बङ्गलादेशका लागि भारतका उच्चायुक्त प्रणय वर्माले बङ्गलादेशका नयाँ विदेश मन्त्री हसन महमुदलाई भेटी बङ्गलादेश सरकारको नयाँ कार्यकालमा द्विपक्षीय सहयोगलाई अगाडि बढाउनका लागि छलफल गर्नु भएको छ ।
माघ महिना सुरु भइसक्दा समेत वर्षा नहुँदा डोटीका ग्रामीण क्षेत्रमा लगाइएको हिउँदे बाली सुक्न थालेको छ । जिल्लाका विभिन्न क्षेत्रमा किसानले खेतमा लगाएको गहुँ, मसुरो, तोरीलगायतको हिउँदे बाली सुक्न थालेको हो ।
झापाका विभिन्न पालिकामा केही महिना अघिदेखि हात्तीले उपद्रो मच्चाउँदै आएका छन् । यसैक्रममा कचनकवलमा फेरि जंगली हात्तीको समूहले दूई घर भत्काएको छ ।
रुकुमपश्चिममा भूकम्पपीडितहरूको अस्थायी आवास निर्माणका लागि हालसम्म ७० करोड ८९ लाख ५० हजार रुपियाँ निकासा भएको छ ।
मनसुनजन्य विपत्तिबाट जनधनको क्षति हुन नदिन तथा उद्धार तथा खोज कार्यलाई प्रभावकारी बनाउन पूर्वतयारीस्वरुप वालिङमा सुरक्षाकर्मीहरुले उद्धारको पूर्वाभ्यास गरेका छन् ।
पश्चिम चितवनको फूलबारीमा खाना पकाउने ग्यास सिलिण्डरबाट ग्यास चुहावट भइ पड्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका-१५ डेरीचोकका ५० वर्षीय मनिष थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
विशेषगरी पहाडमा जनजाति समुदाय र तराईमा थारु समुदायको ठूलो पर्वका रुपमा मनाइने पर्व हो माघे संक्रान्ति । तराईका थारु समुदायले समुदायले माघीलाई नयाँ वर्षमा रुपमा मनाउने गर्दछन् ।
लोकदोहोरी गीतको मौलिकतालाई जोगाउन र प्रवर्द्धन गर्न बेनीमा जिल्लास्तरीय प्रतियोगिताको आयोजना गरिएको छ ।
कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले हरेक बहुवर्षे योजनाको अवधि तीन वर्ष हुने निर्देशिका पारित गरेको छ । वर्षेनी बहुवर्षे ठेक्काको नाममा हुने गरेको ढिलासुस्तीलाई समयमै सम्बोधन गर्न प्रदेश सरकारले यस्तो निर्देशिका ल्याएको हो ।
चीनका राष्ट्रपति सी चिनफिङले चीनको वित्तीय क्षेत्रको उच्च गुणस्तरीय विकासमा जोड दिनुभएको छ ।
संयुक्त राष्ट्रसङ्घले द्वन्द्वग्रस्त युक्रेनको समुदाय र शरणार्थीका लागि यसवर्ष ४.२ बिलियन अमेरिकी डलर जुटाउन खोजिरहेको छ ।
बाँकेको खजुरा गाउँपालिकाले आफ्नै लगानीमा घिया गाउँमा होमस्टे (घरबास) सहित पर्यटकीय स्थल बनाउने भएको छ । गाउँपालिकाको लगानीमा वडा ८ स्थित घिया गाउँको मुक्त कमैया बस्तीमा होमस्टे बनाइने भएको हो ।
बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए । स्वास्थ्य बीमा गर्न घरघरमा पुगेका दर्ता सहयोगीलाई स्वास्थ्य बीमाको महत्व बुझाउन मुस्किल थियो । मुस्किलले एक-दुई परिवार बीमामा आबद्ध भए पनि अरुले भने बेवास्ता गरेका थिए ।
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाजमा प्राविधिक समस्या आएका कारण ‘ग्राउण्डेड’ भएको छ । जहाज ग्राउण्डेड भएसँगै दोहा गन्तव्यमा उड्ने तयारीमा रहेका यात्रु अलपत्र परेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्प प्रतिरोधी संरचना निर्माण इच्छा नभएर दायित्व भएको बताउनुभएको छ ।