सुधारिएको सेयर बजारले २२ सयको बिन्दु पछ्याएको छ । साताको तेस्रो दिन ५४ अङ्कले उकालो लागेको परिसूचकलाई साथ दिँदै कारोबार रकमले पनि आठ अर्ब नाघेको छ ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शिक्षक र चिकित्सकले अन्तर्वार्ता नियमित गर्न माग गर्दै आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द गरेपछि बिरामी अलपत्र परेका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शिक्षक र चिकित्सकले अन्तर्वार्ता नियमित गर्न माग गर्दै आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द गरेपछि बिरामी अलपत्र परेका छन् ।
गोरखामा एक व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गोरखा अस्पतालमा उपचारका लागि आएका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी लिपासा श्रेष्ठले जानकारी दिनुभयो ।
प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा चालु आर्थिक वर्षदेखि सञ्चालित ‘सामाजिक रूपान्तरण अभियान’ लाई टोलस्तरीय सामाजिक रूपान्तरण समिति गठन गरी स्थानीयस्तरमा लगिने भएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मुगाल भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित तामाङ भाषा
सिन्धुली जिल्लाको ग्रामीण क्षेत्रमा पछिल्लो समयमा सहरीकरण बढ्दै गएको छ । सिन्धुली जिल्ला हुँदै निर्माण भएका तीन ठुला राजमार्गले यातायातको सहज पहुँच विस्तारसँगै ग्रामीण क्षेत्र सहरोन्मुख भएको हो । बिपी राजमार्ग, मध्यपहाडी
गुणस्तर सुधार भए पनि नारायणगढ–मुग्लिङ सडक खण्डमा दुर्घटना नियन्त्रण हुन सकेको छैन । तीन ठुला राजमार्गसँग जोडिएको चितवनमा साढे चार वर्षको अवधिमा एक हजार ७०४ वटा सडक दुर्घटना भएका छन् । दुर्घटनाका कारण ५०४ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार यस अवधिमा दुर्घटनाकै कारण तीन हजार ७६ जना घाइते भएका छन् ।
लेउमा लागे लडिन्छ, छेउ लागे अडिन्छ । लेउबारेको सामान्य बुुझाइ यस्तै छ । तर लेउको स्वादिलो परिकार पनि बन्छ र त्यो दरबारमा राजा महाराजाको खान्की बन्छ भन्ने कमैलाई थाहा होला ।
दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय कालिन्चोकसहित उच्च हिमाली क्षेत्रमा मंगलबार दिउँसोबाट हिमपात सुरु भएको छ। मौसममा आएको परिवर्तनसँगै चिसो बढेपछि कालिन्चोक क्षेत्रमा हिमपात सुरु भएको हो।
चितवनको भरतपुरस्थित गोलाघाटमा कुमाल समुदायको पहिरनमा सजिएर उनीहरुले प्रयोग गर्दै आएको माटाका गाग्री बोकेका युवकयुवती ।
ओखलढुङ्गाको माथिल्लो उच्च भेगमा हिमपात भएको छ ।
मोरङको पथरीशनिश्चरे–९ र उर्लाबारी–९ बाट एकै दिन ७६ वर्षीय जनकलाल बास्कोटा र नारायणप्रसाद सापकोटा बेपत्ता हुनुभएको छ । उहाँहरू दुवै जना गत पुस २१ गते बिहानदेखि परिवारसँग सम्पर्कविहीन हुनुभएको हो ।
कैलालीको थारु गाउँमा भलमन्सा चयनको काम सुरु भएको छ । माघे सङ्क्रान्तिको दोस्रो दिनदेखि भलमन्सा चयनको काम थालिएको हो ।
अस्ट्रेलियामा नेपाली समाज फैलीदैगर्दा यसको प्रभाव व्यावसायिक क्षेत्रमा पनि मनग्ये पर्न थालेको छ । कुनै जमाना थियो अस्ट्रेलियामा नेपालीले नेपालीलाई भेट्न नै गाह्रो थियो ।