• २४ असार २०८१, सोमबार

असंलग्न आन्दोलनको बैठक युगाण्डामा सुरु : प्यालेस्टाइन–इजरायल मुद्दा मुख्य एजेण्डा

blog

काठमाडौं, माघ २ गते । असंलग्न आन्दोलनको बैठक सोमवारदेखि युगाण्डामा सुरु भएको छ । असंलग्न आन्दोलन (नाम) का सदस्य राष्ट्रका वरिष्ठ अधिकारीहरूले सोमबार कम्पालामा दुईदिने बैठकमा प्यालेस्टाइन–इजरायल समाधान विषयको एजेण्डा शीर्षस्थानमा हुनुपर्ने आह्वान गरेका छन् । बैठकको उद्घाटन अजरबैजानका विदेश मामिलाका उपमन्त्री र अजरबैजानी प्रतिनिधिमण्डलका प्रमुख याल्चिन रफियेभले गर्नुभएको थियो ।

जसमा जटिल विश्वव्यापी चुनौतीहरूमा सदस्य राष्ट्रहरूलाई एकताबद्ध रहन आग्रह गरिएको छ । अजरबैजानले २०१९ मा एनएएमको अध्यक्षता ग्रहण गरेको र यो हप्ताको अन्त्यमा युगाण्डालाई हस्तान्तरण गर्ने तयारी गरिएको छ ।

युगाण्डाको परराष्ट्र मन्त्रालयका स्थायी सचिव भिन्सेन्ट बागिरेले युगान्डाले एनएमएको नयाँ अध्यक्षको रूपमा बैठकको एजेण्डा शीर्षकमा के हुनुपर्छ भन्नेमा सहमतिमा पुग्ने कुरा सुनिश्चित गर्ने बताउनुभयो ।

पूर्ण सत्रमा, संयुक्त राष्ट्रका लागि प्यालेस्टाइनका राजदूत रियाद मन्सुरले सदस्यहरूलाई प्यालेस्टाइन–इजरायल सङ्कटलाई सम्बोधन गर्न आग्रह गर्नुभयो । मन्सुरले एनएएमले धेरै चुनौतिहरूको सामना गरिरहेको र मध्य पूर्वको सकट सबैभन्दा दबाबपूर्ण रहेको बताउनुभयो ।

लेबनान, संयुक्त अरब इमिरेट्स, इराक, टोगो, मोरिटानिया र माल्दिभ्स लगायतका प्रतिनिधिहरूले इजरायल–प्यालेस्टाइन मुद्दालाई एजेण्डाको मुख्य स्थानमा राख्ने प्रयासलाई समर्थन गरे । सोमालियाको विदेश मामिला र अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयका स्थायी सचिव हम्जा अदान हाडोउले बैठकमा सदस्य राष्ट्रहरूले सोमालियाको सार्वभौमसत्तालाई आफ्नो छिमेकीहरूमध्ये एउटा देशले हनन गरेको कुरालाई पनि सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

इथियोपिया र सोमालील्याण्ड, सोमालियाको एक स्वघोषित क्षेत्र, एक स्वतन्त्र राज्यको रूपमा सोमालील्याण्डको मान्यताको बदलामा इथियोपियालाई लाल सागरमा पहुँच विस्तार गर्न अनुमति दिने सम्झौतामा हस्ताक्षर गरिएको छ ।

सोमालियाले यसलाई आफ्नो क्षेत्रीय अखण्डताको उल्लङ्घन भएको बताएको छ । युगाण्डाको परराष्ट्र मन्त्रालयका अनुसार १२० सदस्य राष्ट्रमध्ये ९३ देशको बैठकमा सहभागिता छ । युगाण्डाले सदस्य राष्ट्रहरूबिच दक्षिण–दक्षिण सहयोग र ऐक्यबद्धता प्रवर्द्धन गर्न यो कार्यक्रम प्रयोग गरेको बताएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल