• १३ साउन २०८१, आइतबार

७६ वर्षीय वृद्ध बेपत्ता

blog

हराएका वृद्ध जनकलाल बास्कोटा ।

हरिप्रसाद कोइराला

उर्लाबारी, माघ २ गते । मोरङको पथरीशनिश्चरे–९ र उर्लाबारी–९ बाट एकै दिन  ७६ वर्षीय जनकलाल बास्कोटा र नारायणप्रसाद सापकोटा बेपत्ता हुनुभएको छ । उहाँहरू दुवै जना गत पुस २१ गते बिहानदेखि परिवारसँग सम्पर्कविहीन हुनुभएको हो । 

नाति लेखनाथ बास्कोटाका अनुसार पुस २१ गते बिहान साढे ७ बजेतिर चिया खाएर चौक निस्किन्छु भनेर हिँड्नु भएका हजुरबुबा एक साता बितिसक्दा पनि घर फर्किनु भएको छैन । कान कम सुन्ने र बेला–बेला होसका कुरा नगर्ने ७६ वर्षीय बास्कोटा हेर्दा खाइलाग्दो देखिनु हुन्छ । उहाँको एकोहोरो हिँडिरहने बानी छ । 

एक साता यता खोजिलाई तीव्र बनाए पनि कहीँ कतै नभेटिएको लेखनाथको भनाइ छ । उहाँ छोरा गोपाल बास्कोटाको साथमा बस्दै आउनुभएको थियो । यस्तै, सोही दिनको सोही समयमा उर्लाबारी–९ का ७६ वर्षीय नारायणप्रसाद सापकोटा बेपत्ता हुनु भएको छ ।