• १३ साउन २०८१, आइतबार

ओखलढुङ्गामा हिमपात : किसान खुसी

blog

हिउँ परेपछि बारी सेताम्मे बनेको छ ।

शेरबहादुर राई

ओखलढुङ्गा, माघ २ गते । ओखलढुङ्गाको माथिल्लो उच्च भेगमा हिमपात भएको छ । 

मङ्गलबार यस वर्षको पहिलो हिमपात भएको हो । जिल्लाको जन्तरधाप, ठाँडे, खिजिदेम्बा, पात्लेलगायतका उच्च भेगमा दिउँसोबाट हिमपात भएको सिद्धिचरण नगरपालिका–६ जन्तरखानी ठाँडेका हरिकुमार मगरले बताउनुभयो । 

हिमपातपछि यस क्षेत्रका स्थानीय खुसी भएका छन् । यस क्षेत्रका किसानले बारीमा लगाएका बुङको आलु, गहुँ खेतीलाई सहयोग पुगेको मगरको भनाइ छ । 

हिमपातसँगै बढेको चिसोले बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती साथै सुत्केरीलाई समस्या भएको छ । हिमपात र चिसोका कारण जन्तरखानी ठाडेको ग्रेस एकेडेमी स्कूल दुई महिनाका लागि बिदा गरिएको मगरले जानकारी दिनुभयो ।