कोलम्बो, माघ २ गते । श्रीलङ्कामा यसै वर्षको जनवरीमा हालसम्म पाँच हजारभन्दा बढी डेंगु सङ्क्रमित बिरामी फेला परेका छन् । राष्ट्रिय डेंगु नियन्त्रण एकाइले मङ्गलबार जनाए अनुसार जनवरीको पहिलो आधामा पाँच हजार ८२९ जनामा सङ्क्रमण देखिएको उल्लेख छ ।
पश्चिमी प्रान्तमा सबैभन्दा बढी एक हजार ९५६ मामिलाहरू रिपोर्ट गरिएको छ भने, उत्तरी प्रान्तमा एक हजार ३९० मामिला छन् ।
गत वर्ष, श्रीलङ्कामा ८८ हजार ३९८ डेंगुका घटनाहरू रिपोर्ट गरिएको थियो जसमा ५७ जनाको मृत्यु भएको थियो ।
जनवरीको सुरुमा, स्वास्थ्य मन्त्रालयले देशमा लामखुट्टेबाट हुने रोगको फैलावट रोक्न देशव्यापी डेंगु रोकथाम सप्ताह घोषणा गरेको थियो । रासस/सिन्ह्वा