम्प दिवसले आमनागरिकलाई जोखिम न्यूनीकरण गर्न सधैँ सचेत र सतर्क हुन प्रेरित गर्ने अपेक्षा रहेको छ ।
विसं १९९० माघ २ गते गएको महाभूकम्पको स्मृति दिवसका रूपमा विसं २०५४ सालदेखि गृह मन्त्रालयको अगुवाइमा प्रत्येक वर्ष माघ २ गते भूकम्प दिवस मनाउने गरिएको छ । विभिन्न गैरसरकारी संस्थाले पनि यो कार्यव्रmमलाई महìव दिएर कार्यव्रmम आयोजना गर्न सरकारलाई तदरुकताका साथ सहयोग गर्ने गरेका छन् । काठमाडौँ उपत्यकामा आयोजित उक्त कार्यव्रmममा स्कुल पढ्ने भाइबहिनीदेखि सरकार प्रमुख, नीति निर्माणमा संलग्न उच्चपदस्थ अधिकारी र सर्वसाधारणको पनि संलग्नता रहने गरेको छ । देशका अरू भागमा पनि यो कार्यव्रmम आयोजना त हुन्छ तर सञ्चार माध्यममा भने काठमाडौँकै बढी चर्चा हुने गरेको छ ।
रामेछापको मन्थली नगरपालिका र जिल्लामा सञ्चालित प्रादेशिक तथा सङ्घीय कार्यालयबिच आयोजनाहरूमा दोहोरोपना हुन नदिने गरी विभिन्न निर्णय गरिएको छ । नगरपालिकाले जिल्लामा सञ्चालनमा रहेका प्रादेशिक तथा सङ्घीय कार्यालयसँग विकास आयोजनाको सञ्चालन र निर्माणको विषयमा जानकारी पनि लिएको छ ।
सुशासन शब्दको पहिलो प्रयोग सन् १९८९ मा विश्व बैङ्कले सबसहारान अफ्रिकी मुलुकको विकासको अनुगमनका व्रmममा गरेको पाइन्छ । पछि यो अवधारणा व्रmमशः विश्वभर फैलिएको हो । नेपालमा पनि सुशासनको अवधारणा राजा राम शाहको पालामा ‘न्याय नपाए गोर्खा जानू’ भन्ने उद्गारबाट अभ्यास भएको पाइन्छ ।