• १३ जेठ २०८१, आइतबार

सशस्त्र प्रहरीद्वारा आँधीखोलामा उद्धारको पूर्वाभ्यास

blog

वालिङस्थित आँधीखोलामा गरिएको भूकम्प तथा विविध विपद्सम्बन्धी नमुना अभ्यास । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ, माघ २ गते ।
मनसुनजन्य विपततिबाट जनधनको क्षति हुन नदिन तथा उद्धार तथा खाेज कार्यलाई प्रभावकारी बनाउन पूर्वतयारीस्वरुप वालिङमा सुरक्षाकर्मीहरुले उद्धारको पूर्वाभ्यास गरेका छन् ।

सशस्त्र प्रहरीको ३० नं.गुल्मद्वारा वालिङ नगरपालिका–९ स्थित आँधीखोलामा मङ्गलबार भूकम्प सुरक्षा दिवसको अवसर पारेर उद्धारको पूर्वाभ्यास गरिएको हो ।

पूर्वाभ्यासमा सशस्त्र प्रहरी अधिकृत तथा जवानद्वारा भूकम्पमा परेको, बाढीमा बगेको, डुबेको, पहिरोमा फसेको तथा बाढीमै फसेका व्यक्तिलाई उद्धार गरिएको थियो ।


गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक विकास कार्यक्रमअन्तर्गत सशस्त्र प्रहरीले सञ्चालन गरेको ‘समुदाय खोज र उद्धार तालिम’ को समापनका क्रममा पूर्वाभ्यास गरिएको हो । 

भूकम्प तथा विविध विपद्सम्बन्धी नमुना अभ्यास कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, प्रदेश मन्त्रीहरु, सांसदहरु र विभिन्न सुरक्षा निकायका प्रदेश स्तरका प्रमुखहरुको सहभागिता थियो ।