• ७ असार २०८१, शुक्रबार

बार्सिलोनालाई हराउँदै रियल सुपर कप च्याम्पियन

blog

काठमाडौँ, माघ १ गते । चर्चित प्रतिद्वन्द्वी बार्सिलोनालाई हराउँदै रियल म्याड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनालाई ४–१ गोलले हराउँदै रियल च्याम्पियन बनेको हो । 

रियललाई उपाधि जिताउन भिनिसियस जुनियरको ह्याट्रिक गर्नुभयो । अर्को गोल रोड्रिगोले थप्नुभएको थियो । भिनिसियसले सातौँ, १०औँ र ३९औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्नुभएको हो । रोड्रिगोले ६४औँ मिनेटमा गोल गर्दै टोलीलाई सानदार जित दिलाउनुभयो । रियलको यो १३औँ सुपर कप उपाधि हो । 

यसअघि बार्सिलोनाका रोबर्टो लेवान्डोस्कीले ३३औँ मिनेटमा गोल गर्नुभएको थियो । बार्सिलोना ७१औँ मिनेटमा १० खेलाडीमा समेटिएको थियो । रक्षक रोनाल्ड अरौजो दोहोरो पहेँलो कार्ड पाउँदै बाहिरिएपछि बार्सिलोना थप दबाबमा देखिएको थियो । एजेन्सी