वालिङ नगरपालिका-३ मा रहेको पर्यटकीय सम्भावनाहरू प्रशस्तै भएपनि उजागर गर्न नसक्दा पछाडि परेका छन् । होमस्टेमार्फत पर्यटनको उजागर गर्न प्रयास भएपनि बुढाकोट राम्चे होमस्टे दर्ता भएर उचित रूपमा सञ्चालन हुन नसक्दा पर्यटन ओझेलमा परेको हो ।
कर्णाली करिडोरअन्तर्गत हुम्लाको सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्ड बजार क्षेत्रमा पर्ने सडकमा निर्माण गरिएका घर टहरा भत्काउन सुरु भएको छ ।
लुम्बिनी प्रदेशका महिला उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको बजारीकरणका लागि नेपालगन्जमा सञ्चालन गरिएको लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनीमा १५ लाख रुपियाँको कारोबार भएको छ ।
खानेपानी मन्त्रालयका सहसचिव तथा प्रवक्ता मीना श्रेष्ठले एक सूचना प्रकाशित गरी मेलम्चीको पानी विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिम शुद्ध भएको र मेलम्चीको पानी प्रशोधन गरेर शुुद्ध पारेपछि उपभोक्ताको धारामा वितरण गरिएको भन्दै पानीको गुणस्तरीयतामा शङ्का नगर्न आग्रह गर्नुभएको हो ।
नेपालको मौलिक पहिचानका रुपमा गुठी व्यवस्था स्थापित छ । मुलुकको कला संस्कृति, धर्म, जात्रा, पर्वको जगेर्नाका लागि स्थापना भएको गुठी संस्थानको आफ्नै महत्व र विशेषता पनि रहेको छ ।
शीतलहरसँगै चिसो बढेपछि विराटनगरका विद्यालयमा तीन दिन बिदा दिइएको छ । विराटनगर महानगरपालिकाले सार्वजनिक सूचना प्रकाशन गरी आज (बुधबार)देखि माघ ५ गते शुक्रबारसम्म विद्यालय बन्द गर्ने जनाएको हो ।
बजारमा बढ्दो सवारी चाप व्यवस्थापनका पार्किङ, अटो स्टेण्ड, यात्रु चढाउने-ओराल्ने र सामान लोड-अनलोड सम्बन्धी नयाँ नियम लागू गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीसम्बन्धी समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालयसहितका निकायलाई निर्देशन दिनुभएको छ ।
जिल्ला सदरमुकाम इनरुवासहित इटहरी उपमहानगरपालिकाले माघ ५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हाे ।
काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको अर्धवार्षिक (छ महिना) अवधिमा रू. चार अर्ब ९० करोड ५१ लाख ९० हजार राजस्व असुल गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रू चार अर्ब ५६ करोड २९ लाख ५७ हजार राजस्व असुल गरेको थियो ।
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा ग्यास सिलिण्डर विस्फोट हुँदा कम्तीमा २० जना घाइते भएका छन् ।
देशको स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार कोमोरोसका वर्तमान राष्ट्रपति अजाली असुमानीले ६० प्रतिशतभन्दा बढी मत प्राप्त गरी राष्ट्रपति पदमा विजयी हुनुभएको हो ।
इजरायल सरकारले रक्षा खर्च थप गर्दै संशोधित बजेट स्वीकृत गरेको छ । इजरायलको मन्त्रीपरिषद्ले एक संशोधित बजेट पारित गरेको हो ।
विमानस्थलको भन्सार जाँच तथा भन्सारको सुरक्षालाई त्रुटिरहित बनाउने उद्देश्यले सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३० जना सशस्त्र प्रहरी परिचालन गरिएको प्रमुख भन्सार प्रशासक डा टोकराज पाण्डेले राससलाई जानकारी दिनुभयो ।
नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले महसुल नतिर्ने ग्राहकको लाइन काट्नुका साथै ७५ लाख ४१ हजार एक सय २६ रुपियाँ असुल गरेको छ ।