माग बढेसँगै स्याङ्जामा कोदो उत्पादनमा सामान्य वृद्धि भएको छ । यस वर्ष १४ हजार सात सय ६६ हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएकोमा १६ हजार २४२ मेट्रिकटन कोदो उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
विभागीय टोली नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।
प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी पुनः निर्माणको काममा अघि बढेको बताउनुभएको छ ।
म्याग्दी जिल्लामा क्रिकेट खेल्नका लागि पर्याप्त पूर्वाधार छैन । मैदानको अभावमा स्थानीय क्रिकेट प्रेमीहरू अहिले आफ्नै प्रयासमा मैदान जोहो गरी क्रिकेट खेल्ने इच्छा पूरा गरिरहेका छन् ।
डोटीको केआईसिंह गाउँपालिका–४ वायलका ४५ वर्षीया डवल विकले निगालोको डोकोडालो बुन्न थालेको २५ वर्षभन्दा बढी समय भयो ।
पोखरा महानगरपालिका–७ र १५ को बिचमा पर्ने सेतीखोंचमा विमान दुर्घटना हुँदा ७२ जनाको एकै दिन निधन भएको एक वर्ष भएको छ । माघे सङ्क्रान्ति मनाउँदै गरेका पोखरेली यति एयरको दुर्घटनाले गत वर्ष विक्षिप्त बनेका थिए ।
स्थानीय तहमा कानुन अधिकृत नहुँदा न्याय सम्पादन गर्न असहज देखिएको लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्ती मगरले बताउनुभएको छ ।
केही दिनदेखि बढेको चिसोका कारण सुनसरीको जनजीवन प्रभावित भएको छ । सोमबार बिहानदेखि लागेको बाक्लो हुस्सु र चिसो हावाका कारण सदरमुकाम इनरुवासहित जिल्लाको विभिन्न ठाउँको जनजीवन प्रभावित भएको हो ।
योग समिति नेपालले सोमबार बिहान नेपालगन्जमा नवौँ राष्ट्रिय योग दिवस मनाएको छ । नेपालगन्ज उपमहानगरपालिका परिसरमा एक कार्यक्रमको आयोजना गरेर योग समितिले राष्ट्रिय योग दिवस मनाएको हो ।
नेपालगन्जमा निर्माण भइरहेको नेपालकै सबैभन्दा ठुलो साइकल ‘पम्प ट्रयाक’ को निर्माण तयार भएको छ । सो काममा सहयोग गर्न खटिएका विदेशी नागरिकलाई सम्मानसहित बिदाइ गरिएको छ ।
चर्चित प्रतिद्वन्द्वी बार्सिलोनालाई हराउँदै रियल म्याड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनालाई ४–१ गोलले हराउँदै रियल च्याम्पियन बनेको हो ।
गत कात्तिक १७ गते गएको भूकम्पमा परेका प्रभावित नागरिकहरूका अस्थायी आवास निमार्णमा गैरसरकारी संस्थाको अग्रसरता देखिएको छ ।
मकर सङ्क्रान्तिका अवसरमा सुदूरपश्चिमको प्रसिद्ध धार्मिकस्थल कैलालीको गोदावरीधाममा माघी स्नान गर्नेहरूको घुइँचो लागेको छ ।
चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा एक लाख बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन् । निकुञ्जमा जङ्गल सफारीमार्फत एक लाख बढी आन्तरिक तथा बाह्य पर्यटकहरूले निकुञ्जको अवलोकन गरेका हुन् ।
धनुषाको धनुषाधाममा माघे सङ्क्रान्तिको अवसरमा लाग्ने एक महिने मकर मेला आज (सोमबार) देखि सुरु भएको छ । प्रत्येक वर्ष माघ १ गतेदेखि लाग्दै आएको धनुषाधामको मकर मेला यस क्षेत्रको सबैभन्दा प्रख्यात मेला हो ।