• २४ असार २०८१, सोमबार

गाजा युद्धका सय दिनः संयुक्त राष्ट्र प्रमुखद्वारा युद्धविराम गर्न पुनः आह्वान

blog

काठमाडौं, माघ २ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले सोमबार गाजामा द्वन्द्व सुरु भएको सय दिन पुगेपछि तत्काल मानवीय युद्धविराम गर्न पुनः आह्वान गर्नुभएको छ ।

गाजामा भएका अत्याचारहरू बाहेक, कब्जा गरिएको वेस्ट बैंकमा बढ्दो हिंसाले प्यालेस्टिनी प्राधिकरणका लागि पहिलेदेखि नै गम्भीर वित्तीय सङ्कटलाई जटिल बनाउँदै लगेको बताउनुभयो । उहाँले लाल सागर र त्यसभन्दा बाहिर पनि तनाव बढिरहेकोले भन्दै चाँडै युद्धविराम गर्न आह्वान गर्नुभयो ।

उहाँले दैनिक युद्धले जनजीवन प्रभावित बनेको बताउनुभयो । उहाँले इजरायल र लेबनानबिचको सम्बन्धमा थप दरार आउन दिन नहुने बताउनुभयो । द्वन्द्व सुरु भएको एक सय दिन भइसकेको र गाजामा मानवीय अवस्था शब्दमा सीमित नरहेको बताउनुभयो ।

गाजामा मानवीय सहायताको प्रवाह बढाउन केही कदमहरू भए पनि जीवन बचाउने राहत मानिसहरूलाई आवश्यक परेको मात्रामा उपलब्ध हुन नसकेको बताउनुभयो । भोकमरीको लामो छायाँले गाजाका मानिसहरूलाई रोग, कुपोषण र अन्य स्वास्थ्य खतरामा परेको बताउनुभयो । सहायता अभियानले गाजाभित्र वितरणमा पनि ठूलो बाधा सामना गरिरहेको बताउनुभयो । हमासले गरेको हिंसालाई कुनै पनि कुराले न्याय दिन नसक्ने बताउनु भयो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल