गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् व्यवस्थापन गण्डकी प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सोमबार गाजामा द्वन्द्व सुरु भएको सय दिन पुगेपछि तत्काल मानवीय युद्धविराम गर्न पुनः आह्वान गर्नुभएको छ ।
काठमाडौँ उपत्यकाको सभ्यतासँग जोडिएको बागमती नदीको जलप्रवाह बढाएर यसको वातावरणीय सौन्दर्यतालाई पुनःस्थापित गर्न अर्को नागमती बाँध (ड्याम) बनाउन लागिएको छ ।
असंलग्न आन्दोलनको बैठक सोमवारदेखि युगाण्डामा सुरु भएको छ । असंलग्न आन्दोलन (नाम) का सदस्य राष्ट्रका वरिष्ठ अधिकारीहरूले सोमबार कम्पालामा दुईदिने बैठकमा प्यालेस्टाइन–इजरायल समाधान विषयको एजेण्डा शीर्ष स्थानमा हुनुपर्ने आह्वान गरेका छन् ।
श्रीलङ्कामा यसै वर्षको जनवरीमा हालसम्म पाँच हजारभन्दा बढी डेंगु सङ्क्रमित बिरामी फेला परेका छन् ।
डोटीमा जङ्गली बँदेलको आक्रमणबाट दुई जना घाइते भएका छन् ।
नेपाल खोनेपानी संस्थानले वीरगञ्ज महानगरपालिकाको सार्वजनिक स्थानमा जडान गरेको दुई सय ७८ धाराको लाइन काट्ने तयारी गरेको छ । सार्वजनिक स्थानमा जडान गरिएका धाराको महसुलबापतको रकम महानगरपालिकाले भुक्तानी गर्न आनाकानी गरेपछि संस्थानले ती सबै धाराको लाइन काट्ने तयारी गरेको हो ।
भोजपुरको सबैभन्दा होचो स्थानमा रहेको प्रसिद्ध धार्मिकस्थल माइबेनी ओझेलमा परेको छ । धार्मिक महत्व बोकेको यो पर्यटकीयस्थल प्रचारप्रसार अभावले ओझेलमा परेको हो ।
प्रसिद्ध धार्मिकस्थल वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुल निर्माण भए पनि अझै सञ्चालनमा आउन सकेको छैन । वाल्मीकि आश्रम भारतीय बाटो हुँदै जानुपर्ने बाध्यता हटाउन नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको त्रिवेणीस्थित नारायणी नदीमा झोलुङ्गे पुल निर्माण गरिएको थियो ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कञ्चनपुरबाट दार्चुलाको तिङ्करसम्म जोड्ने महाकाली करिडोर विकासको मेरुदण्डका रूपमा रहेको बताउनुभएको छ ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जोखिम न्यूनीकरण र स्थानीय उत्थानशीलता प्रवर्द्धनमा नयाँ ‘मोडल’ विकास गर्न सङ्घ र प्रदेश सरकार तथा काठमाडौँ महानगरपालिकाको सहकार्यमा जोड दिनुभएको छ । भूकम्प सुरक्षा दिवसका अवसरमा काठमाडाँै महानगरपालिकाले आज भूगोलपार्कमा आयोजना गरेको कार्यक्रममा उहाँले उक्त मोडल नेपालका सबै पालिकाका लागि अनुकरणीय हुने बताउनुभयो ।
पोखरा खानेपानी सुधार आयोजनाको काम ९५ प्रतिशत सकिएको छ । चाँडै पोखरेलीको धाराबाट पहिलेभन्दा सफा पानी झर्ने पक्का भएको छ । यसअघि करिब १२ किलोमिटर
‘आँधीखोला गाउँपालिका जन्म ठाउँ हो मेरो’ गीत युट्युबमा सार्वजनिक भएको छ । पालिकाको सहकार्यमा डिआर सुजनले गीत बजारमा ल्याउनुभएको हो । रचना रिमाल र डिआरको स्वर रहेको गीतमा सङ्गीत टेकनारायण चापागाईले दिनुभएको छ ।
संसदीय अभ्यास सबै देशमा आ–आफ्ना किसिमका हुन्छन् । देश सञ्चालनको जिम्मेवारी बोकेको सरकारको गतिमा यसको अभ्यास निर्भर रहन्छ । देश सङ्घीयतामा प्रवेश गरेपछि संविधानको मर्म र भावनाअनुरुप विभिन्न कानुन बनाएर लागू गर्ने विषयमा केही ढिलाइ भएको छ ।
वि.सं. १९९० सालमा गएको ठुलो भूकम्पले ठुलो मात्रामा धनजनको क्षति पुर्याएको थियो । हामीले त्यो समयदेखि बारम्बार भूकम्पबाट क्षती सहँदै आएको छ । ९० वर्ष बित्दा समेत अझै भूकम्प प्रतिरोधी भौतिक संरचना निर्माण देखि अन्य सुरक्षाका उपायहरू अवलम्बन गर्ने कार्य प्रभावकारी रूपमा हुन सकेको छैन ।