वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (इपिएस) शाखालाई यस पटक उत्पादनतर्फको भाषा परीक्षा व्यवस्थापन गर्न सकस परेको छ । दक्षिण कोरियाको उत्पादनतर्फ २०२४ मा रोजगारीका लागि भाषा परीक्षा आवेदन दिनेको सङ्ख्या अनुमानभन्दा धेरै आवेदन परेपछि इपिएस शाखालाई भाषा परीक्षा व्यवस्थापन गर्न गाह्रो भएको हो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मैथिली भाषा
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लास्थित सबै सेवाप्रदायक कार्यालयमा सूचना अधिकारीको व्यवस्था गर्न तदारुकता देखाएको छ । जिल्लास्थित कार्यालयले सूचना अधिकारीको व्यवस्था नगरेको गुनासो आएपछि यस्तो व्यवस्था गर्न लागिएको जनाइएको छ ।
नेपाल आयल निगमले पेट्रोल, डिजल र मटितेलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोल प्रतिलिटर एक रुपियाँ २६ पैसा र डिजल ८३ पैसाले घटेर आएकाले निगम सञ्चालक समितिले सोमबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजल र मटितेलको मूल्य घटाएको हो ।
पुनर्निर्माण सम्पन्न भएपछि केशरमहल सम्भवतः नेपालकै सबैभन्दा भव्य पुस्तकालय भवन हुने छ ।
किराँत समुदाय आज नयाँ वर्ष मनाएका छन् । यो समुदायले माघे सङ्क्रान्तिको दिन किराँत नयाँ वर्ष मनाउने गर्छन् ।
कपिलवस्तुमा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा ट्राफिक नियमको उल्लङ्घन गर्ने २० हजार ८९९ सवारी साधनलाई कारबाही गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संविधानले पहिचान र अधिकारका क्षेत्रमा धेरै अधिकारहरू संस्थागत गरेकाले प्राप्त अधिकारको रक्षा गर्दै थप अधिकारका निम्ति रचनात्मक भूमिका खेल्नुपर्ने बताउनुभएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रथम सहिद लखन थापालाई राष्ट्रिय विभूति बनाउने मागप्रति आफू सहमत रहेको बताउनुभएको छ । नेपाल मगर सङ्घले आइतबार माघी पर्वको अवसर पारेर काठमाडौँको टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परेको छ । जसका कारण देशभरको मौसम आंशिकदेखि सामान्य बदली भएको छ ।
तनहुँका कृषकले यस वर्ष सुन्तला बेचेर ३० करोड रुपियाँ आम्दानी गरेका छन् । सुन्तला खेती विस्तार र उत्पादन वृद्धि भएकाले गत वर्षभन्दा चार करोड रुपियाँले बढी सुन्तला बिक्री भएको कृषि ज्ञान केन्द्र तनहुँका सूचना अधिकारी किरण परियारले बताउनुभयो ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले सरकार असफल भइसकेकाले नेपाली जनताले असक्षम घोषणा गर्न मात्र बाँकी रहेको बताउनु भएको छ ।
माघी मनाउन टुँडिखेलमा जम्मा भएकाहरूबिच भागदौड हुँदा आठ जना घाइते भएका छन् । टुँडिखेलमा माघे सङ्क्रान्तिको अवसरमा थारु र मगर समुदायले आयोजना गरेको छुट्टाछुट्टै कार्यक्रममा सहभागीबिच भागदौड हुँदा उनीहरू घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो ।
बढ्दो आधुनिकता र पश्चिमा संस्कृतिका कारण पछिल्लो समय मौलिक संस्कृति हराउँदै गएका छन् । परम्परादेखि मनाइँदै आएका चाडपर्व तथा रीतिरिवाज अहिले त्यसको महत्त्व नदिएको पाइन्छ ।