• १३ साउन २०८१, आइतबार

डोकोको पहिचान व्यावसायिक हितसँगै सामाजिक दायित्वबोध

blog

अस्ट्रेलिया, माघ २ गते । अस्ट्रेलियामा नेपाली समाज फैलीदैगर्दा यसको प्रभाव व्यावसायिक क्षेत्रमा पनि मनग्ये पर्न थालेको छ । कुनै जमाना थियो अस्ट्रेलियामा नेपालीले नेपालीलाई भेट्न नै गाह्रो थियो । 

तर, अहिले नेपाली बोलेरै अस्ट्रेलियामा हरेक क्षेत्रमा सेवा र सुविधा प्राप्त हुने दिन पनि आउन थालेको छ । अतिथि सत्कार व्यवसायमा जमेका नेपालीहरू यतिबेला चिकित्सा क्षेत्रदेखि रियल स्टेटसम्म अनि शिक्षादेखि टुर एन्ड ट्राभलसम्म फैलिन थालेका छन् । हरेक क्षेत्र र व्यवसायमा नेपालीको उपस्थिति बलियो बन्दैगर्दा एडिलेडलाई मुख्यालय बनाएर नेपालको पर्यटन प्रवर्धनको लक्ष्य बोकेको ‘डोको ट्राभल’ ले छोटो समयमै आफ्नो नाम अनुरूपको पहिचान कायम गर्न सफल भएको छ । 

नेपाली खेल क्षेत्रदेखि साङ्गीतिक क्षेत्रसम्म आफ्नो सहयोग र सद्भाव बनाएको डोकोले सन २०२० मा स्थापना भएर व्यावसायिक प्रवर्द्धन र सामाजिक क्षेत्रमा समेत उल्लेख्य सद्भाव कायम गरेको हो । नेपाल महोत्सवको यात्रा सहयोगीदेखि स्थानीय क्रिकेट क्लबको प्रायोजकका रूपमा डोको ट्राभलले आफूलाई उभ्याउदैगर्दा व्यावसायिक  हितदेखि सामाजिक दायित्वसम्मको भूमिकामा अब्बल दर्जामा उभ्याउन सफल भएको छ । साङ्गीतिक क्षेत्रमा नेपथ्यदेखि १९७४ एडीजस्ता अब्बलदर्जाका ब्यान्डसँंग अस्ट्रेलियन भूमिका जोडिने कुरामा पनि डोकोले कुनै कमी राखेको छैन ।

डोको ट्राभल एन्ड टुर्सले तीन वर्षको छोटो समयमै २० हजार सेवाग्राहीलाई सेवा र सुविधा प्रदान गरेकोमा गर्व गर्नुहुन्छ, यसका कार्यकारी निर्देशक विजय पौडेल क्षेत्री । उहाँले सुनाउनुभयो, ‘‘हामीले मुलुकको पर्यटन प्रवर्धनमा नेपालको होलिडे प्याकेजदेखि गन्तव्यको उपयुक्त पहिचान गरी प्रचार अभियान समेत चलाएका छौ,जसवाट कैयन अस्ट्रेलियनहरू नेपाल पुगिसकेका छन् । गुणस्तरीय सेवा र सहजीकरण अहिलेको सेवाग्राहीको पहिलो प्राथमिकता हो । हामीले व्यवसायलाई सोही अनुरूप अनुभवी कामदारमार्फत आवश्यक जानकारी तथा सस्तो र सुलभ सेवा सुविधा प्रदान गर्दै आएका छौँ । जसवाट डोकोले सानो समयमा अस्ट्रेलियाका नेपालीमाझ फरक पहिचान बनाउन सफल भएको छ ।’’

अस्ट्रेलियाका विभिन्न सहरमा फैलिएको डोको ट्राभलले नेपालमा पनि आफ्नो  कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दै आएको छ । यस बाहेक डोकोले अशक्त ,वृद्ध वृद्धा अनि फरक क्षमता भएका व्यक्तिलाई समेत विशेष सहुलियत सहितको सेवा र सुविधा प्रदान गर्ने जनाएको छ । जसमा टुर गाइड, आवश्यक नर्सिङ सेवा समेतको सुविधा पनि ट्राभलले उपलब्ध गराउँदै आएको छ ।

छोटो समयमा आवश्यक र महत्त्वपूर्ण सेवा प्रदान गरेकै कारण यो एडिलेडमा मात्र नभई अस्ट्रेलिया भर सबैको चाहना बनेको एनआरएनका अभियन्ता राज थपलिया बताउनुहुन्छ । पर्थ निवासी थपलिया भन्नुहुन्छ, ‘‘सेवा प्रदान सबैले गर्छन्, तर गुणस्तरीय सेवासँगै सामाजिक दायित्वबोधको सवालमा डोको अरूभन्दा एक कदम अगाडि रहेको छ ।’’